Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

एनपीएलमा सोमपाल कामी दुर्लभ ‘अब्स्ट्रक्टिङ द फिल्ड’ आउट

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपीएलमा सोमपाल कामी दुर्लभ ‘अब्स्ट्रक्टिङ द फिल्ड’ आउट
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सविरुद्धको खेलमा कर्णाली याक्सका कप्तान सोमपाल कामी क्रिकेटको दुर्लभ नियम ‘अब्स्ट्रक्टिङ द फिल्ड’ अनुसार आउट भएका छन्। अन्तर्राष्ट्रिय क्रिकेटमै निकै कम देखिने यस प्रकारको आउट सोमपालको नाममा समेत दर्ता भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराले दिएको २१८ रनको विशाल लक्ष्य पछ्याउने क्रममा कर्णालीले १५औँ ओभरमा सोमपाललाई गुमाएको हो। पोखराका बलर विपिन खत्रीको १४.६ ओभरको बलमा ठूलो सट प्रहार गर्न खोज्दा बल उनको ब्याटमा लागेर अगाडि खसेको थियो। त्यसपछि पुनः ब्याट घुमाउँदा सोमपालको ब्याट बलमा लागेपछि पोखराका फिल्डरले अपिल गरेका थिए। अनफिल्ड अम्पायरले थर्ड अम्पायरको सहायता लिएपछि सोमपाललाई ‘अब्स्ट्रक्टिङ द फिल्ड’ आउट दिएका थिए। यो निर्णयसँगै कर्णालीले महत्त्वपूर्ण विकेट गुमाएको थियो। क्रिकेटको नियम बनाउने संस्था मेरिलबोन क्रिकेट क्लब (एमसीसी) को नियम ३७ अनुसार ब्याटरले जानाजानी फिल्डिङ गरिरहेको टोलीलाई बल समात्न, थ्रो गर्न वा रनआउट गर्न बाधा पुर्‍याएमा ‘अब्स्ट्रक्टिङ द फिल्ड’ अन्तर्गत आउट दिन सकिन्छ। रनआउटबाट जोगिन जानाजानी दौडने बाटो परिवर्तन गर्ने, ब्याट वा हातले बल रोक्ने अथवा फिल्डरलाई बल खेल्न अवरोध गर्ने कार्य यस नियमअन्तर्गत पर्छ। यद्यपि, आफूलाई चोटपटकबाट जोगाउन गरिएको स्वाभाविक प्रयासलाई भने यसमा समावेश गरिँदैन।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टाइमको १०० प्रभावशाली व्यक्तिको सूचीमा
Latest NewsJust now

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टाइमको १०० प्रभावशाली व्यक्तिको सूचीमा

काठमाडौं। अर्थमन्त्री वाग्ले प्रतिष्ठित म्यागजिन ‘टाइम’द्वारा सार्वजनिक सन् २०२६ को ‘जलवायु मुद्दाका विश्वका १०० प्रभावशाली व्यक्तित्व’को सूचीमा परेका छन्। जलवायु परिवर्तनका असर न्यूनीकरण र दिगो विकासमा योगदान पुर्याउने विश्वभरका व्यक्तित्वहरूलाई समेटेर उक्त सूची तयार पारिएको हो। विगत २८ वर्षदेखि दिगो आर्थिक विकासको क्षेत्रमा सक्रिय डा. वाग्लेलाई विशेष गरी रसुवा-भोटेकोशीमा आएको विनाशकारी बाढीपछि उनले निर्वाह गरेको भूमिकाका कारण सूचीमा समावेश गरिएको टाइमले ...

नेपालन्युज
चितवनलाई हराउँदै काठमाडौं शीर्षस्थानमा
Latest NewsJust now

चितवनलाई हराउँदै काठमाडौं शीर्षस्थानमा

चितवन राइनोजलाई पराजित गर्दै काठमाडौ गोर्खाज नेपाल प्रिमियर लिग (एनपीएल) को शीर्षस्थानमा उक्लिएको छ।  सोमबारको दोस्रो खेलमा चितवनलाई १० रनले हराउँदै काठमाडौँ अंक तालिकाको शीर्षस्थानमा उक्लिएको हो। शीर्षस्थानमा उक्लिएसँगै काठमाडौँको प्लेअफ सम्भावना मजबुत बनेको छ।  पहिलो खेलमा पराजित भएको काठमाडौंले लगातार चौथो खेलमा जित निकाल्दै आठ अंक जोडेको छ। ... ...

नेपालखबर
तिहारमा २४ घण्टासम्म देउसी-भैलो खेल्न पाइने
Latest NewsJust now

तिहारमा २४ घण्टासम्म देउसी-भैलो खेल्न पाइने

काठमाडौं । गृह मन्त्रालयले तिहारको अवसरमा देउसी-भैलो कार्यक्रम २४ घण्टासम्म सञ्चालन गर्न अनुमति दिएको छ। मन्त्रालयले आवश्यक नियम, सर्त र मर्यादा पालना गर्दै देशभर देउसी-भैलो खेल्ने व्यवस्था मिलाउन सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको हो। मन्त्रालयको शान्तिसुरक्षा तथा अपराध नियन्त्रण शाखाले कात्तिक २३ गते जारी गरेको परिपत्रमार्फत नेपाली मौलिक सांस्कृतिक तथा धार्मिक परम्परासँग जोडिएको देउसी-भैलो कार्यक्रम अनुशासित र मर्यादित रूपमा सञ्चालन ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play