Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

एनपीएल : कर्णालीसँग चितवन पराजित

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपीएल : कर्णालीसँग चितवन पराजित
Photo / Coverage: पर्दाफास

राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई हराएको छ । १५४ रनको लक्ष्य पछ्याएको चितवनले १२९ रन मात्रै बनाउन सक्यो । जसमा कमिल मिसराले २५, उसमा मिरले २८ रन बनाए । कर्णालीका हुसैन तलतले ३, पवन सराफ र मार्क वाटले २/२ विकेट लिए । यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १५३ रन बनायो । जसमा हुसैन तलतले ५१, अरिफूल स्लामले ३५ रनको योगदान गरे । चितवनका कमलसिंह ऐरी, उसमा मिर, सलाउद्दिन खानले २/२ विकेट लिए । चितवन यसअघि नै प्लेअफमा सुरक्षित छ भने कर्णाली बाहिरिसकेको छ । यसैगरी आज साँझ ५ बजे हुने दोस्रो खेलमा काठमाडौं गोर्खाज र पोखरा एभेन्जर्स आमने सामने हुनेछन् । प्लेअफमा स्थान सुरक्षित गरिसकेको काठमाडौं अंक तालिकाको तेस्रो स्थानमा छ । पोखरा भने अंक तालिकाको पुछारमा छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
राष्ट्रपति पौडेलले गरे गौरीघाटमा छठी माताको पूजाआराधना
OthersJust now

राष्ट्रपति पौडेलले गरे गौरीघाटमा छठी माताको पूजाआराधना

राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वका अवसरमा पशुपति क्षेत्रस्थित गौरीघाटमा छठी माताको पूजाआराधना गरेका छन् । राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेलसहित आइतबार गौरीघाटस्थित छठ पूजास्थल पुगेर पूजाआराधनामा सहभागी भएका हुन् । उनले त्यहाँ अस्ताउँदो सूर्यलाई अर्घ्यसमेत दिएका छन् । गौरीघाट पुग्दा राष्ट्रपति पौडेललाई सांसद विष्णुदेवी पुडासैनी, सांसद पुकार बम, पशुपति क्षेत्र विकास कोषका पदाधिकारी, जनप्रतिनिधि तथा छठ पूजा आयोजक समितिका पदाधिकारीहरूले स्वागत ...

पर्दाफास
छठ मनाउन मधेश झरेका नेताहरू
OthersJust now

छठ मनाउन मधेश झरेका नेताहरू

रास्वपा सभापति रवि लामिछाने, सभामुख डीपी अर्यालदेखि प्रमुख विपक्षी दल कांग्रेसका सभापति गगन थापा छठ बनाउने मधेश झरेका छन् । यी भ्रमण धार्मिकसँगै राजनीतिक र सांगठनिक सदृढीकरणका पनि हिस्सा हुन् । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play