Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

एलपी ग्यास उद्योग मर्जरका लागि दबाब

Share:WhatsAppFacebookX (Twitter)Telegram
एलपी ग्यास उद्योग मर्जरका लागि दबाब
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । खाना पकाउने एलपी ग्यासको आपूर्ति व्यवस्थापनका लागि सरकारले मर्ज प्रक्रिया अगाडि बढाएको छ । सोही सन्दर्भमा नेपाल आयल निगमले एलपी ग्यास उद्योगहरूलाई एकआपसमा गाभिएर ग्यास सिलिन्डर उत्पादन तथा बजारीकरण गर्न आग्रह गरेको छ । निगमले ग्यास बिक्रीवितरणलाई सहज बनाउनुका साथै उपभोक्ताको हित प्रवर्द्ध{न गर्न उद्योगहरूबीच मर्जर नीति अघि सारिएको जनाएको छ । एलपी ग्यास तथा विविधीकरण विभागले २०८३/८४ को स्वीकृत नीति तथा कार्यक्रमअन्तर्गत ग्यास उद्योगहरूलाई एकआपसमा गाभ्ने विषयलाई प्राथमिकतामा राखेको हो । एलपी ग्यास उद्योगीले भने मर्जरमा जानका लागि सरकारले बैंक तथा वित्तीय संस्थाहरूलाई जस्तै सहुलियत दिनुपर्ने माग गरेका छन् । निगमले सबै ग्यास उद्योगलाई सम्बोधन गर्दै जारी गरेको पत्रमा चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमको बुँदा नम्बर ३.२ मा एलपी ग्यास बिक्री-वितरण सहज बनाउन तथा उपभोक्ताको हित प्रवर्द्धन गर्न विभिन्न नाम र ब्राण्डमा रहेका एलपी ग्यास उद्योगहरूलाई एकआपसमा गाभ्ने नीतिलाई निरन्तरता दिने उल्लेख गरेको छ । निगमका निर्देशक ई. विनितमणि उपाध्यायले नेपालमा धेरै संख्यामा ग्यास उद्योग हुँदा बजारमा सहज र सुलभरूपमा ग्यास सिलिन्डर व्यवस्थापनमा समस्या आइरहेकाले एकआपसमा मर्जका लागि सूचना जारी गरिएको बताउनुभएको छ । सरकारले एकआपसमा गाभिन चाहने ग्यास उद्योगीलाई गाभिन आउन प्रोत्साहन गर्ने नीतिअन्तर्गत सूचना जारी गरिएको निगमले जनाएको छ । निगमका अनुसार दुर्ई वर्षअघि एचपी र त्रिवेणी ब्राण्डका ग्यास उद्योग एकआपसमा मर्ज भएर अहिले एचपी ब्राण्डमा उत्पादन र बजारीकरण भइरहेको छ । नेपाल ग्यास र एचपी ग्यासले एकआपसमा गाभिन निगममा आवेदन दिएका छन् भने राजधानी ग्यास, नेपाल ग्यास र गण्डकी ग्यासले पनि गाभिन निवेदन दिएका छन् । हाल देशभर ५८ ग्यास उद्योग सञ्चालनमा रहेका छन् । एलपी ग्यास उद्योगीले भने मर्जरमा जानका लागि सरकारले बैंक तथा वित्तीय संस्थाहरूलाई जस्तै सहुलियत दिनुपर्ने माग गरेका छन् । नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवानबहादुर चन्दले उद्योगीहरू मर्जरमा जान तयार रहेको तर त्यसका लागि सरकारले वाणिज्य बैंकहरूलाई जस्तै कर तथा नीतिगत सहुलियत दिनुपर्ने बताउनुभएको हो । उहाँका अनुसार मर्जरका लागि हालै निगममा मन्त्रालयका सहसचिवसहितको उपस्थितिमा बैठक भएको थियो । वाणिज्य बैंकहरू मर्जरमा जाँदा सरकारले जुन प्रकारको नियम, कानुनी सहजता र कर छुटको सुविधा दिएको थियो, ग्यास उद्योगलाई पनि त्यस्तै व्यवस्था मिलाइदिनुपर्ने संघको मुख्य माग रहेको चन्दले बताउनुभएको छ । आयकर ऐनको दफा ५७ अनुसार स्वामित्व परिवर्तन हुँदा लाग्ने पुँजीगत लाभकर तथा अन्य दायित्व सम्बोधन नभएसम्म उद्योगीलाई मर्जरमा जान वित्तीयरूपमा कठिन हुने उहाँको भनाइ छ । मर्जर गरेर उद्योगहरूको संख्या कति पुर्‍याउने भन्ने विषयमा पनि कुनै निश्चित मापदण्ड तोकिन नहुने र पूर्णरूपमा स्वेच्छिक प्रक्रिया हुनुपर्नेमा उद्योगी जोड रहेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
१३ अर्बका ६२ ठेक्का तोडिए
Latest NewsJust now

१३ अर्बका ६२ ठेक्का तोडिए

काठमाडौँ, कात्तिक १७ गते । मुलुकको सार्वजनिक निर्माण क्षेत्रमा ठेक्का ओगटेर बर्सौंसम्म काम नगर्ने र आयोजना अलपत्र पार्ने निर्माण व्यवसायीमाथि सरकारले कडा कदम चालेको छ । पूर्वाधार व... ...

गोरखापत्र
काठमाडौँमा यी क्षेत्रमा जाँदैछ आज बिजुली
Latest NewsJust now

काठमाडौँमा यी क्षेत्रमा जाँदैछ आज बिजुली

आज काठमाडौँका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द रहने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।  सूचना प्रकाशित गर्दै प्राधिकरणले १७ गते बिहान ५ बजेदेखि ८ बजेसम्म चाबहिल सबस्टेसनको ६६ केभी बस आइसोलेटर मर्मतसम्भार गर्नुपर्ने भएकाले उक्त सबस्टेसनबाट विद्युत् वितरण हुने चाबहिल, पशुपति, गौशाला, मित्रपार्क, जयबागेश्वरी लगायतका आसपासका सम्पूर्ण क्षेत्रहरूमा विद्युत् आपूर्ति बन्... ...

नेपालखबर
फूलखेतीमा रमाउँदै कृषक, तिहारमा बजारको आश
Latest NewsJust now

फूलखेतीमा रमाउँदै कृषक, तिहारमा बजारको आश

कास्की । पोखरा महानगरपालिका–१३ का कृषक शुक्रराज तिमिल्सिनाले यस वर्ष तिहारलाई लक्षित गरी दुई रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती गरेका छन् । गणेश कृषि फार्मका सञ्चालक तिमिल्सिनाले पशुपालन र तरकारी खेतीसँगै तीन... ...

रातोपाटी
काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’, १ सातामा ६४० जना पक्राउ
Latest NewsJust now

काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’, १ सातामा ६४० जना पक्राउ

काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्तिसुरक्षा सुदृढ बनाउने उद्देश्यले प्रहरीले सञ्चालन गरेको विशेष ‘स्वीप अपरेसन’ का क्रममा एक सातामा ६४० जना पक्राउ परेका छन्।  पक्राउपर्नेमा विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका ८२ जना कसुरदार रहेका छन्।  जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार कात्तिक ९ गतेदेखि १६ गतेसम्म काठमाड... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play