Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

एनआरएनएलाई सेवामुखी संस्था बनाउनुपर्नेमा जोड

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनआरएनएलाई सेवामुखी संस्था बनाउनुपर्नेमा जोड
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई सदस्यकेन्द्रित, सेवामुखी, पारदर्शी तथा जवाफदेही संस्था बनाउन राष्ट्रिय समन्वय परिषद् (एनसिसी) का पदाधिकारीहरूले सुझाव दिएका छन् । काठमाडौंस्थित संघको सचिवालयमा अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) र विभिन्न देशका एनसिसी पदाधिकारीहरूबीच आयोजित अन्तरक्रिया तथा छलफल कार्यक्रममा संस्थाको भावी कार्यदिशा, संस्थागत सुदृढीकरण, सदस्य सेवा, वैदेशिक रोजगारीमा रहेका नेपालीका समस्या तथा आइसिसी र एनसिसीबीचको समन्वयलगायतका विषयमा छलफल भएको थियो । सो अवसरमा एनआरएनएलाई पद तथा निर्वाचनकेन्द्रित नभई सदस्यको आवश्यकता र समस्यालाई प्राथमिकता दिने सेवामुखी संस्था बनाउनुपर्नेमा जोड दिइएको थियो । विदेशमा नेपालीको मृत्यु हुँदा परिवारलाई सहयोग गर्ने, शव स्वदेश फिर्ता गर्ने तथा आपत्कालीन अवस्थामा राहत र सहायता उपलब्ध गराउने प्रभावकारी संयन्त्र विकास गर्नुपर्ने विषय पनि उठाइएको थियो । त्यसैगरी, आइसिसी र एनसिसीबीच नियमित संवाद, प्रभावकारी सूचना आदानप्रदान र स्पष्ट जिम्मेवारी बाँडफाँट आवश्यक रहेको सहभागीहरूले बताएका थिए । विशेषगरी अफ्रिकालगायत विभिन्न क्षेत्रमा रहेका एनसिसीलाई संघका गतिविधि तथा निर्णय प्रक्रियासँग जोड्नुपर्ने र स्थानीय नेपाली समुदायका समस्या समाधानमा क्षेत्रीय संयोजकमार्फत् समन्वय विस्तार गर्नुपर्ने सुझाव दिइएको थियो । वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्यालाई पनि छलफलको महत्त्वपूर्ण विषय बनाइएको थियो । श्रमिकले भोग्ने पारिश्रमिकसम्बन्धी समस्या, कार्यस्थलमा हुने हिंसा तथा दुर्व्यवहार, दुर्घटना, मृत्यु र शव स्वदेश फिर्तासम्बन्धी कठिनाइ समाधान गर्न आइसिसीले परराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय तथा नेपाली दूतावाससँग समन्वय र पहल गर्नुपर्नेमा जोड दिइएको थियो । एनसिसीहरूको संस्थागत क्षमता अभिवृद्धि, नेतृत्व विकास तथा आर्थिक व्यवस्थापनलाई व्यवस्थित बनाउनुपर्ने सुझाव पनि सहभागीहरूले दिएका थिए । एनसिसीका पदाधिकारीका लागि व्यवहारमुखी तालिम सञ्चालन गर्ने, अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) लगायतका संस्थासँगको सहकार्य विस्तार गर्ने तथा वार्षिक कार्ययोजना, बजेट, खर्च विवरण र लेखापरीक्षण प्रतिवेदन नियमितरूपमा आइसिसीमा पठाउने प्रणालीलाई प्रभावकारी बनाउनुपर्ने धारणा राखिएको थियो । संघको विधान संशोधनका क्रममा सदस्यको अधिकार र सुरक्षा, एनसिसीको संरचना, दोस्रो पुस्ताका नेपालीको प्रतिनिधित्व तथा श्रमिक, महिला, स्वास्थ्य र समुदायका सरोकारलाई समेट्नुपर्ने सुझाव दिइएको थियो । साथै, संघका बैठक तथा अन्तर्राष्ट्रिय सम्मेलनमा महिला र युवा प्रतिनिधिहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्ने र उनीहरूका विषयमा पर्याप्त छलफलको अवसर उपलब्ध गराउनुपर्नेमा जोड दिइएको थियो । एनआरएनए नेपाल डेभलपमेन्ट फण्डमार्फत् विदेशमा रहेका नेपालीको पुँजी नेपालमा परिचालन गर्न विभिन्न देशमा लगानीसम्बन्धी जानकारीमूलक कार्यक्रम तथा रोड शो सञ्चालन गर्नुपर्ने र सदस्यहरूलाई लगानीका अवसरबारे जानकारी गराउनुपर्ने सुझाव दिइएको थियो । त्यस्तै, एनआरएनएले विगतदेखि गैरआवासीय नेपालीको हकहित संरक्षण, श्रमिक अधिकार, सामाजिक सुरक्षा, नीतिगत तथा कानुनी सुधार, भूकम्पपछिको पुनर्निर्माण र सामूहिक लगानीका क्षेत्रमा गरेका योगदान तथा उपलब्धिबारे सदस्यहरूलाई जानकारी गराउनुपर्ने विषय उठाइएको थियो । आगामी ग्लोबल हेल्थ कन्फरेन्स, ग्लोबल नलेज कन्भेन्सन, ग्लोबल वुमन कन्फरेन्स तथा दोस्रो पुस्ताका नेपाली युवासम्बन्धी सम्मेलनमा एनसिसीहरूको सक्रिय सहभागिताका लागि आग्रह गरिएको थियो । एनआरएनए सचिवालयका अनुसार छलफलले एनआरएनएलाई सदस्यको विश्वास जित्ने, प्रवासी नेपालीका समस्या समाधानमा प्रभावकारी भूमिका खेल्ने तथा संस्थागतरूपमा पारदर्शी र उत्तरदायी बनाउने दिशामा आइसिसी र एनसिसीबीच सहकार्य र साझा प्रतिबद्धता आवश्यक रहेको निष्कर्ष निकालेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
१३ अर्बका ६२ ठेक्का तोडिए
Latest NewsJust now

१३ अर्बका ६२ ठेक्का तोडिए

काठमाडौँ, कात्तिक १७ गते । मुलुकको सार्वजनिक निर्माण क्षेत्रमा ठेक्का ओगटेर बर्सौंसम्म काम नगर्ने र आयोजना अलपत्र पार्ने निर्माण व्यवसायीमाथि सरकारले कडा कदम चालेको छ । पूर्वाधार व... ...

गोरखापत्र
काठमाडौँमा यी क्षेत्रमा जाँदैछ आज बिजुली
Latest NewsJust now

काठमाडौँमा यी क्षेत्रमा जाँदैछ आज बिजुली

आज काठमाडौँका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द रहने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।  सूचना प्रकाशित गर्दै प्राधिकरणले १७ गते बिहान ५ बजेदेखि ८ बजेसम्म चाबहिल सबस्टेसनको ६६ केभी बस आइसोलेटर मर्मतसम्भार गर्नुपर्ने भएकाले उक्त सबस्टेसनबाट विद्युत् वितरण हुने चाबहिल, पशुपति, गौशाला, मित्रपार्क, जयबागेश्वरी लगायतका आसपासका सम्पूर्ण क्षेत्रहरूमा विद्युत् आपूर्ति बन्... ...

नेपालखबर
फूलखेतीमा रमाउँदै कृषक, तिहारमा बजारको आश
Latest NewsJust now

फूलखेतीमा रमाउँदै कृषक, तिहारमा बजारको आश

कास्की । पोखरा महानगरपालिका–१३ का कृषक शुक्रराज तिमिल्सिनाले यस वर्ष तिहारलाई लक्षित गरी दुई रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती गरेका छन् । गणेश कृषि फार्मका सञ्चालक तिमिल्सिनाले पशुपालन र तरकारी खेतीसँगै तीन... ...

रातोपाटी
काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’, १ सातामा ६४० जना पक्राउ
Latest NewsJust now

काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’, १ सातामा ६४० जना पक्राउ

काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्तिसुरक्षा सुदृढ बनाउने उद्देश्यले प्रहरीले सञ्चालन गरेको विशेष ‘स्वीप अपरेसन’ का क्रममा एक सातामा ६४० जना पक्राउ परेका छन्।  पक्राउपर्नेमा विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका ८२ जना कसुरदार रहेका छन्।  जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार कात्तिक ९ गतेदेखि १६ गतेसम्म काठमाड... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play