Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

एन्टिबायोटिकको दुरुपयोग रोक्न सचेतना अभियान आवश्यक : महानिर्देशक भट्टराई

Share:WhatsAppFacebookX (Twitter)Telegram
एन्टिबायोटिकको दुरुपयोग रोक्न सचेतना अभियान आवश्यक : महानिर्देशक भट्टराई
Photo / Coverage: हिमालय टाइम्स

काठमाडाैं । औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले एन्टिबायोटिकको बढ्दो दुरुपयोग र प्रतिजैविक प्रतिरोध (एन्टिमाइक्रोबियल रेसिस्टेन्स) नियन्त्रणका लागि सबै क्षेत्रको सहकार्य आवश्यक रहेको बताउनुभएको छ । विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह, २०२६ को अवसरमा बुधवार आयोजित प्रभातफेरी कार्यक्रममा उहाँले एन्टिबायोटिकको अनावश्यक, बढी तथा न्युन प्रयोगले जनस्वास्थ्यमा गम्भीर चुनौती थपिरहेको बताउनुभएको हो । उहाँले एन्टिबायोटिकको प्रभावकारिता कायम राख्न यसको प्रयोगलाई व्यवस्थित र नियमन गर्नुपर्नेमा जोड दिनुभयो । विशेषगरी भविष्यमा आवश्यक पर्ने रिजर्भ एन्टिबायोटिक औषधिहरूलाई जथाभावी प्रयोग नगरी सुरक्षित राख्नुपर्ने उहाँको भनाइ छ । ‘एक स्वास्थ्य, एक अभियान : प्रतिजैविक प्रतिरोधको आजैबाट रोकथाम’ भन्ने मूल नाराका साथ सप्ताहव्यापी कार्यक्रम आयोजना गरिएको हो । अभियानले एन्टिबायोटिकको दुरुपयोग रोक्ने, यसको उचित प्रयोगबारे जनचेतना अभिवृद्धि गर्ने र प्रतिजैविक प्रतिरोध न्यूनीकरण गर्ने लक्ष्य राखेको छ । महानिर्देशक भट्टराईले प्रतिजैविक प्रतिरोध मानव स्वास्थ्यसँग मात्रै सम्बन्धित विषय नभई पशु स्वास्थ्य र वातावरणसँग समेत जोडिएको बताउनु भयो । त्यसैले स्वास्थ्य मन्त्रालय, औषधि व्यवस्था विभाग, पशु स्वास्थ्य क्षेत्र, वातावरण क्षेत्र तथा अन्य सरोकारवाला निकायबीच समन्वय र सहकार्य आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो । उहाँले प्रतिजैविक प्रतिरोध विश्वव्यापी समस्याका रूपमा देखिएकाले नेपालमा पनि विभिन्न सचेतना तथा जनजागरणका कार्यक्रममार्फत सर्वसाधारणलाई यसबारे सुसूचित गर्नुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘आज प्रतिजैविक प्रतिरोध सप्ताहको पहिलो दिन स्वास्थ्य मन्त्रालयबाट सुरु भएको प्रभातफेरी कार्यक्रममा सहभागी सम्पूर्ण सरोकारवाला, संघ-संस्थाका प्रतिनिधि तथा स्वास्थ्य मन्त्रालयका प्रतिनिधिहरूलाई औषधि व्यवस्था विभाग र आफ्नो व्यक्तिगत तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछु । ‘एक स्वास्थ्य, एक प्रयास : प्रतिजैविक प्रतिरोध रोकौँ’ भन्ने नाराका साथ मनाउन लागिएको यस सप्ताहको मुख्य उद्देश्य प्रतिजैविक प्रतिरोधको बढ्दो चुनौती न्यूनीकरण गर्नु हो । प्रतिजैविक औषधिको दुरुपयोग, अनावश्यक तथा अत्यधिक प्रयोगलाई नियन्त्रण गर्दै जनस्वास्थ्यको सुरक्षा गर्नु आजको आवश्यकता हो । यसका लागि मानव स्वास्थ्य, पशु स्वास्थ्य र वातावरण क्षेत्रका सबै सरोकारवालाबीच सहकार्य, जनचेतना र औषधिको जिम्मेवार प्रयोगलाई प्रवद्र्धन गर्न आवश्यक छ ।’ बुधवार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट शुरु भएको प्रभातफेरी औषधि व्यवस्था विभागमा पुगेर समापन भएको थियो । सप्ताहव्यापी कार्यक्रममा विभिन्न सरकारी निकाय, संघसंस्था तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एन्टिबायोटिकको दुरुपयोग रोक्न सचेतना अभियान आवश्यकः महानिर्देशक भट्टराई
Latest NewsJust now

एन्टिबायोटिकको दुरुपयोग रोक्न सचेतना अभियान आवश्यकः महानिर्देशक भट्टराई

काठमाडाैँ । औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले एन्टिबायोटिकको बढ्दो दुरुपयोग र प्रतिजैविक प्रतिरोध (एन्टिमाइक्रोबियल रेसिस्टेन्स) नियन्त्रणका लागि सबै क्षेत्रको सहकार्य आवश्यक रहेको बताएका छन् । विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह, २०२६ को अवसरमा बुधवार आयोजित प्रभातफेरी कार्यक्रममा उहाँले एन्टिबायोटिकको अनावश्यक, बढी तथा न्युन प्रयोगले जनस्वास्थ्यमा गम्भीर चुनौती थपिरहेको बताएका हुन् । उनले एन्टिबायोटिकको प्रभावकारिता कायम राख्न यसको प्रयोगलाई व्यवस्थित ...

टक्सार
काठमाडौँ–तराई द्रुतमार्गको सबैभन्दा लामो सुरुङ ‘ब्रेकथ्रु’ गर्न राष्ट्रपति पौडेल मकवानपुरमा
Latest NewsJust now

काठमाडौँ–तराई द्रुतमार्गको सबैभन्दा लामो सुरुङ ‘ब्रेकथ्रु’ गर्न राष्ट्रपति पौडेल मकवानपुरमा

काठमाडौं–तराई/मधेश द्रुतमार्गमा निर्माण भइरहेको सबैभन्दा लामो महादेवटार सुरुङ आज ‘ब्रेकथ्रु’ हुँदै छ।  सुरूङ ब्रेकथ्रुका लागि नेपाली सेनाले विशेष कार्यक्रम आयोजना गरेको छ।  कार्यक्रममा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल, पूर्वाधार मन्त्री सुनिल लम्साल महादेवटार पुगेका छन्।  नेपाली सेनाका सूचना अधिकारी तथा सहायक रथी राजारा... ...

नेपालखबर
दानबहादुर कार्कीको मुद्दामा पहिलो सुनुवाइ हुँदै, न्यायाधीस श्रीकान्त पौडेलको इजलासमा पेसी
Latest NewsJust now

दानबहादुर कार्कीको मुद्दामा पहिलो सुनुवाइ हुँदै, न्यायाधीस श्रीकान्त पौडेलको इजलासमा पेसी

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि आज बुधबार सर्वोच्च अदालतमा पहिलो (प्रारम्भिक) सुनुवाइ हुँदैछ। मुद्दाको पेसी न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा चढेको छ। कात्तिक १८ गते बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार पदमा नियुक्त गर्ने निर्णय गरेको थियो। सोही बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसीलाई नयाँ ...

केन्द्रबिन्दु
युवाले लगाउन थाले ‘फेरी’
Latest NewsJust now

युवाले लगाउन थाले ‘फेरी’

हरिप्रसाद कोइराला मोरङ, मङ्सिर २ गते । जोगी समुदायको लगाउने पुख्र्यौली पेसामा युवा फर्किएका छन् । सामाजिक सञ्जालमा जोगीलाई भिक्षादान गर्दा फाइदा हुने प्रचार हुन थालेपछि युवापुस्ता... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play