राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आजकाे दाेस्राे खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई १०६ रनकाे लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ राेजेकाे कर्णाली १०५ रनमा अलआउट भयाे। जसमा साेमपाल कामीले २८, हुसैन तलतले २४ रन बनाए। लुम्बिनीका कप्तान साेमपाल कामी,अभिषेश गाैतम,किशाेर महताेले र डीआरसी सर्टले २/२ विकेट लिए। ५ खेलबाट ७ अंक बटुलेर अंकतालिकामा तेस्रो स्थानमा रहेको लुम्बिनी आजको खेल जितेर शीर्षस्थानमा रहँदै प्लेअफमा पुग्ने लक्ष्यमा छ । ५ खेलमा ४ अंकसहित सातौँ स्थानमा रहेको कर्णालीलाई प्लेअफ सम्भावना जीवित राख्नका लागि आज जित्नै पर्छ । आजै भएको पहिलाे खेलमा विराटनगर किङ्ग्सले पोखरा एभेन्जर्सलाई ४ विकेटले हरायाे।
एनपीएल : कर्णालीले लुम्बिनीलाई दियो १०६ रनको लक्ष्य

Read Complete Original Article
Published originally on पर्दाफास






