Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

एनपीएल : पोखराले लुम्बिनीलाई दियो ९८ रनको लक्ष्य

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपीएल : पोखराले लुम्बिनीलाई दियो ९८ रनको लक्ष्य
Photo / Coverage: पर्दाफास

राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई ९८ रनको सामान्य लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको पोखराले २० ओभरमा ९ विकेटको क्षतिमा ९७ रन बनायो । जसमा चमिका करूणारत्नेले २५,कप्तान कुशल भुर्तेलले १४ रन बनाए। लुम्बिनीका रुबेन ट्रम्पलम्यानले ३,तिलक भण्डारीले २ विकेट लिए। दुई खेल खेलेको लुम्बिनीले एकमा जित निकालेको छ भने वर्षाका कारण एक खेलबाट अंक बाँडेको छ। लुम्बिनी आज आफ्नो अपराजित यात्रा कायम राख्ने योजनामा हुनेछ। अर्कोतर्फ पोखरा एभेन्जर्सले यसअघिका दुवै खेलमा पराजय बेहोरेको छ। आज तेस्रो खेल खेल्न लागेको पोखरालाई प्रतियोगितामा पहिलो जित निकाल्नुपर्ने दबाब छ। यसअघि आजै भएको पहिलो खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई २ रनले हरायो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कोपमा जलवायु न्याय र हिमाल संरक्षणका मुद्दा सशक्त रूपमा उठाउँछौं : मन्त्री चौधरी
OthersJust now

कोपमा जलवायु न्याय र हिमाल संरक्षणका मुद्दा सशक्त रूपमा उठाउँछौं : मन्त्री चौधरी

कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले आगामी कोप–३१ सम्मेलनमा नेपालले जलवायु न्याय, पर्याप्त वित्तीय सहयोग र हिमाल संरक्षणका मुद्दालाई सशक्त रूपमा उठाउने बताएकी छन् । ...

अनलाइन खबर
कर्णालीका मुख्यमन्त्री र इजरायली राजदूतबीच भेटवार्ता
OthersJust now

कर्णालीका मुख्यमन्त्री र इजरायली राजदूतबीच भेटवार्ता

कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाही र नेपालका लागि इजरायली राजदूत स्मुलिक अरियल बासबीच आज शिष्टाचार भेटवार्ता भएको छ । ...

अनलाइन खबर
एनपीएल : पोखरालाई हराएर लुम्बिनी पहिलो स्थानमा
OthersJust now

एनपीएल : पोखरालाई हराएर लुम्बिनी पहिलो स्थानमा

राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई ८ विकेटले हराएर शिर्ष स्थानमा उक्लिएको छ । तीन खेलमा ५ अंक जोड्दै लुम्बिनी शिर्ष स्थानमा पुगेको हो । पोखराको भने यो ह्याट्रिक हारसहित पुछारमा छ । जितका लागि पाएको ९८ रनको सामान्य लक्ष्य लुम्बिनीले ११.४ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो । जसमा कप्तान रोहित पौडेलले ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play