Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

एमालेको राष्ट्रिय भेलामा स्थानीय तह निर्वाचनलाई केन्द्रमा राखेर छलफल हुन्छः महासचिव पोखरेल

Share:WhatsAppFacebookX (Twitter)Telegram
एमालेको राष्ट्रिय भेलामा स्थानीय तह निर्वाचनलाई केन्द्रमा राखेर छलफल हुन्छः महासचिव पोखरेल
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । नेकपा (एमाले) ले महासचिव शङ्कर पोखरेलले स्थानीय निर्वाचनलाई केन्द्रमा राखेर पार्टीका नेता तथा कार्यकर्तामाझ एकीकृत सन्देश प्रवाह गर्न राष्ट्रिय कार्यकर्ता भेला गर्न लागिएको बताएका छन् । आगामी मङ्सिर २ र ३ गते काठमाडौँमा आयोजना हुने भेलाको तयारीलाई अन्तिम रूप दिन पार्टी केन्द्रीय कार्यालय, च्यासलमा भएको तयारी समितिको बैठकमा महासचिव पोखरेलले पार्टीको आन्तरिक जीवन, राष्ट्रिय तथा अन्तरराष्ट्रिय परिस्थिति, जनजीविकाका सवाल र आगामी राजनीतिक चुनौतीबारे साझा बुझाइ निर्माण गर्न भेलाले सन्देश दिने पनि स्पष्ट गरे । पार्टीका सचिव तथा सङ्गठन विभाग प्रमुख भानुभक्त ढकालको अध्यक्षतामा भएको बैठकमा विभिन्न प्रदेशबाट सहभागी हुने प्रतिनिधिको अवस्था, व्यवस्थापन र कार्यक्रम सञ्चालनसम्बन्धी तयारीबारे विस्तृत समीक्षा गरिएको थियो । सङ्गठन विभागका प्रमुख ढकालले भेलालाई सफल बनाउन विभिन्न तहमा जिम्मेवारी बाँडफाँट गरी समन्वयात्मक रूपमा काम भइरहेको जानकारी दिए । भेलामा देशभरबाट पार्टीका नेता, जनप्रतिनिधि तथा विभिन्न तहका सङ्गठनका प्रतिनिधिसहित तीन हजार ४१४ जनाको सहभागिता रहनेछ । प्रमुख ढकालका अनुसार भेलामा ३४६ केन्द्रीय सदस्य, ८१ केन्द्रीय निकायका प्रतिनिधि, ५५ प्रदेश, भारत प्रवास तथा प्रवासी नेपाली मञ्चका प्रतिनिधि, ४४० जिल्ला तहका प्रतिनिधि र एक हजार ५०६ पालिका कमिटीका प्रतिनिधि सहभागी हुनेछन् । त्यसैगरी सङ्घीय संसद तथा राष्ट्रियसभाका ३५, प्रदेशसभाका १५५, स्थानीय तहका प्रमुख तथा अध्यक्ष १०६, उपप्रमुख तथा उपाध्यक्ष ३४२ र जनसङ्गठनका नौ प्रतिनिधिको सहभागिता हुने जनाइएको छ । बैठकमा पार्टीका सचिव पद्मा अर्याल, स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीलगायत नेता सहभागी थिए । काठमाडौँमा हुने राष्ट्रिय भेलालाई सो पार्टीका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता विद्यादेवी भण्डारीसहित नेताले सम्बोधन गर्नुहुने कार्यक्रम तय भएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नेपाल टेलिकमको एनटी फाइबर जोड्ने सोचमा हुनुहुन्छ ? यस्तो छ अफर
Latest NewsJust now

नेपाल टेलिकमको एनटी फाइबर जोड्ने सोचमा हुनुहुन्छ ? यस्तो छ अफर

काठमाडौं । नेपाल टेलिकमले एनटी फाइबर इन्टरनेट र मेस एपी अफरको अवधि थप गरेको छ । कम्पनीले ग्राहकको माग बढेपछि दुवै अफरको अवधि आगामी पुस ३० गतेसम्म थप गर्ने निर्णय गरेको हो । नेपाल टेलिकमले ३० एमबीपीएस क्षमताको एनटी फाइबर इन्टरनेट प्याकेज वार्षिक ४ हजार ९९९ रुपैयाँमा उपलब्ध गराउँदै आएको छ । यो प्याकेज गत […] ...

लोकपथ
भीमफेदी दुर्घटना : मृतकका परिवारलाई जनही एक लाख राहत
Latest NewsJust now

भीमफेदी दुर्घटना : मृतकका परिवारलाई जनही एक लाख राहत

धनुषा, कात्तिक २७ गते । मधेश प्रदेश सरकारले मकवानपुरको भीमफेदीमा बिहीबार भएको सडक दुर्घटनामा परी मृत्यु भएकाका परिवारलाई जनही रु एक लाख राहत उपलब्ध गराउने निर्णय गरेको छ ।प्रदेश मन... ...

गोरखापत्र
जगदीश खरेललाई प्रश्न : पार्टी र सरकारबिच द्वन्द्व बढेको हो ?
Latest NewsJust now

जगदीश खरेललाई प्रश्न : पार्टी र सरकारबिच द्वन्द्व बढेको हो ?

सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विचौलिया इनम सापकोटासँग जोडिएका सर्वोच्च अदालतका न्यायाधीशहरूलाई महाभियोग लगाउने प्रक्रिया अगाडि बढाउन संसदीय दललाई निर्देशन दिएको १३ दिन पूरा हुँदा पनि कार्यान्वयन भएको... ...

रातोपाटी
भीमफेदी दुर्घटना: दुई दिनपछि आफन्तले बुझे शव
Latest NewsJust now

भीमफेदी दुर्घटना: दुई दिनपछि आफन्तले बुझे शव

मकवानपुरको भीमफेदीमा भएको हाइस दुर्घटनामा ज्यान गुमाएका १४ जनाकै शव आफन्तले बुझेर लगेका छन्।  मृतकका परिवार र सरकारबीच राहत, क्षतिपूर्ति तथा पीडित परिवारको पुनःस्थापनाका विषयमा सहमति जुटेपछि शव बुझाउने प्रक्रिया टुंगिएको हो। दुर्घटनामा मृत्यु भएका चालक रवीशंकरकुमार मण्डलको शव परिवारले बिहीबार नै बुझेर लगेका थिए। बाँकी १३ जनाको शव भने पोस्टमार्टमपछि... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play