Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

एक मिनेटको भिडियो बनाएर ५० हजार जित्ने मौका, यस्तो छ प्रक्रिया

Share:WhatsAppFacebookX (Twitter)Telegram
एक मिनेटको भिडियो बनाएर ५० हजार जित्ने मौका, यस्तो छ प्रक्रिया
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । जलवायु परिवर्तनविरुद्ध जनचेतना फैलाउने उद्देश्यले काठमाडौं महानगरपालिकाले स्कुले विद्यार्थीका लागि विशेष श्रव्यदृश्य प्रतियोगिता आयोजना गर्ने भएको छ। ‘जलवायुका लागि बालबालिका’ नाम दिइएको प्रतियोगितामा सहभागी भएर विद्यार्थीले एक मिनेटसम्मको भिडियो बनाएर ५० हजार रुपैयाँसम्म नगद पुरस्कार जित्न सक्नेछन्। प्रतियोगितामा कक्षा ६ देखि १२ सम्म अध्ययनरत विद्यार्थी सहभागी हुन पाउनेछन्। काठमाडौं महानगरपालिकामा स्थायी बसोबास गर्ने परिवारका बालबालिकाका साथै महानगर क्षेत्रभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीले पनि प्रतिस्पर्धामा भाग लिन सक्ने व्यवस्था गरिएको छ। प्रतियोगितामा सहभागी हुन इच्छुक विद्यार्थीले अधिकतम एक मिनेट अवधिको श्रव्यदृश्य सामग्री तयार पार्नुपर्नेछ। जलवायु परिवर्तन, यसले वातावरण तथा जनजीवनमा पार्ने असर र त्यसको न्यूनीकरणका लागि व्यक्तिगत तथा सामुदायिकस्तरमा गर्न सकिने प्रयासलाई सिर्जनामार्फत प्रस्तुत गर्न सकिनेछ। महानगरपालिकाले प्रतियोगिताका विजेताका लागि नगद पुरस्कारसमेत निर्धारण गरेको छ। प्रतियोगितामा प्रथम हुनेले ५० हजार रुपैयाँ, दोस्रो हुनेले ३० हजार रुपैयाँ र तेस्रो हुनेले २० हजार रुपैयाँ प्राप्त गर्नेछन्। त्यस्तै, थप सात जना प्रतियोगीलाई जनही १० हजार रुपैयाँका दरले सान्त्वना पुरस्कार प्रदान गरिनेछ। यो प्रतियोगिता ‘काठमाडौं जलवायु कार्य सप्ताह २०८३’ अन्तर्गत सञ्चालन हुन लागेको हो। महानगरपालिकाले विभिन्न साझेदार संस्थासँगको सहकार्यमा मंसिर ७ देखि १३ गतेसम्म जलवायु कार्य सप्ताह आयोजना गर्दैछ। सप्ताहभर हरेक दिन फरक–फरक कार्यक्रम सञ्चालन गरिने महानगरपालिकाले जनाएको छ। विश्वव्यापी जलवायु परिवर्तनले निम्त्याइरहेका असर न्यूनीकरण गर्न समुदायस्तरबाट गर्न सकिने प्रयासलाई प्रोत्साहन गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको छ। साथै जलवायु परिवर्तनबाट हुने क्षति कम गर्न व्यक्ति तथा समुदायमा जिम्मेवारीबोध बढाउने लक्ष्य पनि राखिएको छ। प्रतियोगितामा सहभागी हुन इच्छुक विद्यार्थीले महानगरपालिकाले सार्वजनिक गरेको सूचनामा रहेको क्युआर कोड स्क्यान गरी थप जानकारी लिन र नाम दर्ता गराउन सक्नेछन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मधेसका मुख्यमन्त्री यादवले विश्वासको मत लिनुअघि नै दिए राजीनामा
Latest NewsJust now

मधेसका मुख्यमन्त्री यादवले विश्वासको मत लिनुअघि नै दिए राजीनामा

नले राजीनामा घोषणा गरेपछि सभामुख रामआशिष यादवले विश्वासको मत लिन तोकिएको कार्यसूची स्थगित भएको जानकारी गराए । ...

हाम्राकुरा
चीनसँगको सीमामा भारतको सैन्य क्षमतामा ठुलो सुधार भएको छ : जयशंकर
Latest NewsJust now

चीनसँगको सीमामा भारतको सैन्य क्षमतामा ठुलो सुधार भएको छ : जयशंकर

भारतका विदेशमन्त्री एस. जयशंकरले चीनसँगको भारतीय सीमा 'एक हिसाबले पहिलेभन्दा बढी सक्रिय' भएको बताएका छन्।  उनले सीमामा भारतको सैन्य क्षमतामा उल्लेखनीय सुधार भएको दाबी गरे।  नयाँ दिल्लीमा २४औँ हिन्दुस्तान टाइम्स लिडरसिप समिटमा बोल्दै जयशंकरले गलवान उपत्यकाको कुरा झिके।  उनले भने, ‘सीमामा आफ्नो स्थिति कायम राख्ने र त्... ...

नेपालखबर
हिउँदमा किन बढ्छ चाया ?
Latest NewsJust now

हिउँदमा किन बढ्छ चाया ?

टाउकोको छाला सुक्खा हुँदा वा पत्र निस्कँदा चाया पर्ने गर्छ। फङ्गसको सङ्क्रमण र कपाल धुने तरिका जस्ता विभिन्न कारणले यो समस्या निम्तिन सक्छ। चाया हटाउने विशेष स्याम्पुको प्रयोगले टाउकोमा जमेको पत्र... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play