Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

उपभोक्तामाथि हुने ठगी, कालोबजारी नियन्त्रण गर्न अनुगमन तीव्र

Share:WhatsAppFacebookX (Twitter)Telegram
उपभोक्तामाथि हुने ठगी, कालोबजारी नियन्त्रण गर्न अनुगमन तीव्र
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । बजारमा उपभोक्तामाथि हुने ठगी, कालोबजारी, कृत्रिम मूल्यवृद्धि र व्यापारिक बेथिति नियन्त्रण गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनलाई तीव्र बनाएको छ । विभागले पछिल्लो दुई महिना (असोज र कात्तिक) मा मात्रै ८८७ वटा व्यावसायिक फर्मको अनुगमन गरी कैफियत भेटिएका ७४ वटा फर्मलाई कारबाही गरेको छ । विभागका महानिर्देशक रितेश कुमार शाक्यले जिम्मेवारी सम्हालेयता बजार अनुगमनलाई नियमित र परिणाममुखी बनाउने प्रयासस्वरूप टोली परिचालन बढाइएको हो । यस अवधिमा कारबाहीमा परेका फर्महरूबाट २२ लाख ८२ हजार रुपैयाँ जरिवाना असुल गरी राजस्वमा दाखिला गरिएको विभागले जनाएको छ । बजारमा उपभोक्ताको हितविपरीत हुने गतिविधि नियन्त्रण गर्न विभागले दैनिक पाँचदेखि १० वटासम्म अनुगमन टोली परिचालन गर्दै आएको महानिर्देशक शाक्यले प्रशासनपोस्टलाई बताए । उनका अनुसार बजारमा देखिने विकृति, कृत्रिम मूल्यवृद्धि, व्यापारिक अनियमितता र उपभोक्ता ठगी नियन्त्रणका लागि अनुगमनलाई निरन्तरता दिइएको छ । ‘बजारलाई व्यवस्थित बनाउने र उपभोक्ताले गुणस्तरीय वस्तु तथा सेवा उचित मूल्यमा प्राप्त गर्ने वातावरण तयार गर्नु हाम्रो प्राथमिकता हो । त्यसैले नियमित रूपमा अनुगमन टोली परिचालन गरिरहेका छौँ,’ महानिर्देशक शाक्यले भने । खाद्यान्नदेखि ग्यास र होटलसम्म निगरानी विभागले अनुगमनलाई खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको कारोबारमा मात्र सीमित नराखी उपभोक्तासँग प्रत्यक्ष सरोकार राख्ने विभिन्न व्यापारिक क्षेत्रसम्म विस्तार गरेको छ । खाद्यान्न तथा किराना पसल, होटल तथा रेस्टुरेन्ट, चमेनागृह, ग्यास स्टोर, रेडिमेड तथा थान कपडा पसल, कस्मेटिक, अटो पार्ट्स, तरकारी तथा फलफूल पसललगायत क्षेत्रमा विभागले निगरानी बढाएको छ । विशेषगरी दैनिक उपभोग्य वस्तुको मूल्य, गुणस्तर, बिक्रीवितरणको अवस्था, व्यवसाय सञ्चालनसम्बन्धी मापदण्ड तथा उपभोक्ताको अधिकारविपरीत हुने गतिविधिलाई अनुगमनको प्राथमिकतामा राखिएको विभागले जनाएको छ । अनुगमनका क्रममा कैफियत देखिएका ७६ वटा फर्मलाई आवश्यक कागजातसहित उपस्थित हुन निर्देशन दिइएको छ । यसले बजार अनुगमनका क्रममा तत्काल कारबाहीमा परेका व्यवसायीसँगै थप छानबिन र नियामकीय निगरानीको दायरामा रहेका फर्मको संख्या पनि उल्लेख्य रहेको देखाउँछ । अनुगमनलाई थप प्रभावकारी बनाउने तयारी बजारमा हुने अनियमितता नियन्त्रण गर्न सरकारी निकायको अनुगमन मात्र पर्याप्त नहुने भन्दै विभागले उपभोक्ता तथा सर्वसाधारणको सहयोगसमेत अपेक्षा गरेको छ ।महानिर्देशक शाक्यले बजारमा कुनै पनि प्रकारको ठगी, अनुचित व्यापारिक गतिविधि वा उपभोक्ताको हितविपरीतका काम भएको पाइएमा त्यसबारे जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरेका छन् । विभागले आवश्यकताअनुसार अनुगमन टोलीको संख्या र परिचालनलाई थप प्रभावकारी बनाउँदै लैजाने जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मलेसिया जाने श्रमिक ठगी प्रकरणमा यातायात व्यवस्था विभागका महानिर्देशक पक्राउ
Latest NewsJust now

मलेसिया जाने श्रमिक ठगी प्रकरणमा यातायात व्यवस्था विभागका महानिर्देशक पक्राउ

काठमाडौं । मलेसिया जाने नेपाली श्रमिकमाथि भएको ठगी तथा विदेशी मुद्रा अपचलन प्रकरणमा पक्राउ पर्नेमा यातायात व्यवस्था विभागका वहालवाला महानिर्देशक राजीव पोखरेल समेत छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो... ...

रातोपाटी
जलवायु परिवर्तन र हिमाली संरक्षणमा नेपाल–भारत सहकार्य गर्ने प्रतिबद्धता
Latest NewsJust now

जलवायु परिवर्तन र हिमाली संरक्षणमा नेपाल–भारत सहकार्य गर्ने प्रतिबद्धता

संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) का अवसरमा टर्कीको अन्ताल्यामा कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरी र भारतका वन, वातावरण तथा जलवायु परिवर्तनमन्त्री भूपेन्दर यादवबीच भएको द्विपक्षीय भेटवार्तामा यस्तो प्रतिबद्धता व्यक्त गरिएको हो । ...

कान्तिपुर
बाढी प्रभावित बालबालिकालाई छात्रवृत्ति कार्यक्रम, तर छैन प्रभावितको तथ्यांक
Latest NewsJust now

बाढी प्रभावित बालबालिकालाई छात्रवृत्ति कार्यक्रम, तर छैन प्रभावितको तथ्यांक

सरकारले छात्रवृत्ति कार्यक्रम ल्याए पनि भोटेकोशी बाढीलगायत विपद्‌बाट प्रभावित विद्यार्थीको विवरण संकलन नहुँदा वितरण प्रक्रिया अघि बढ्न सकेको छैन । ...

कान्तिपुर
ठगी गरेको आरोपमा दुई पूर्वमन्त्रीसहित ६ जना पक्राउ
Latest NewsJust now

ठगी गरेको आरोपमा दुई पूर्वमन्त्रीसहित ६ जना पक्राउ

गोरखापत्र अनलाइनकाठमाडौं, मंसिर २ गते । वैदेशिक रोजगारीको नाममा गैर कानुनी रुपमा श्रमिकहरुसँग ठगी गरेको आरोपमा दुई पूर्व मन्त्रीसहित उच्च पदस्थ कर्मचारीहरु पक्राउ परेका छन् । केन्द... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play