Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

एउटा क्यानले बदल्यो भाग्य, म्याक्स टाइगरबाट प्रदीप लामाले जिते प्रोटोन कार

Share:WhatsAppFacebookX (Twitter)Telegram
एउटा क्यानले बदल्यो भाग्य, म्याक्स टाइगरबाट प्रदीप लामाले जिते प्रोटोन कार
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । एउटा क्यान, अनि भाग्य चम्काउने अवसर १ म्याक्स टाइगर इनर्जी ड्रिंकको ‘दशैं धमाका २०२६’ अभियानले उपभोक्तालाई आकर्षक पुरस्कार जित्ने अवसरसँगै नयाँ उत्साह थपेको छ । यसै अभियानमार्फत नुवाकोटको ककनीका प्रदीप लामाले बम्पर पुरस्कारस्वरूप प्रोटोन कार जितेका छन् । त्यस्तै, देशका विभिन्न स्थानका २८ जना भाग्यशाली उपभोक्ताले मोटरसाइकल र स्कुटर जितेका छन् । कार विजेता प्रदीप लामाका लागि अहिले यो अत्यन्त खुसीको क्षण बनेको छ । “एउटा क्यानबाटै यति ठूलो पुरस्कार जितिएला भन्ने कल्पनासमेत गरेको थिएनँ । कार जितेको खबर सुन्दा सुरुमा त विश्वास नै लागेन । यो मेरो मात्र होइन, मेरो परिवारका लागि पनि निकै खुसीको क्षण हो । म्याक्स टाइगरलाई धेरै धन्यवाद दिन चाहन्छु ।” खुसी हुँदै उनले बताए । म्याक्स टाइगरको हरेक क्यानसँग जोडिएको पुरस्कार जित्ने अवसरले देशभरका उपभोक्तामाझ उत्साह थपेको छ । अभियानअन्तर्गत हालसम्म १६ जनाले मोटरसाइकल र १२ जनाले स्कुटर प्राप्त गरिसकेका छन् । मोटरसाइकल जित्ने भाग्यशाली उपभोक्ताहरूमा विराटनगरका समुद्र पोखरेल, बिर्तामोडका तेजनारायण सिंह, जनकपुरका कुटाल्या कुमार सिंह, बर्दिबासका केशव दाहाल, लालबन्दीका गणेश थापा र लहानका रुपेश महतो रहेका छन् । त्यस्तै, बुटवलका रिधम गुरुङ, दाङका राजेन्द्र शर्मा र लीलाधर भण्डारी, धनगढीका मोहन श्रेष्ठ, काठमाडौंका विनोद ढुंगेल र सुमन कर्माचार्य, बनेपाका राजकुमार तामाङ, धादिङका सञ्जोग रिमाल, काभ्रेका सोमबहादुर दुलाल तथा वीरगञ्जका रमेश बस्नेतले पनि मोटरसाइकल जितेका छन् । स्कुटर जित्ने भाग्यशाली उपभोक्ताहरूमा धरानका अनोजकुमार अधिकारी, भैरहवाका दिनेश यादव, बुटवलका नरबहादुर फौगाद, चितवनका गोकर्ण काप्री, पोखराका नोडराज रेग्मी र अनिशा मिजार रहेका छन् । यसैगरी, सुर्खेतका किशोरजंग शाह र झक्कड थापामगर, नेपालगञ्जका लक्ष्मण केसी, धनगढीका अजयकुमार गुप्ता, हेटौंडाकी सुनिता मगराती तथा सिमराका सुधीरकुमार यादवले पनि स्कुटर जितेका छन् । म्याक्स टाइगरले ‘दशैं धमाका २०२६’ अभियानअन्तर्गत कुल १८ वटा मोटरसाइकल, १८ वटा स्कुटर र एउटा प्रोटोन कार बम्पर पुरस्कारका रूपमा राखेको थियो। तीमध्ये हालसम्म २८ जना उपभोक्ताले मोटरसाइकल तथा स्कुटर जितिसकेका छन् भने अझै आठ जना भाग्यशाली उपभोक्ताका लागि मोटरसाइकल र स्कुटर जित्ने अवसर बाँकी छ । कम्पनीका अनुसार ‘दशैं धमाका २०२६’अभियानले उपभोक्तालाई मनोरञ्जनसँगै आकर्षक पुरस्कार जित्ने अवसर प्रदान गर्दै आएको छ । अझै पनि एउटा क्यानबाटै भाग्य चम्काउने अवसर बाँकी रहेकाले कम्पनीले उपभोक्तालाई अभियानमा सहभागी हुन आग्रह गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सञ्चारमाध्यमको कोष विवादमा चेक गणतन्त्रमा विशाल प्रदर्शन
Latest NewsJust now

सञ्चारमाध्यमको कोष विवादमा चेक गणतन्त्रमा विशाल प्रदर्शन

• चेक गणतन्त्रको प्रागमा तीन लाख ५० हजार मानिसले सार्वजनिक रेडियो र टेलिभिजनको वित्तीय व्यवस्थामा परिवर्तनको विरोधमा प्रदर्शन गरेका छन्। • प्रदर्शनकारीहरूले सरकारले सञ्चारमाध्यमको स्वतन्त्रता कमजोर पार्ने योजनालाई फिर्ता लिन माग गरेका छन् र विपक्षीको बोल्ने समय सीमित गरेर मतदान गरिनुमा पनि विरोध जनाएका छन्। • प्रधानमन्त्री बाबिसले योजनाले सञ्चारमाध्यमको स्वतन्त्रतामा असर नपार्ने दाबी गरेका छन्, तर प्रदर्शनकारीहरूले रुससमर्थक दलका ...

नेपालबहस
भारतका लागि नेपालका राजदूत नियुक्त
Latest NewsJust now

भारतका लागि नेपालका राजदूत नियुक्त

काठमाडौँ । गणतन्त्र भारतका लागि नेपालको आवासीय राजदूतमा डा‍.निश्चलनाथ पाण्डे नियुक्त भएका छन् । राष्ट्रपतिको कार्यालयद्वारा सोमबार जारी विज्ञप्तिअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले पाण्डेलाई राजदूत पदमा नियुक्त गरेका हुन् । नेपालको संविधानको... ...

रातोपाटी
सङ्घीयता बलियो बनाउन दलहरूबीच साझा सहमति आवश्यक : लामिछाने
Latest NewsJust now

सङ्घीयता बलियो बनाउन दलहरूबीच साझा सहमति आवश्यक : लामिछाने

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सङ्घीयतालाई थप बलियो बनाउन राष्ट्रियस्तरमा ब्यापक छलफल र सहमति आवश्यक रहेको बताएका छन् । सो पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले आजदेखि सुरु गर्नुभएको मेची–महाकाली पदयात्राको आज यहाँ शुभारम्भ गर्दै सभापति लामिछानेले सङ्घीय संरचनालाई व्यवस्थित, प्रभावकारी र नागरिकमैत्री बनाउन रास्वपाले राष्ट्रिय बहस अघि बढाउने तयारी गरिरहेको बताए । सङ्घीयताको मर्मअनुसार प्रदेश ...

केन्द्रबिन्दु
आईसीसीको अध्यक्ष पदमा फेरि जय शाह
Latest NewsJust now

आईसीसीको अध्यक्ष पदमा फेरि जय शाह

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले जय शाहलाई दोस्रोपटक अध्यक्ष पदमा नियुक्त गरेको छ। उनी यस पदमा निर्विरोध निर्वाचित भएका हुन्। आईसीसीका अनुसार बालीमा आयोजित बोर्ड र समितिको बैठकमा आईसीसी निर्देशकहरूले गरेको प्रस्तावबमोजिम जय शाहलाई दोस्रो कार्यकालका लागि पनि अध्यक्षमा नियुक्त गरिएको हो।  यो निर्णयले जय शाहको नेतृत्वमा आफ्नो विश्वास झल्का... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play