Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

एनपिएलमा ‘होम एन्ड अवे’ प्रणाली लागू गर्ने प्रधानमन्त्रीको घोषणाले मोफसलका क्लब सञ्चालक उत्साहित

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपिएलमा ‘होम एन्ड अवे’ प्रणाली लागू गर्ने प्रधानमन्त्रीको घोषणाले मोफसलका क्लब सञ्चालक उत्साहित
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको फाइनल खेल सकिँदै गर्दा प्रधानमन्त्री बालेन शाहले ‘होम एन्ड अवे’ प्रणाली लागू गर्ने घोषणा गरेका छन्। उनको घोषणाले मोफसलका क्लब सञ्चालक उत्साहित भएका छन्। प्रधानमन्त्री शाहले एनपिएलको छैटौँ संस्करणदेखि ‘होम एन्ड अवे’ प्रणालीमा प्रतियोगिता सञ्चालन गर्ने बताएका छन्। त्यसका लागि आठवटै क्लबका आफ्नै फ्लडलाइट सहितका क्रिकेट रंगशाला नेपाल सरकारले निर्माण गर्ने उनको भनाइ छ। क्रिकेट क्लबका सञ्चालकले प्रधानमन्त्रीको घोषणाको स्वागत गरेका छन्। कर्णाली एक्सका अध्यक्ष गृहेन्द्र घिमिरेले आफ्नै घरेलु मैदानमा आफ्नै माटो र समर्थकको साथमा खेल्ने कर्णालीवासीको वर्षौंदेखिको सपना पूरा हुने दिशामा अघि बढेको बताए। सरकारको यो पहलले कर्णालीको खेलकुद, पूर्वाधार विकास, स्थानीय प्रतिभाको पहिचान र खेल पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने उनको विश्वास छ। कर्णालीमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण गर्ने र नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याउने अभियानमा नेपाल सरकार, प्रदेश सरकार, नेपाल क्रिकेट संघ (क्यान) र अन्य सरोकारवाला निकायसँग सहकार्य गर्न क्लब तयार रहेको उनले बताए। यस्तै, चितवन राइनोजका अध्यक्ष आयुष न्यौपानेले पनि एनपिएलको छैटौं संस्करणदेखि ‘होम एन्ड अवे’ प्रणाली लागू गर्ने र क्लबका लागि घरेलु मैदान विकास गर्ने प्रधानमन्त्रीको घोषणाको स्वागत गरे। ‘आफ्नै सहरमा आफ्नै मैदानमा खेल्ने कुरा केवल खेलसम्म सीमित होइन। यो कर्णालीदेखि चितवनसम्मका समर्थकलाई नजिकैबाट आफ्नो टिमको उत्साह बाँड्ने, स्थानीय अर्थतन्त्र चलायमान बनाउने र खेल पूर्वाधार आधुनिक बनाउने अवसर हो,’ उनले भने। यो पहलले स्थानीय युवा प्रतिभालाई प्रेरणा दिने, प्रशिक्षण सहज बनाउने र प्रदेशभर खेलकुदको माहोल बढाउने न्यौपानेको विश्वास छ। यस अभियानलाई सफल बनाउन नेपाल सरकार, प्रदेश सरकार, भरतपुर महानगरपालिका, क्यान र सबै सरोकारवाला निकायसँग सहकार्य गर्न चितवन राइनोज तयार रहेको उनले बताए। भरतपुर महानगरपालिकाले निर्माण गरिरहेको अन्तर्राष्ट्रियस्तरको गौतमबुद्ध क्रिकेट रंगशालाको निर्माण अन्तिम चरणमा पुगेको उल्लेख गर्दै उनले छिट्टै फ्लडलाइट जडान हुने विश्वास व्यक्त गरे। प्रधानमन्त्री शाहले आठवटै क्लबका लागि छुट्टाछुट्टै घरेलु मैदान हुने बताएका छन्। चितवन राइनोजले गौतमबुद्ध क्रिकेट रङ्गशाला, कर्णाली एक्सले सुर्खेत क्रिकेट रङ्गशाला, विराटनगर किङ्सले वैजनाथपुर क्रिकेट रङ्गशाला, लुम्बिनी लायन्सले सिद्धार्थ क्रिकेट रङ्गशाला र सुदूरपश्चिम रोयल्सले फाप्ला क्रिकेट रङ्गशालामा खेल्नेछन्। त्यस्तै, काठमाडौं गुर्खाजका लागि कीर्तिपुर क्रिकेट रङ्गशाला, पोखरा एभेन्चर्सका लागि पोखरा क्रिकेट रङ्गशाला र जनकपुर बोल्ट्सका लागि रामजानकी क्रिकेट रङ्गशाला तोकिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
कात्तिकमा हेटौँडा सहिद स्मारकमा ३६ हजारभन्दा बढी पर्यटक
Latest NewsJust now

कात्तिकमा हेटौँडा सहिद स्मारकमा ३६ हजारभन्दा बढी पर्यटक

हेटौँडा। बागमती प्रदेशको राजधानी हेटौँडास्थित सहिद स्मारकमा गत कात्तिक महिनामा ३६ हजार ७४० जनाले भ्रमण गरेका छन्। स्मारक कार्यालयका लेखा अधिकृत आशिष बिडारीका अनुसार उक्त अवधिमा प्रवेश शुल्कलगायतबाट २२ लाख २९ हजार ६५० रुपैयाँ आम्दानी भएको छ। स्मारक क्षेत्रमा अवलोकन भ्रमण, वनभोज र चलचित्र छायांकनलगायतका लागि शुल्क निर्धारण गरिएको छ। यहाँबाट प्राप्त आम्दानी कर्मचारी व्यवस्थापन र पूर्वाधार विकासलगायतका काममा खर्च गरिने ...

नेपालन्युज
‘कबड्डी ५’ को कमाइ १३ करोड, ‘बाटुलो जून’ को आठ करोड
Latest NewsJust now

‘कबड्डी ५’ को कमाइ १३ करोड, ‘बाटुलो जून’ को आठ करोड

• चलचित्र विकास बोर्डले नेपाली चलचित्रको एक साताको बक्स अफिस रिपोर्ट सार्वजनिक गरेको छ, जसमा 'कबड्डी ५: आफ्टर द फाइनल म्याच'ले १३ करोड २६ हजार ९ सय ६७ रुपैयाँ ग्रस कमाइ गरेको छ। • 'पेन्सन पट्टा'ले १० करोड ३६ लाख ८३ हजार ३८ रुपैयाँ र 'बाटुलो जून'ले ८ करोड ३५ लाख ३७ हजार ९१७ रुपैयाँको व्यापार गरेको छ। • 'आ ...

नेपालबहस
पशुपतिनाथको चन्दनदेखि गंगाजलसम्म, बालेन–मोदीबीच उपहार आदानप्रदान
Latest NewsJust now

पशुपतिनाथको चन्दनदेखि गंगाजलसम्म, बालेन–मोदीबीच उपहार आदानप्रदान

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पशुपतिनाथ मन्दिरको प्रसादसहितको उपहार दिएका छन् । सोमबार नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री शाहले मोदीलाई रुद्राक्ष, शालिग्राम र पशुपतिनाथ मन्दिरको चन्दन राखिएको उपहार सेट दिएका हुन् । कलात्मक काठको बट्टामा राखेर दिइएको उक्त उपहार व्यक्तिगत रहेको प्रधानमन्त्रीको सचिवालयले […] ...

लोकपथ
दयाहाङका दुई फिल्मको बक्स अफिसमा टक्कर ?
Latest NewsJust now

दयाहाङका दुई फिल्मको बक्स अफिसमा टक्कर ?

काठमाडौँ । अभिनेता दयाहाङ राईका दुई फिल्म ‘पेन्सन पट्टा’ र ‘कबड्डी ५’ यतिबेला बक्स अफिसमा प्रदर्शनरत छन् । बक्स अफिसमा राम्रो व्यवसाय गर्दै यी दुवै फिल्मले आम्दानीको हिसाबले एक अर्कालाई... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement