झापा । झापाको मेचीनगर नगरपालिका–१ स्थित भालुखोपको जंगलमा लुकाइछिपाइ राखिएको अवस्थामा १९ हजार ४०० केजी फर्सीको बियाँ बरामद भएको छ । सशस्त्र प्रहरी बल नेपाल नं २ गण झापाबाट खटिएको टोलीले शनिबार दिउँसो बेवारिसे अवस्थामा रहेको ४८५ बोरा फर्सीको बियाँ बरामद गरेको हो । गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक सचिन कर्माचार्यका अनुसार बरामद बियाँको अनुमानित मूल्य एक करोड १६ लाख ४० हजार रहेको छ । बरामद बियाँ आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाउने प्रक्रिया भइरहेको उनले जानकारी दिए । पछिल्लो समय झापाका सीमावर्ती क्षेत्रबाट विभिन्न कृषि उपज तथा अन्य सामग्री अवैध रूपमा भारततर्फ निकासी हुने गरेको पाइएको छ । सोही क्रममा जंगल क्षेत्रमा लुकाएर राखिएको फर्सीको बियाँ बरामद भएको हो । रासस
एक करोडभन्दा बढी मूल्यको फर्सीको बियाँ बरामद

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु





