काठमाडौं । दक्षिण कोरियामा सम्पन्न एसिया मोडेल फेस्टिभल २०२६ मा नेपालकी सदिक्षा श्रेष्ठले महिला विधातर्फको उपाधि जितेकी छन् । ‘फेस अफ नेपाल’ बाट प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी श्रेष्ठले दर्जनौँ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि हात पारेकी हुन् । प्रतियोगितामा म्यानमारकी क्याव क्याव ऐन्द्राले ग्रान्ड विनर तथा दक्षिण कोरियाका काङ डोङ–ह्युनले पुरुष विधाको उपाधि जितेका थिए । प्रतियोगितामा नेपालबाट सदिक्षासहित योगेश शर्मा, सुमन श्रेष्ठ र जाएन तामाङ सहभागी भएका थिए । साे अवसरमा फेस अफ नेपालकी नेसनल डाइरेक्टर तथा अभिनेत्री मेनुका माझीले पहिलो पटक यस प्रतियोगितामा नेपाली प्रतिनिधिले अवार्ड जितेको भन्दै खुसी व्यक्त गरेकी छन् । त्यस्तै, प्रतियोगितामा सहभागी २५ देशका करिब १०० प्रतिस्पर्धीका लागि नेपाली फेसन डिजाइनर दिना गुरुङले पहिरन तयार पारेकी थिइन् । उनले नेपाली मौलिकता र पहिचान झल्काउने पहिरनमार्फत अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गरेकी थिइन् ।
एसिया मोडेल फेस्टिभलमा नेपालकी सदिक्षा श्रेष्ठले जितिन् उपाधि

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु


-7a3c785b-f23d-4e3b-9e59-5efe872fbde0.png&w=1200&q=75)



