Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

इरानमा फेरि आक्रमणका लागि ट्रम्पलाई फकाउँदै नेतन्याहु

Share:WhatsAppFacebookX (Twitter)Telegram
इरानमा फेरि आक्रमणका लागि ट्रम्पलाई फकाउँदै नेतन्याहु
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । इजरायलका कार्यवाहक प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानमा फेरि आक्रमणका लागि मनाउन खोजिरहेका छन्। एक्सियोस र जेरुसेलम पोस्टका अनुसार यका लागि नेतन्याहुले गुप्तचर एजेन्सी मोसादका प्रमुख रोमन गोफम्यानलाई अमेरिका पठाएका छन्। गोफम्यान शुक्रबार वासिङ्टन पुगेका छन्। त्यहाँ उनले सीआईए प्रमुख जोन रेटक्लिफसँग भेट गर्नेछन्। त्यसपछि उनी ट्रम्पका विशेष दूत स्टिभ विटकफसँग भेट्न मियामी जानेछन्। फाइनान्सियल टाइम्सको रिपोर्टअनुसार नेतन्याहुले केही दिनदेखि ट्रम्पलाई दैनिक फोन गरिरहेका छन्। यस क्रममा दुई नेताले नोभेम्बर ५ मा इरानमा आक्रमण गर्नेबारे छलफल गरेका छन्। यद्यपि ट्रम्प हाल नेतन्याहुका माग स्वीकार गर्न तयार छैनन्। अमेरिका हाल इरानमा ठुलो आक्रमण गर्नुको सट्टा आर्थिक दबाब बढाउन चाहन्छ। यसका लागि उसले इरानमा समुद्री नाकाबन्दी जारी राख्नेछ, जसले गर्दा उसको आम्दानी र व्यापारमा असर पर्नेछ। साउदी अरेबिया, कतार, यूएई, कुवेत र बहराइनजस्ता खाडी देशले पनि यसमा अमेरिकालाई सहयोग गरिरहेका छन्। ट्रम्पका अनुसार साउदी अरेबियाले उनलाई केही समयका लागि अहिलेकै अवस्था कायम राख्न आग्रह गरेको छ। साउदी अरेबियालाई लागेको छ- इरान कमजोर हुँदै गइरहेको छ। अन्य खाडी देश पनि अमेरिकाले अहिले कुनै हतारमा कदम नचालोस् भन्ने चाहन्छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
छठ मनाउन पत्नी निकितासहित जनकपुर आउँदै रवि लामिछाने
Latest NewsJust now

छठ मनाउन पत्नी निकितासहित जनकपुर आउँदै रवि लामिछाने

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छठ पर्व मनाउन आज जनकपुरधाम आउँदै छन् । लामिछाने पत्नी निकिता पौडेलसहित जनकपुरधामस्थित गंगासागरमा छठ पर्व मनाउन आउन लागेका हुन् । रास्वपा मधेश प्रदेश कार्यालयका अनुसार लामिछाने शनिबार दिउँसो १२ः१५ बजे जनकपुर विमानस्थलमा अवतरण गर्नेछन् । त्यसपछि दिउँसो १ बजे जनकपुरधाम उद्योग वाणिज्य संघको सभाहलमा […] ...

लोकपथ
घान्द्रुक, सिक्लेस र ल्वाङ गाउँमा पर्यटकको घुइँचो, बास पाउनै मुस्किल
Latest NewsJust now

घान्द्रुक, सिक्लेस र ल्वाङ गाउँमा पर्यटकको घुइँचो, बास पाउनै मुस्किल

कास्की । तिहार र छठको बिदासँगै पर्यटकीय याम उत्कर्षमा पुगेपछि कास्कीका घान्द्रुक, सिक्लेस र ल्वाङ गाउँ पर्यटकले भरिभराउ भएका छन् । आन्तरिक पर्यटकको उल्लेख्य आगमनसँगै यी गाउँका होटल र घरबासमा... ...

रातोपाटी
भारतको मणिपुरमा सवारीसाधनमाथि गोली प्रहार, चार जनाको मृत्यु
Latest NewsJust now

भारतको मणिपुरमा सवारीसाधनमाथि गोली प्रहार, चार जनाको मृत्यु

भारतको उत्तरपूर्वी राज्य मणिपुरमा बन्दुकधारी समूहले सवारीसाधनमाथि गोली प्रहार गर्दा कम्तीमा चार जनाको मृत्यु भएको छ। घटनामा मृत्यु हुनेहरू नागा समुदायका सर्वसाधारण रहेको प्रहरीले जनाएको छ। शुक्रबार मणिपुरको उखरुल जिल्लास्थित नेसनल... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play