Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

एसीसीए ट्याक्सेसनमा बीपीसीकी साहारा मघियाको विश्वमै तेस्रो स्थान

Share:WhatsAppFacebookX (Twitter)Telegram
एसीसीए ट्याक्सेसनमा बीपीसीकी साहारा मघियाको विश्वमै तेस्रो स्थान
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । द ब्रिटिश कलेज (टीबीसी) काे भगिनी संस्था तथा एसीसीएको प्लाटिनम अप्रुभ्ड लर्निङ पार्टनर द ब्रिटिश प्रोफेसनल कलेज (बीपीसी) की एसीसीए विद्यार्थी सहारा मघियाले सेप्टेम्बर २०२६ को परीक्षामा कर प्रणालीविषयमा विश्वभरबाट तेस्रो स्थान हासिल गरेकी छन्। यो साहाराको पहिलो अन्तर्राष्ट्रिय सफलता भने होइन। जुन २०२६ को परीक्षामा उनले पर्फर्मेन्स म्यानेजमेन्ट विषयमा नेपालमै प्रथम र विश्वमा आठौँ स्थान हासिल गरेकी थिइन्। लगातार दुई परीक्षा सत्रमा दुई फरक विषयमा विश्वस्तरीय स्थान हासिल गर्नु उनको निरन्तर मेहनत, अनुशासन र विषयमाथिको गहिरो पकडको प्रमाण हो। अन्य विषयमा पनि उनको नतिजा उत्तिकै उत्कृष्ट छ। फाइनान्सियल अकाउन्टिङमा ९४ प्रतिशत, म्यानेजमेन्ट अकाउन्टिङमा ८१ प्रतिशत र बिजनेस एन्ड टेक्नोलोजीमा ७८ प्रतिशत अङ्क प्राप्त गरेकी छन्। साहारा मघिया भन्छिन्, “यी नतिजा मेरा लागि निकै विशेष छन्। यो निरन्तर मेहनत, लगनशीलता र कठिन समयमा पनि हार नमानेको परिणाम हो। मेरो अध्ययन यात्रामा साथ, मार्गदर्शन र हौसला दिनुहुने शिक्षक, मेन्टर तथा सम्पूर्ण बीपीसी परिवारप्रति म आभारी छु। यो मेरो यात्राको एउटा महत्त्वपूर्ण पडाव हो, र यसले मलाई अझ उच्च लक्ष्य राख्न प्रेरित गरेको छ।” यस उपलब्धिबारे बीपीसीका प्रोफेसनल एजुकेसनका प्रमुख दीपेन्द्र के. श्रेष्ठ भन्छन्, “सहाराको यो नतिजा उनको लगनशीलता, अनुशासन र निरन्तर मेहनतको प्रतिफल हो। लगातार दुई परीक्षा सत्रमा विश्वस्तरमा उत्कृष्ट स्थान हासिल गर्नु वास्तवमै असाधारण उपलब्धि हो। एसीसीएको प्लाटिनम अप्रुभ्ड लर्निङ पार्टनरका रूपमा बीपीसी विद्यार्थीहरूलाई उनीहरूको लक्ष्य हासिल गर्न आवश्यक गुणस्तरीय व्यावसायिक शिक्षा, दक्ष शैक्षिक मार्गदर्शन र उपयुक्त सिकाइ वातावरण प्रदान गर्न प्रतिबद्ध छ। सहाराको उपलब्धिले हामीलाई गौरवान्वित बनाएको छ। उनको सफलताले अन्य विद्यार्थीहरूलाई पनि उच्च लक्ष्य निर्धारण गर्दै एसीसीए अध्ययनमा उत्कृष्टता हासिल गर्न प्रेरित गर्ने विश्वास लिएका छौँ।” ब्रिटिश प्रोफेसनल कलेज (बीपीसी), द ब्रिटिश कलेज (टीबीसी) को भगिनी संस्था हो। यो एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड अकाउन्टेन्ट्स को प्लाटिनम अप्रुभ्ड लर्निङ पार्टनर हो, जुन एसीसीएको अप्रुभ्ड लर्निङ पार्टनर मान्यताअन्तर्गतको सर्वोच्च तह हो। बीपीसी अन्तर्राष्ट्रिय रूपमा मान्यताप्राप्त व्यावसायिक योग्यताहरू हासिल गर्न चाहने विद्यार्थीहरूलाई गुणस्तरीय व्यावसायिक शिक्षा, शैक्षिक सहयोग तथा मार्गदर्शन प्रदान गर्न समर्पित छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
युक्रेनमा रुसी आक्रमणमा २९ जनाको मृत्यु, ४८ बेपत्ता
Latest NewsJust now

युक्रेनमा रुसी आक्रमणमा २९ जनाको मृत्यु, ४८ बेपत्ता

किएभ । दक्षिणी युक्रेनमा मानवीय सहायता लिन भेला भएका मानिसहरूलाई लक्षित गरी रुसले गरेको आक्रमणमा मृत्यु हुनेको सङ्ख्या मङ्गलबार २९ पुगेको छ भने ४८ जना अझै बेपत्ता छन् । यसैबीच, रुसले रातभर युक्रेनका विभिन्न क्षेत्रमा विद्युत् केन्द्रलाई लक्षित गरी आक्रमण गर्दा अस्पतालहरूमा क्षति पुगेको छ भने दर्जनौँ मानिस घाइते भएका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका अनुसार, रुसले नौ क्षेत्रमा २८९ ...

केन्द्रबिन्दु
देउवा समूहले कति स्थानमा सक्यो अधिवेशन ? (सूचीसहित)
Latest NewsJust now

देउवा समूहले कति स्थानमा सक्यो अधिवेशन ? (सूचीसहित)

काठमाडौँ । आगामी मंसिर २१, २२ र २३ गतेका लागि समानान्तर केन्द्रीय महाधिवेशनको तयारीमा जुटेको कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले देशभर २६ जिल्लामा अधिवेशन सम्पन्न गरेको जनाएको छ । समूहका... ...

रातोपाटी
चीनको निजी रकेटबाट १८ भू–उपग्रह प्रक्षेपण, थप ६८ वटा यसै वर्ष प्रक्षेपण गर्ने योजना
Latest NewsJust now

चीनको निजी रकेटबाट १८ भू–उपग्रह प्रक्षेपण, थप ६८ वटा यसै वर्ष प्रक्षेपण गर्ने योजना

चीनको निजी अन्तरिक्ष कम्पनी क्यास स्पेसले विकास गरेको रकेटले मंगलबार १८ वटा भू–उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ । यो प्रक्षेपण चीनको न्यून भू–कक्षीय स्याटेलाइट इन्टरनेट सञ्जाल विस्तार गर्ने अभियानका... ...

रातोपाटी
ओलीलाई प्रचण्डको प्रस्ताव: देश असाधारण संकटमा छ, एकतावद्ध होऔँ
Latest NewsJust now

ओलीलाई प्रचण्डको प्रस्ताव: देश असाधारण संकटमा छ, एकतावद्ध होऔँ

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एमाले) सहित सबै वामपन्थी शक्तिहरूलाई एकताको लागि आह्वान गरेका छन्।  मंगलबार काठमाडौंमा आयोजित नेपाली कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीचको पार्टी एकता घोषणा कार्यक्रममा बोल्दै संयोजक दाहालले यस्तो आह्वान गरेका हुन्। उनले अहिले मुलुक असाधारण संकटमा रहेको उल्लेख गर्दै सबै खालका... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play