Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

इरानमा सरकारीविरोधी हिंसात्मक प्रदर्शन गर्ने तीनजनालाई मृत्युदण्ड

Share:WhatsAppFacebookX (Twitter)Telegram
इरानमा सरकारीविरोधी हिंसात्मक प्रदर्शन गर्ने तीनजनालाई मृत्युदण्ड
Photo / Coverage: केन्द्रबिन्दु

तेहरान । इरानले गत जनवरीमा भएको सरकारविरोधी प्रदर्शनका क्रममा हिंसात्मक गतिविधिमा संलग्न रहेको र अमेरिका तथा इजरायलका लागि जासूसी गरेको अभियोगमा तीन जनालाई आइतबार मृत्युदण्ड दिएको छ। इरानी सरकारी सञ्चारमाध्यमका अनुसार उनीहरूलाई अदालतले दोषी ठहर गरेपछि फाँसी दिइएको हो। पछिल्ला महिनाहरूमा इरानले जनवरी प्रदर्शन र अमेरिका तथा इजरायलसँग जोडिएका अभियोगमा धेरै जनालाई मृत्युदण्ड दिइसकेको छ। यो कारबाही पनि सोही शृंखलाअन्तर्गत भएको जनाइएको छ । इरानको न्यायपालिकाका अनुसार मृत्युदण्ड पाउनेहरूमा हसन दिओबन्द, हामिद काजेमी र रेशा जंगनेह रहेका छन्। उ नीहरूमाथि कराज सहरमा हतियार, ग्रेनेड र मोलोटोभ ककटेल (पेट्रोल बम) प्रयोग गरी सार्वजनिक सम्पत्तिमा आगजनी गरेको र विद्युत् सबस्टेशनमा क्षति पुर्‍याई केही क्षेत्रमा बत्ती निभाएको अभियोग लगाइएको थियो। न्यायपालिकाले जारी गरेको विज्ञप्तिमा दिओबन्दलाई जनवरी ११ मा पक्राउ गरिएको थियो । अनुसन्धानका क्रममा उनलाई सार्वजनिक सम्पत्तिमाथिको आक्रमण तथा हिंसा फैलाउने मुख्य योजनाकारका रूपमा पहिचान गरिएको उल्लेख छ। उनकै नेतृत्वमा प्रदर्शनमा भाग लिएका अन्य १० जनालाई पनि पछि पक्राउ गरिएको थियो। अदालतले ती तीनै जनालाई मृत्युदण्डको सजाय सुनाउँदै उनीहरूको सम्पत्ति जफत गर्न आदेश दिएको थियो। सर्वोच्च अदालतले तल्लो अदालतको फैसलालाई निरन्तरता दिएपछि मृत्युदण्ड कार्यान्वयन गरिएको हो। यस घटनामा संलग्न अन्य प्रतिवादीहरूलाई भने ५ देखि १० वर्षसम्मको जेल सजाय सुनाइएको छ। रोयटर्स

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एनपीएल : आज दुई खेल, यी चार टोलीबीच हुँदैछ प्रतिस्पर्धा
Latest NewsJust now

एनपीएल : आज दुई खेल, यी चार टोलीबीच हुँदैछ प्रतिस्पर्धा

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई वटा खेल हुँदैछन् । नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार आज हुने पहिलो खेल मध्याह्न १२ः३० बजे मा कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच तथा दोस्रो खेल अपराह्न ५ः०० बजे काठमाण्डु गोर्खाज र चितवन राइनोजबीच हुँदैछ । यी दुई वटै खेल कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट […] ...

लोकपथ
जबर्जस्ती करणी कसुरमा १३ वर्ष कैद र ५ लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ
Latest NewsJust now

जबर्जस्ती करणी कसुरमा १३ वर्ष कैद र ५ लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ

जबर्जस्ती करणी कसुरमा १३ वर्ष कैद सजाय र पाँच लाख रुपैयाँ जरिवाना तोकिएका एकजना फरार प्रतिवादीलाई सुनसरी प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा इनरुवा नगरपालिका- ९ घर भएका २० वर्षीय आकाश कुमार खत्वे रहेका प्रहरीले जनाएको छ।  अस्थायी प्रहरी पोस्ट साम्बाला सुनसरीबाट खटिएको प्रहरी टोलीले खत्वेलाई बालकिा बलात्कार कसुरमा ३ वैशाख २०८२ मा पक्राउ गरेको थि... ...

नेपालखबर
बर्खास्तीमा परेका गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव शर्मा अदालत जाने
Latest NewsJust now

बर्खास्तीमा परेका गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव शर्मा अदालत जाने

पोखरा । गण्डकी प्रदेश खेलकुद परिषद् (गखेप)का सदस्य सचिव श्रीधर शर्मालाई गण्डकी प्रदेश सरकारले बर्खास्त गरिदिएपछि उनी अदालत जाने भएका छन् । सरकारको निर्णय गैरकानूनी र अदालतको अवहेलनाजन्य भएको भन्दै... ...

रातोपाटी
हरिचौर—मल्म पाण्डवखानी सडक : ठेक्काको चार वर्षपछि कालोपत्र तयारी
Latest NewsJust now

हरिचौर—मल्म पाण्डवखानी सडक : ठेक्काको चार वर्षपछि कालोपत्र तयारी

नवराज नेपालीबागलुङ, कात्तिक २३ गते । पश्चिम बागलुङको रणनैतिक महत्व बोकेको सडक निर्माण थालेको चार वर्षपछि कालोपत्रको चरणमा पुगेको छ । दुई वर्षमा कालोपत्र सक्नेगरी निर्माण थालिएको उक... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play