Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

एनपीएल : लुम्बिनी पहिलो क्वालिफायरमा प्रवेश, विराटनगर आउट

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपीएल : लुम्बिनी पहिलो क्वालिफायरमा प्रवेश, विराटनगर आउट
Photo / Coverage: पर्दाफास

लुम्बिनी लायन्स राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल)को पहिलो क्वालिफायरमा प्रवेश गरेको छ। आज सम्पन्न खेलमा विराटनगर किंग्सलाई हराउदै लुम्बिनी पहिलो क्वालिफायरमा सुरक्षित भएको हो। हारसंगै विराटनगर बाहिरिएको छ। जितका लागि पाएको १६७ रनको लक्ष्य लुम्बिनीले १९।५ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो। जसमा आसिफ शेख र डार्सी सर्टले ४५/४५ रन बनाए। विराटनगरका अपराजित पौडेलले २ विकेट लिए। यसअघि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १६६ रन बनायो । जसमा चरिथ असलङ्काले अर्धशतकीय पारी खेल्दै ६४ रन बनाए। यस्तै शुभम रञ्जनेले ३१ ,इमरान शेखले २४ रन हिर्काए। लुम्बिनीका किशोर महतोले २,रूबेल ट्रम्पलमेन र अभिषेश गौतमले १र१ विकेट लिए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एनपीएल सिजन–३ : प्लेअफ पुग्ने चारै टोलीको टुङ्गो लाग्यो
OthersJust now

एनपीएल सिजन–३ : प्लेअफ पुग्ने चारै टोलीको टुङ्गो लाग्यो

शनिबार भएको खेलमा साविक विजेता लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई ४ विकेट पराजित गरेपछि चितवन राइनोज प्लेअफ पुग्ने अन्तिम टोली बन्यो । ...

अनलाइन खबर
कृष्णप्रसाद यादवको मुख्यमन्त्री पद : एमालेकै कारण जुर्‍यो, एमालेकै कारण गुम्यो
OthersJust now

कृष्णप्रसाद यादवको मुख्यमन्त्री पद : एमालेकै कारण जुर्‍यो, एमालेकै कारण गुम्यो

हालसम्म मधेशमा सरकार बनाउनेगरी नयाँ सत्ता समीकरणको सहमति भने बनिसकेको छैन । एमाले र नेकपा सरकारको नेतृत्व जसपा नेपाललाई दिन लचक छन् । जसपा नेपालले आन्तरिक गृहकार्य पनि गरिरहेको छ । तर, उसभित्र पनि आन्तरिक विवाद छ । ...

अनलाइन खबर
जनकपुरदेखि अयोध्यासम्म साप्ताहिक रेल सेवा सञ्चालन गर्न भारतीय रेल्वेबाट स्वीकृति
OthersJust now

जनकपुरदेखि अयोध्यासम्म साप्ताहिक रेल सेवा सञ्चालन गर्न भारतीय रेल्वेबाट स्वीकृति

२८ कात्तिक, काठमाडौं । भारतीय रेल्वेले नेपालको जनकपुरधाम र भारतको अयोध्याबीच साप्ताहिक रेल सेवा सञ्चालन गर्न स्वीकृति दिएको छ । यो रेल सेवा रामायणसँग सम्बन्धित दुई महत्वपूर्ण स्थल जनकपुरधाम र अयोध्याबीच सञ्चालन हुनेछ । जनकपुरधामलाई सीताको जन्मस्थल र अयोध्यालाई भगवान् रामको जन्मस्थलका रूपमा लिइन्छ । भारतको रेल मन्त्रालयले शनिबार सार्वजनिक गरेको विज्ञप्ति अनुसार रेलले भारतको… ...

अनलाइन खबर
विराटनगरलाई हराउँदै लुम्बिनी क्वालिफायरमा, चितवन पनि प्लेअफमा
OthersJust now

विराटनगरलाई हराउँदै लुम्बिनी क्वालिफायरमा, चितवन पनि प्लेअफमा

यसअघि नै प्लेअफमा स्थान पक्का गरिसकेको लुम्बिनीले लिग चरणमा ७ खेलबाट ११ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ र शीर्ष दुईमा रहने पक्का भएको हो । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play