Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

एआई प्रयोगमा व्यवसायलाई जिम्मेवार बनाउँदै न्युजिल्यान्ड

Share:WhatsAppFacebookX (Twitter)Telegram
एआई प्रयोगमा व्यवसायलाई जिम्मेवार बनाउँदै न्युजिल्यान्ड
Photo / Coverage: केन्द्रबिन्दु

वेलिङ्टन । न्युजिल्यान्डको कमर्स कमिसनले व्यवसायमा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग गर्दा प्रतिस्पर्धा तथा उपभोक्ता संरक्षणसम्बन्धी कानुनी व्यवस्था कसरी लागू हुन्छ भन्ने विषयमा नयाँ निर्देशिका जारी गरेको छ । कमर्स कमिसनकी उपाध्यक्ष एनी क्यालिननले बुधबार जारी गरेको विज्ञप्तिमा एआईले व्यवसाय सञ्चालनको शैलीमा परिवर्तन ल्याए पनि यसले व्यवसायको कानुनी दायित्वमा कुनै परिवर्तन नगर्ने बताएका छन् । उनका अनुसार निर्णय मानिसले गरे पनि, एल्गोरिदम वा एआई प्रणालीमार्फत भए पनि त्यसबाट उत्पन्न परिणामको जिम्मेवारी सम्बन्धित व्यवसायले नै लिनुपर्नेछ । क्यालिननले एआई प्रयोगका कारण व्यवसायको जवाफदेहिता र जिम्मेवारी कम नहुने उल्लेख गर्दै उपभोक्तालाई उपलब्ध गराइने सूचना सही र विश्वसनीय हुनुपर्ने, व्यावसायिक निर्णय कानुनअनुरूप हुनुपर्ने तथा उपभोक्ताप्रति निष्पक्ष व्यवहार सुनिश्चित गर्नुपर्ने बताए । पछिल्लो समय व्यवसायहरूले व्यावसायिक निर्णय प्रक्रिया, उपभोक्तासँगको अन्तरक्रिया, कारोबार सञ्चालन तथा बजार प्रतिस्पर्धामा एआईको प्रयोग बढाउँदै लगेका छन् । नयाँ निर्देशिकाले सन् १९८६ को फेयर ट्रेडिङ एक्ट र कमर्स एक्ट एआई प्रयोग गर्ने व्यवसायमा कसरी लागू हुन्छन् भन्नेबारे स्पष्ट पारेको छ । यसमा सम्भावित कानुनी जोखिम तथा तिनको व्यवस्थापनका व्यावहारिक उपायसमेत समावेश गरिएको छ ।आयोगले एआई प्रविधिलाई मात्र नियमन गर्नु आफ्नो उद्देश्य नभएको स्पष्ट पार्दै यसले उपभोक्ता, प्रतिस्पर्धा र बजारमा पार्ने प्रभावलाई प्राथमिकतामा राखेको जनाएको छ । साथै, व्यवसायका सञ्चालक समिति तथा वरिष्ठ व्यवस्थापन अधिकारीहरूलाई एआईको प्रयोगलाई संस्थागत सुशासनको महत्त्वपूर्ण विषयका रूपमा लिन र यसको प्रयोग तथा प्रभावबारे निरन्तर अनुगमन गर्न आयोगले आग्रह गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
क्षमताभन्दा बढी सिट राखिएका ७ सवारीसाधन कारबाहीमा
Latest NewsJust now

क्षमताभन्दा बढी सिट राखिएका ७ सवारीसाधन कारबाहीमा

मकवानपुरमा सवारी दर्ता किताबमा उल्लेखित क्षमताभन्दा बढी सिट जडान गरी सञ्चालन गरिएका पाँचवटा विद्युतीय (ईभी) गाडीसहित सातवटा सवारीसाधनलाई प्रहरीले कारबाही गरेको छ।  त्यस्तै, प्रदेश सरकारले तोकेको समय र रुट उल्लंघन गर्ने थप २२ वटा ईभी तथा सुमो गाडीमाथि पनि ट्राफिक कारबाही गरिएको छ। बढ्दो सवारी दुर्घटनालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा म... ...

नेपालखबर
साइबर स्क्याम केन्द्रमा ५ सय उजुरी, ठगी भएको ५० प्रतिशत रकम ‘होल्ड’
Latest NewsJust now

साइबर स्क्याम केन्द्रमा ५ सय उजुरी, ठगी भएको ५० प्रतिशत रकम ‘होल्ड’

काठमाडौँ । डिजिटल प्रविधिले जीवन सहज बनाए पनि पछिल्लो समय साइबर ठगी सर्वसाधारणका लागि ठुलो टाउको दुखाइ बनेको छ । बैंक खाता वा वालेटबाट पलभरमै रकम गायब हुने घटना बढ्दै... ...

रातोपाटी
डुसिट प्रिन्सेस काठमाडौंमा केक मिक्सिङ
Latest NewsJust now

डुसिट प्रिन्सेस काठमाडौंमा केक मिक्सिङ

होटलको किबु स्काई लाउन्जमा आयोजित समारोहमा सहभागी अतिथिहरूले आपसी आत्मीयता, खुसी र एकताको भावनासहित चाडपर्वको उल्लास साटासाट गरेको होटलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ...

कान्तिपुर
कुमार बेनविरुद्ध जाहेर परेको पत्र भाइरल, काठमाडौं प्रहरी भन्छ- ‘थाहा छैन हजुर’
Latest NewsJust now

कुमार बेनविरुद्ध जाहेर परेको पत्र भाइरल, काठमाडौं प्रहरी भन्छ- ‘थाहा छैन हजुर’

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार ब्यन्जनकार (कुमार बेन) विरुद्ध कुनै जाहेरी कार्यालयमा नपरेको दाबी गरेको छ । प्रहरी अनुसन्धानमा रहेका विचौलिया इनम सापकोटाको मोबाइल कब्जा गरी विभिन्न गोप्य म्यासेज डिलेट गरेको भन्ने आरोप खेपिरहेका कुमार बेनविरुद्ध भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा उजुरी परेको पत्र बाहिरिएको थियो । तर जिल्ला प्रहरी परिसर […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play