Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

एनपीएलमा पोखराको रेकर्ड, दियो अहिलेसम्मकै ठूलो लक्ष्य

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपीएलमा पोखराको रेकर्ड, दियो अहिलेसम्मकै ठूलो लक्ष्य
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा पोखरा एभेन्जर्सले काठमाडौँ गोर्खाजविरुद्ध ऐतिहासिक प्रदर्शन गर्दै विशाल स्कोर खडा गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २२४ रन बनाउँदै एनपीएल इतिहासमै अहिलेसम्मकै ठूलो स्कोरको कीर्तिमान बनाएको छ। पोखराको यो ऐतिहासिक इनिङ्समा शीर्ष क्रमका ब्याट्सम्यान कुशल भुर्तेल र युवराज सम्राले विस्फोटक साझेदारी गर्दै काठमाडौँका बलरहरूलाई निरीह बनाए। ओपनर अर्जुन कुमाल ५ रन बनाएर तेस्रो ओभरमै आउट भएपछि क्रिजमा आएका भुर्तेल र सम्राबीच दोस्रो विकेटका लागि १८६ रनको कीर्तिमानी साझेदारी भएको थियो। कुशल भुर्तेल शतक बनाउनबाट मात्र १ रनले चुके। उनले ५१ बलको सामना गर्दै ८ चौका र ८ छक्काको मद्दतले ९९ रनको सानदार पारी खेले। त्यस्तै, अर्का ओपनर युवराज सम्राले पनि उत्कृष्ट ब्याटिङ गर्दै ५५ बलमा ८ चौका र ५ छक्कासहित ८९ रन जोडे। इनिङ्सको अन्त्यतिर कप्तान चामिका करुणारत्नेले आक्रामक रूप देखाउँदै मात्र ७ बलमा १ चौका र २ छक्का प्रहार गरी अविजित १९ रन बनाए भने धनन्जय लक्षण २ रनमा अविजित रहे। बलिङतर्फ काठमाडौँ गोर्खाजका बलरहरू निकै महँगा साबित भए। काठमाडौँका लागि करण केसीले ४ ओभरमा ३४ रन खर्चेर सर्वाधिक २ विकेट लिए भने जहन्दद खानले ४ ओभरमा ४७ रन दिएर १ विकेट हात पारे। टोलीका मुख्य स्पिनर राशिद खानले ४ ओभरमा ५५ रन खर्चिँदा कुनै विकेट लिन सकेनन् भने सहन अराचिगेले ३ ओभरमा ४० रन, गणेश गौतमले ३ ओभरमा २५ रन र सन्तोष यादवले २ ओभरमा २१ रन खर्चिए। अंक तालिकाको पुछारमा रहेर प्रतियोगिताबाट बाहिरिसकेको पोखरा एभेन्जर्सले लिग चरणको आफ्नो अन्तिम खेलमा सानदार ब्याटिङ प्रदर्शन गर्दै काठमाडौँसामू २२५ रनको कठिन चुनौती पेश गरेको छ। प्लेअफमा स्थान सुरक्षित गरिसकेको काठमाडौँ गोर्खाजलाई खेल जित्नका लागि प्रतिओभर ११.२५ को रनरेटमा रन बनाउनुपर्ने दबाब रहेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
काठमान्डुविरुद्ध पोखराको कीर्तिमानी स्कोर
Latest NewsJust now

काठमान्डुविरुद्ध पोखराको कीर्तिमानी स्कोर

पोखरा एजेन्सर्जले नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो सिजनको अन्तिम लिग खेलमा काठमान्डु गोर्खाजसामु ठूलो लक्ष्य प्रस्तुत गरेको छ । ...

कान्तिपुर
एलिस हुआङले एक वर्षअघि नै कम्पनी छाडेको मेगास्पिडको दाबी
Latest NewsJust now

एलिस हुआङले एक वर्षअघि नै कम्पनी छाडेको मेगास्पिडको दाबी

काठमाडौं– एनभिडियाका चिप चीन पठाएको आरोपमा अनुसन्धान भइरहेको सिङ्गापुरस्थित डाटा सेन्टर कम्पनी मेगास्पिड इन्टरनेशनलले संदिग्ध जासुसका रूपमा चिनिएकी एलिस हुआङले एक वर्षभन्दा बढी समयअघि नै कम्पनी छाडेको जनाएको छ । मेगास्पिडले दक्षिणपूर्वी एसियामा रहेका आफ्ना डाटा सेन्टरका लागि एनभिडियाका चिप खरिद गरी चीन पठाएर चिनियाँ कम्पनीहरूलाई अमेरिकी निर्यात नियन्त्रण छल्न सघाएको आशङ्का गरिएको छ । कम्पनीकी पूर्वनिर्देशक एलिस हुआङलाई अमेरिकी सञ्चारमाध्यमले कथित ...

विश्वखबर
कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ : अध्यक्ष दाहाल
Latest NewsJust now

कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ : अध्यक्ष दाहाल

काठमाडौँ, कात्तिक २९ गते । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्ने बताउनुभएको छ ।पत्रकार कृष्ण अधिकारीद्वारा लिखित ‘कर्मवाद, च... ...

गोरखापत्र
एनपीएलमा पोखराको दोहोरो कीर्तिमान
Latest NewsJust now

एनपीएलमा पोखराको दोहोरो कीर्तिमान

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) इतिहासमा आइतबार एकै खेलमा सर्वाधिक रनको आँकडा र सर्वाधिक ठुलो साझेदारीको कीर्तिमान तोडिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमान्डु गोर्खाजविरुद्धको खेलमा पोखरा एभेन्जर्सले... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play