Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

ओलम्पिक आयोजनामा भारतीय दाबी बलियो

Share:WhatsAppFacebookX (Twitter)Telegram
ओलम्पिक आयोजनामा भारतीय दाबी बलियो
Photo / Coverage: केन्द्रबिन्दु

नयाँदिल्ली । सन् २०३६ को ओलम्पिक आयोजना गर्ने लक्ष्यसहित भारतले प्रस्तुत गरेको प्रस्ताव सकारात्मक रहेको भन्दै भारतीय अधिकारीहरूले आयोजक छनोट प्रक्रियाको अर्को चरणमा प्रवेश गर्ने विश्वास व्यक्त गरेका छन् । अहमदाबादलाई मुख्य आयोजक सहरका रूपमा अघि सार्दै भारतीय ओलम्पिक सङ्घले अन्तर्राष्ट्रिय ओलम्पिक समितिसमक्ष आफ्नो प्रस्तुतीकरण गरेको हो । भारतीय ओलम्पिक सङ्घ (आइओए)ले बिहीबार अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आइओसी)को भविष्यका आयोजकसम्बन्धी आयोगसमक्ष अनलाइन प्रस्तुतीकरण गर्दै गुजरातको अहमदाबादमा ओलम्पिक आयोजना गर्ने आफ्नो योजना प्रस्तुत गरेको थियो । आइओएका प्रमुख कार्यकारी रघुराम अय्यरले प्रस्तुतीकरण निकै राम्रो भएको बताएका छन् । पत्रकारहरूसँग कुरा गर्दै उनले आइओसीसँगको छलफल व्यापक स्तरमा भएको जानकारी दिए । प्रधानमन्त्री नरेन्द्र मोदीको गृह राज्य गुजरातमा रहेको अहमदाबादले सन् २०३० को राष्ट्रमण्डल खेलकुद आयोजना गर्ने तयारी गरिरहेको छ । यसलाई सहरको सङ्गठनात्मक क्षमता परीक्षण गर्ने महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ । सन् २०३६ को ओलम्पिक आयोजनाका लागि भारतसहित जर्मनी, हङ्गेरी, कतार, दक्षिण अफ्रिका, दक्षिण कोरिया र टर्की गरी सात देशले रुचि देखाएका छन् । यद्यपि, भारतको ओलम्पिक आयोजनासम्बन्धी प्रयास भारतीय ओलम्पिक सङ्घभित्रको आन्तरिक विवादबीच अघि बढिरहेको छ । यसै महिनाको सुरुमा आइओसीले प्रशासनिक समस्या समाधान गर्न भारतीय सङ्घलाई चेतावनी दिएको थियो । निर्वाचन प्रक्रियामा ठूलो धाँधली भएको आरोप लगाएपछि सङ्घकी अध्यक्ष पीटी उषाले डिसेम्बरमा पुनः निर्वाचन नलड्ने घोषणा गरेकी थिइन् । अय्यरका अनुसार भारत अहिले आइओसीसँग निरन्तर संवादको चरणमा छ । यो चरण सफलतापूर्वक पार गरेमा आगामी वर्ष मार्च वा अप्रिलमा हुने रणनीतिक संवादमा सहभागी हुने अवसर प्राप्त हुनेछ । उनले ओलम्पिकजस्तो ठूलो प्रतियोगिता आयोजना गर्न केन्द्र सरकार, राज्य सरकार, स्थानीय निकाय र खेलकुद सङ्घहरूको पूर्ण समर्थन आवश्यक पर्ने बताइन् । सन् २०२८ को लस एन्जलस ओलम्पिकपछि वा सन् २०२९ को सुरुतिर सन् २०३६ को ओलम्पिक आयोजकबारे अन्तिम निर्णय हुन सक्ने उनले बताइन् । -एएफपी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
प्रधानमन्त्री शाह राष्ट्रपति पौडेललाई भेट्न जाँदै
Latest NewsJust now

प्रधानमन्त्री शाह राष्ट्रपति पौडेललाई भेट्न जाँदै

काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न जाँदैछन्। शाहकी प्रेस संयोजक दिपा दाहालले प्रधानमन्त्री शाह राष्ट्रपति पौडेललाई भेट्न जाने तय भएको रातोपाटीलाई जानकारी दिइन् । भेटमा थप अध्यादेश लैजाने र... ...

रातोपाटी
अस्थायी कर्मचारी र शिक्षकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउँछौँ: मन्त्री वादी
Latest NewsJust now

अस्थायी कर्मचारी र शिक्षकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउँछौँ: मन्त्री वादी

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले सरकारले संघीय सरकारअन्तर्गत करारमा कार्यरत कर्मचारी, राहत शिक्षक र बाल विकास सहजकर्तालाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने नीतिगत आधार तयार गरेको बताएकी छन्। नवौँ सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै सामाजिक सुरक्षामन्त्री बादीले क्रमशः प्रदेश सरकार र स्थानीय तहसँग... ...

नेपालखबर
विदेश पठाइदिने भन्दै लाखौं ठगेको आरोपमा सिरहाका सन्तुलन यादव पक्राउ
Latest NewsJust now

विदेश पठाइदिने भन्दै लाखौं ठगेको आरोपमा सिरहाका सन्तुलन यादव पक्राउ

सिरहाको मिर्चैयाका सन्तुलनकुमार यादवविरुद्ध पीडितले जाहेरी दिएपछि अदालतबाट म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ। ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement