Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

एसिया कप राइजिङ स्टार्स : भुर्तेलको अलराउन्ड प्रदर्शन, सन्दीपको घातक बलिङमा नेपालको जित

Share:WhatsAppFacebookX (Twitter)Telegram
एसिया कप राइजिङ स्टार्स : भुर्तेलको अलराउन्ड प्रदर्शन, सन्दीपको घातक बलिङमा नेपालको जित
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शन र कप्तान सन्दीप लामिछानेको उत्कृष्ट बलिङको मद्दतमा नेपालले कतारमा जारी राइजिङ स्टार्स एसिया कपमा पहिलो जित दर्ता गरेको छ । आइतबार भएको खेलमा नेपालले युएईलाई ६ विकेटले पराजित गरेको हो । युएईले दिएको १२२ रनको सामान्य लक्ष्य नेपालले २२ ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो । नेपालको जितमा कुशल भुर्तेलले ब्याटिङ र बलिङ दुवैमा प्रभावशाली प्रदर्शन गर्नुभयो । उहाँले ५६ बलमा ६ चौका र एक छक्काको मद्दतमा सर्वाधिक ५७ रन बनाउनुभयो । मयन यादवले २७ तथा बसिर अहमदले अविजित १८ रनको योगदान दिनुभयो । युएईका मुहम्मद मोहसिनले दुई विकेट लिनुभयो भने उदीस सुरी र अंश टण्डनले एक-एक विकेट हात पार्नुभयो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले ३९.५ ओभरमा सबै विकेट गुमाएर १२१ रन बनाएको थियो । उसका लागि मोहम्मद शाहदादले सर्वाधिक ४० रन बनाउँदा हरप्रीत सिंह भाटियाले ३२ र नूर उल्लाह अयोबीले १२ रन बनाउनुभएको थियो । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । युएईको इनिङ्स ध्वस्त पार्नेक्रममा नेपाली कप्तान सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्नुभयो । उहाँले १० ओभरमा तीन मेडन राख्दै मात्र ११ रन खर्चिएर तीन विकेट लिनुभयो । कुशल भुर्तेलले पनि तीन विकेट हात पार्नुभयो । यस्तै, नन्दन यादव, रासिद खान र ललित राजवंशीले एक–एक विकेट लिनुभएको थियो । प्रतियोगिताको पहिलो खेलमा भारत ‘ए’सँग ३०६ रनको फराकिलो हार बेहोरेको नेपालले दोस्रो खेलमा भने प्रभावशाली पुनरागमन गरेको हो । पहिलो खेलमा नेपाल २६ रनमै समेटिएको थियो । नेपालले अब प्रतियोगिताअन्तर्गत आफ्नो अर्को खेल मंगलबार पाकिस्तानसँग खेल्नेछ । युएईमाथिको जितले नेपालको आगामी यात्रामा आत्मविश्वास थपेको छ । युएई पाकिस्तान ‘ए’सँग ६१ रनले पराजित भएको थियो । उक्त प्रतियोगितामा आठवटा टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगितामा आठ टोली सहभागी छन् । नेपाल समूह ‘बी’मा रहेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
नमोबुद्ध जात्रा आजदेखि
Latest NewsJust now

नमोबुद्ध जात्रा आजदेखि

काभ्रे । काभ्रेपलान्चोकको नमोबुद्ध नगरपालिका–११ स्थित धार्मिक तथा पर्यटकीयस्थल नमोबुद्धमा नमोबुद्ध जात्रा आजदेखि सुरु हुँदैछ । भोकले छटपटिएकी बघिनी र उनका पाँच डमरुको प्राण बचाउन आफ्नै शरीर अर्पण गरेका राजकुमार... ...

रातोपाटी
बाफलबाट चोरी भएको माइक्रोबससहित स्वम्भूवाट २ जना पक्राउ
Latest NewsJust now

बाफलबाट चोरी भएको माइक्रोबससहित स्वम्भूवाट २ जना पक्राउ

काठमाडौँमा पार्किङ गरी राखिएको माइक्रोबस चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।  पक्राउ पर्नेमा धादिङको गल्छी गाउँपालिका–६ का ३७ वर्षीय बाबुराम तामाङ र सिन्धुलीको लखनपुरका १८ वर्षीय विशाल लामा रहेका छन्।  नागार्जुन नगरपालिका–४ बाफलस्थित मनमती करिडोर सामुदायिक भवन नजिकको खाली जग्गामा पार्किङ गरी राखिएको बा.१ज ९८०५ नम्बर... ...

नेपालखबर
विदेशबाट फर्किएर ८० लाख लगानीमा पशुपछीपालन
Latest NewsJust now

विदेशबाट फर्किएर ८० लाख लगानीमा पशुपछीपालन

कञ्चनपुर । छ वर्ष दक्षिण कोरियामा बिताएर स्वदेश फर्किएका कञ्चनपुरको बेदकोट नगरपालिका–८ का शम्शेरबहादुर बम अहिले गाउँमै पशुपछि पालन तथा कृषि उद्यममा रमाएका छन् । विदेशमा काम गरेको अनुभव र... ...

रातोपाटी
भारत भ्रमणको दोस्रो तथा अन्तिम दिन आज के-के गर्दै छन् प्रधानमन्त्री शाह
Latest NewsJust now

भारत भ्रमणको दोस्रो तथा अन्तिम दिन आज के-के गर्दै छन् प्रधानमन्त्री शाह

भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहले आज (सोमबार) त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्दै छन्।  भारत भ्रमणको दोस्रो एवं अन्तिम दिन प्रधानमन्त्री शाहले भारतीय समयअनुसार आज बिहान ११ बजे भारतीय प्रधानमन्त्री समकक्षी मोदीसँग हैदराबाद हाउसमा भेटवार्ता गर्ने कार्यक्रम छ। यसपछि दिउँसो १२ः२५ बजे समझदारीपत्र (एमओयू) आदानप्रदान तथा ... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement