एजेन्सी । बलिउड फिल्म निर्माता करण जोहरको चर्चित टक शो ‘कफी विथ करण’ को नवौं सिजनमा अभिनेत्री अनन्या पाण्डे र उद्यमी अनन्या बिड्ला एकसाथ देखिने हुनुभएको छ । करणले शनिबार सार्वजनिक गरेको प्रोमोमा दुवै अनन्या एकअर्कासँग रमाइलो गर्दै विभिन्न रहस्य खोलिरहेको देखिन्छ । कार्यक्रममा अनन्या पाण्डेले अभिनेता आदित्य रोय कपुरलाई फोन गर्ने प्रयास गर्दा कार्तिक आर्यनले फोन उठाएपछि माहोल थप रमाइलो बनेको देखिन्छ । यसैक्रममा अनन्या बिड्लाले पाण्डेले आफ्ना पूर्वप्रेमीलाई पालैपालो फोन गरिरहेको भन्दै ठट्टा गर्नुभएको छ । कार्यक्रममा शनाया कपुरको उपस्थिति पनि रहनेछ । एक चुनौतीका क्रममा शनाया र अनन्या पाण्डेले अभिनेता रणवीर सिंह आफ्नो मनपर्ने कलाकार भएको बताउनुभएको छ । यस्तै, अनन्या बिड्लाले आफूले साथमा पैसा राख्ने बानी नभएको खुलासा गर्नुभएको छ । उहाँ आदित्य बिड्ला समूहका अध्यक्ष कुमार मंगलम बिड्लाकी छोरी हुनुहुन्छ । व्यवसायसँगै संगीत क्षेत्रमा पनि सक्रिय उहाँले उद्यमीका रूपमा छुट्टै पहिचान बनाउनुभएको छ । यसअघि अनन्या पाण्डेको नाम अभिनेता ईशान खट्टर, आदित्य रोय कपुर र कार्तिक आर्यनसँग जोडिएको थियो । हाल उहाँ पूर्वमोडल वाकर ब्लान्कोसँग प्रेम सम्बन्धमा रहेको चर्चा छ । कार्यक्रमको उक्त भाग आज (बुधबार) साँझ ७ बजे जियोहटस्टारको ‘द पिकक हब’ मा प्रसारण हुने जनाइएको छ ।
एकसाथ देखिँदै अनन्या पाण्डे र अनन्या बिड्ला

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






