Friday, November 20, 2026||
MultiKhabarMultiKhabar

इसेवा घोटालापछि क्यानभित्र छलफल -‘अहिले माहोल नबिगारौं, अर्को पटक इसेवालाई टेण्डर प्रक्रियामै अयोग्य घोषणा गरौँ’

Share:WhatsAppFacebookX (Twitter)Telegram
इसेवा घोटालापछि क्यानभित्र छलफल -‘अहिले माहोल नबिगारौं, अर्को पटक इसेवालाई टेण्डर प्रक्रियामै अयोग्य घोषणा गरौँ’
Photo / Coverage: अर्थ सरोकार

काठमाडौँ । इसेवा घोटाला बाहिरिएपछि नेपाल क्रिकेट संघ (क्यान) भित्र अहिले माहोल नबिगार्ने, र अर्कोपटक इसेवालाई टेण्डर प्रक्रियामै अयोग्य हुनेगरी अगाडी बढ्ने आन्तरिक सहमति भएको छ । क्रिकेट संघका एक पदाधिकारीले इसेवामा भएको घोटालाबारे अहिले बोल्दा माहोल बिग्रिने भएकाले खेल सकिएपछि त्यसको थप छानविन गर्ने, र अर्को पटक इसेवालाई टेण्डर प्रक्रियामै अयोग्य घोषणा गर्नेगरी अगाडी बढ्ने सहमति भएको छ । इसेवामा आज (शुक्रबार) बुकिङ्ग नखुल्दै टिकट सोल्ड आउट देखिएको थियो । एआई बट प्रयोग गरेर टिकट किन्ने काम भएको तथ्य स्वयम् इसेवाका कर्मचारीले पुष्टी गरेपछि क्यानले पनि यस विषयमा सोधपुछ गरेको थियो । लगत्तै माहोल जस्तोसुकै तरिकाले बिग्रिने देखेपछि क्यानले तत्काल विज्ञप्ति निकालेर माहोल शान्त बनाउने, र खेलपछि इसेवाको सुरक्षा कमजोरीबारे थप छानविन गर्न सम्बन्धित निकायको सहयोग माग्ने सहमति गरेको हो । सोहि सहमति अनुसार क्यानले विज्ञप्ति निकालिसकेको छ । यद्यपी विज्ञप्ति निकाल्दा क्यानले अत्याधिक डिमाण्ड बढेकाले केहि मिनेटमै टिकट सोल्ड आउट भएको सफेद झुट बोलेको छ । जवकि बुकिङ्ग नखुल्दै इसेवाको सिष्टमले सबै टिकट सोल्ड आउट भएको देखाईसकेको थियो । इसेवा सबैभन्दा बढी बिग्रिने वालेट हो । केहि समयअघि मात्र इसेवाबाट खल्तीमा इसेवाका पूर्व सीइओ नियुक्त हुनुलाई कर्पोरेट ब्राण्ड वारको रुपमासमेत हेरिएको छ । इसेवाको घोटाला बाहिरिएपछि दर्शकले चर्को नाराबाजी गरेका थिए । इसेवामा सम्भावित तोडफोड रोक्न इसेवाले क्यानलाई विज्ञप्ति निकालिदिन अनुनय विनय गरेको थियो भने सबै काम प्रक्रिया अनुसार नै भएको भनी मिडिया ट्रायल गर्ने सहमतिसमेत इसेवाभित्र भएको थियो । सोहि अनुसार इसेवा निकट मिडियाहरुले टिकट नपाएकाहरु बिरोध गर्न पुगेको आशयको खबर प्रकाशन / प्रशारण गरिरहेका छन् । यसअघि पनि इसेवाबाट स्क्यामरले ४००० को टिकट १० रुपैयाँ तिरेर किनिरहेको तथ्य बाहिर आएको थियो । सो समाचार सार्वजनिक भएपछि सो सुरक्षा कमजोरी पत्ता लगाउनेलाई इसेवाले पुरस्कार नै दिएको थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अर्थ सरोकार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
१२ बजे १२ समाचार : मलेसियामा पैसा पठाउन अनुमति दिने मन्त्रीस्तरीय फाइल गायब, बालेनको भारत भ्रमण कति फरक ?
Latest NewsJust now

१२ बजे १२ समाचार : मलेसियामा पैसा पठाउन अनुमति दिने मन्त्रीस्तरीय फाइल गायब, बालेनको भारत भ्रमण कति फरक ?

काठमाडौँ । आज दिनभरका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा १२ बजे १२ समाचार लिएर हाजिर भएका छौँ- १. दलहरुसँग आयोगको छलफल निर्वाचन आयोगले आगामी वैशाखमा स्थानीय तह र मंसिरमा प्रदेश... ...

रातोपाटी
बुढानीलकण्ठमा दर्शनार्थीको घुइँचो
Latest NewsJust now

बुढानीलकण्ठमा दर्शनार्थीको घुइँचो

काठमाडौँ । हरि बोधिनी एकादशीका अवसरमा बुढानीलकण्ठ मन्दिरमा दर्शनार्थीको शुत्रबार घुइँचो लागेको छ । प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीदेखि कात्तिक शुक्ल पूर्णिमासम्म पाँच दिन बुढानीलकण्ठ मन्दिरमा भक्तजन पूजा, आराधना एवं... ...

रातोपाटी
इँटा उद्योग रूपान्तरण गर्न ६ करोड डलरको कार्बन वित्त जुटाइँदै
Latest NewsJust now

इँटा उद्योग रूपान्तरण गर्न ६ करोड डलरको कार्बन वित्त जुटाइँदै

काठमाडौं – नेपालको परम्परागत इँटा उद्योगलाई आधुनिक तथा वातावरणमैत्री बनाउने उद्देश्यले छ करोड अमेरिकी डलर (करिब रु नौ अर्ब) बराबरको कार्बन वित्त परिचालन गर्ने योजना अघि बढाइएको छ। दिवाकर गोल्छा अर्गनाइजेसनअन्तर्गतको हुलास इको ब्रिक्स र जलवायु प्रविधि विकास गर्ने कम्पनी इनोसिएसआरको सहकार्यमा यो कार्यक्रम अघि बढाउन लागिएको हो। दिवाकर गोल्छा अर्गनाइजेसनका निर्देशक हितेश गोल्छाका अनुसार यस योजनाअन्तर्गत आगामी तीन वर्षभित्र मुलुकभरका ३०० ...

नेपालन्युज
बत्तीस जना सहसचिवको सरुवा
Latest NewsJust now

बत्तीस जना सहसचिवको सरुवा

नगेन्द्र सापकोटाकाठमाडौँ, मङ्सिर ४ गते । सरकारले राजपत्राङक्ति प्रथम श्रेणीका सहसचिवहरुको सरुवा गरेको छ । शुुक्रबार बसेको मन्त्रीपरिषद्को बैठकले विभिन्न सेवा र समूूहमा कार्यारत ३२... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play