Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

एनपीएलमा नेपाली खेलाडीको प्रभावशाली प्रदर्शन, ब्याटिङ र बलिङ दुवैतर्फ अब्बल

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपीएलमा नेपाली खेलाडीको प्रभावशाली प्रदर्शन, ब्याटिङ र बलिङ दुवैतर्फ अब्बल
Photo / Coverage: पर्दाफास

काठमाडौँमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियोगिताको सुरुआती चरणमा नेपाली खेलाडीले ब्याटिङ र बलिङ दुवैतर्फ प्रभावशाली प्रदर्शन गरेका छन् । प्रतियोगिताका १३ खेल सम्पन्न हुँदा नेपाली खेलाडीले विदेशी खेलाडीसँग प्रतिस्पर्धा गर्दै व्यक्तिगत प्रदर्शनमा आफूलाई अब्बल साबित गरिरहेका छन् । यसअघिका संस्करणमा सुरुआती चरणदेखि विदेशी खेलाडीको प्रदर्शनले बढी चर्चा पाउने गरेकामा यसपटक नेपाली खेलाडीले पनि ब्याटिङ र बलिङमा निरन्तर प्रभाव छाडेका छन् । विशेषगरी युवा खेलाडीको प्रदर्शनले प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक बनाएको छ । ब्याटिङतर्फ विराटनगर किङ्सका नेपाली ब्याटर लोकेश बम सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा शीर्ष स्थानमा छन् । उनले चार खेलमा १६२.०६ को स्ट्राइक रेटमा १८८ रन बनाइसकेका छन् । यसक्रममा उनले दुई अर्धशतक प्रहार गरेका छन् । विराटनगरको लगातार दुई जितमा लोकेशको ब्याटिङ महत्त्वपूर्ण बनेको थियो । आक्रामक ब्याटिङ गरिरहेका उनले छोटो समयमै ठूलो स्कोर बनाउन सक्ने क्षमता देखाएका छन् । सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा दोस्रो स्थानमा विराटनगरकै वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल छन् । उनले चार खेलमा एक अर्धशतकसहित १४१ रन बनाएका छन् । अन्तरराष्ट्रिय क्रिकेटमा स्थापित रसेलसँगै नेपाली ब्याटरले सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा अग्रता लिनु घरेलु क्रिकेटका लागि सकारात्मक पक्ष हो । लोकेशबाहेक नेपाली युवा ब्याटर पवन सर्राफ र इमरान शेखले पनि राम्रो प्रदर्शन गरिरहेका छन् । पवनले १०३ र इमरानले १०० रन बनाइसकेका छन् । नेपाली ब्याटरले व्यक्तिगत प्रदर्शनमा सुधार गर्दै टोलीको जितमा समेत योगदान पुर्‍याउन थालेका छन् । विराटनगर किङ्सका निर्देशक दीपेन्द्र चौधरीले एनपिएलमा नेपाली खेलाडीले देखाएको प्रदर्शन नेपाली क्रिकेटका लागि सुखद रहेको बताए । प्रतियोगिताको सुरुआती चरणमै घरेलु खेलाडीले विदेशी खेलाडीसँग प्रतिस्पर्धा गर्दै आफ्नो क्षमता देखाउनु सकारात्मक सङ्केत भएको उनको भनाइ छ । ‘जारी एनपिएलको सुरुआती चरणमा नेपाली खेलाडीबाट राम्रो प्रदर्शन देखिएको छ । प्लेयर अफ द म्याच अवार्ड जित्ने खेलाडीको सूचीमा पनि घरेलु खेलाडी अगाडि देखिएका छन् । यो नेपाली क्रिकेटका लागि राम्रो सङ्केत हो’, पूर्वराष्ट्रिय क्रिकेट खेलाडीसमेत रहेका चौधरीले भने । ब्याटिङमा मात्र नभई बलिङतर्फ पनि नेपाली खेलाडीको प्रदर्शन उल्लेखनीय छ । सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा कर्णाली याक्सका कप्तान सोमपाल कामी शीर्ष स्थानमा छन् । उनले तीन खेलमा ८.२० को इकोनोमी रेटमा सात विकेट लिएका छन् । सोमपालले प्रभावकारी बलिङ गर्दै विपक्षी ब्याटरलाई दबाबमा राखेका छन् । कप्तानीसँगै बलिङ र ब्याटिङ दुवैतर्फ जिम्मेवारीपूर्ण प्रदर्शन गरिरहेका उनको लय कर्णालीका लागि महत्त्वपूर्ण बनेको छ । सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा इङ्ग्यान्डका मोइन अली र श्रीलङ्काका एन्जेलो म्याथ्युज पनि छन् । उनीहरू दुवैले समान चार खेलमा सात–सात विकेट लिएका छन् । यस्तै, सुदूरपश्चिम रोयल्सका युवा स्पिनर अनिल खरेलले पनि प्रभावशाली बलिङ गरिरहेका छन् । उनले चार खेलमा ६.१२ को इकोनोमी रेटमा छ विकेट लिएका छन् । विपक्षी ब्याटरलाई खुलेर रन बनाउन नदिने उनको क्षमताले सुदूरपश्चिमको बलिङलाई थप मजबुत बनाएको छ । जनकपुर बोल्ट्सबाट पहिलोपटक एनपिएल खेलिरहेका १६ वर्षीय तीव्र गतिका बलर राहुल यादव पनि यस संस्करणका आकर्षण बनेका छन् । उनले चार खेलमा सातको इकोनोमी रेटमा छ विकेट लिएका छन् । जनकपुरको दुई जितमा राहुलको योगदान महत्त्वपूर्ण रहेको छ । कम उमेरमै ठूलो प्रतियोगितामा अवसर पाएका राहुलले आफ्नो बलिङ क्षमतामार्फत समर्थकको ध्यान खिचेका छन् । उनी यस संस्करणमा ‘प्लेयर अफ द म्याच’ समेत घोषित भइसकेका छन् । अनुभवी विदेशी तथा राष्ट्रिय टोलीका खेलाडीसँगै मैदानमा उत्रिएर आत्मविश्वासपूर्ण प्रदर्शन गरेका राहुल नेपाली क्रिकेटको भविष्यका लागि सकारात्मक सम्भावना भएको जनकपुरमा आबद्ध इङ्ग्ल्यान्डका अलराउन्डर मोइन अलीले बताए । उनले राहुललाई ‘नेपाली मलिङ्गा’ को उपमासमेत दिएका छन् । विराटनगर किङ्सका निर्देशक चौधरीका अनुसार एनपिएलले नेपाली खेलाडीलाई अन्तरराष्ट्रियस्तरका खेलाडीसँग एउटै प्रतियोगितामा खेल्ने र आफ्नो क्षमता परीक्षण गर्ने अवसर दिएको छ । नेपाली खेलाडीले देखाएको निरन्तरता र आत्मविश्वासले घरेलु क्रिकेटको स्तरमा सुधार भइरहेको सङ्केत गरेको उनको भनाइ छ । ‘विगतका संस्करणमा सुरुआतदेखि नै विदेशी खेलाडीले प्रभाव जमाउँदै आएका थिए । तर, यसपालि नेपाली खेलाडीबाट पनि निरन्तर उत्कृष्ट प्रदर्शन देखिएको छ’, उनले भने । नेपाल क्रिकेट सङ्घ (क्यान)का पूर्वछनोट समिति संयोजकसमेत रहेका चौधरीले प्रतियोगिताभर नेपाली खेलाडीको प्रदर्शन यही लयमा कायम रहने विश्वास व्यक्त गरे । पूरा सिजनमा घरेलु खेलाडीले अझ राम्रो प्रदर्शन गर्दै टोलीको नतिजामा निर्णायक भूमिका खेल्न सक्ने उनको भनाइ छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
भोटेकोशी बाढीका बेपत्ताका परिवारमा अझै अन्योल, सास र लासको आशा पनि मर्दै
OthersJust now

भोटेकोशी बाढीका बेपत्ताका परिवारमा अझै अन्योल, सास र लासको आशा पनि मर्दै

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा आफन्त गुमाएका बाँकेका परिवारले बेपत्ताको सास वा लास भेटिने आशा क्रमशः मार्दै गएका छन् । बाढीमा आफन्त बेपत्ता भएको ७० दिन बितिसक्दा पनि कुनै खबर नआएपछि उनीहरू अन्योल र पीडामा छन् । गत भदौ १० गते भोटेकोशीमा आएको बाढीले बगाएर बेपत्ता पारेका आफन्तको अवस्था अझै अज्ञात रहेको नेपालगञ्ज उपमहानगरपालिका–२० थपुवाका अनलाल रोकायले बताए । उनका दाजु, ...

पर्दाफास
अमेरिकी डेमोक्रेट सांसदले ट्रम्पमाथि महाअभियोग लगाउलान् ?
OthersJust now

अमेरिकी डेमोक्रेट सांसदले ट्रम्पमाथि महाअभियोग लगाउलान् ?

१९ कात्तिक, काठमाडौं । मध्यावधि निर्वाचनमा अमेरिकी कंग्रेस (संसद) का दुवै सदनमा बहुमत हासिल गरेपछि डेमोक्रेटिक पार्टीलाई राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि राजनीतिक दबाब बढाउने अवसर प्राप्त भएको छ । तर, कंग्रेसमा बहुमत हुँदैमा ट्रम्पलाई राष्ट्रपतिको पदबाट हटाउन भने सहज छैन । नोभेम्बर ३ मा सम्पन्न मध्यावधि निर्वाचनमा प्रतिनिधि सभा र सिनेट दुवैमा जित हासिल गरेपछि डेमोक्रेटिक… ...

अनलाइन खबर
नवलपुरस्थित लोकाहा खोलाको पुरानो पुल सञ्चालनमा आउन करिब दुई साता लाग्ने
OthersJust now

नवलपुरस्थित लोकाहा खोलाको पुरानो पुल सञ्चालनमा आउन करिब दुई साता लाग्ने

१९ कात्तिक, चितवन । पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासी (नवलपुर) स्थित लोकाहा खोलाको पुरानो ट्रस ब्रिज सञ्चालनमा आउन अझै करिब दुई साता लाग्ने भएको छ । पुलको स्ल्याबमा समस्या देखिएपछि हाल मर्मत कार्य भइरहेको छ । मर्मत कार्य सम्पन्न गर्न करिब दुई साता लाग्ने अनुमान गरिएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । पुल मर्मत अवधिभर… ...

अनलाइन खबर
एकैदिन तोलामा १३ हजार ३ सय रुपैयाँ बढ्यो सुन
OthersJust now

एकैदिन तोलामा १३ हजार ३ सय रुपैयाँ बढ्यो सुन

१९ कात्तिक, काठमाडौं । बिहीबार एकैदिन सुनको मूल्य तोलामा १३ हजार ३ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ७५ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा मूल्य उच्च… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play