Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

इरान–अमेरिका तनाव चर्किंदै, नाकाबन्दी तोड्ने अर्को जहाजमाथि अमेरिकी हमला

Share:WhatsAppFacebookX (Twitter)Telegram
इरान–अमेरिका तनाव चर्किंदै, नाकाबन्दी तोड्ने अर्को जहाजमाथि अमेरिकी हमला
Photo / Coverage: केन्द्रबिन्दु

वासिङ्टन । इरानी बन्दरगाहमाथि लगाइएको अमेरिकी नौसैनिक नाकाबन्दी तोड्ने प्रयास गरेको अर्को व्यापारिक जहाजलाई अमेरिकी सेनाले ओमानको खाडीमा निष्क्रिय बनाएको छ । अमेरिकी सेनाको केन्द्रीय कमान्डले शुक्रबार उक्त जानकारी दिएको हो । अमेरिकी सेनाका अनुसार बिहीबार सैन्य विमानबाट पलाउको झण्डा बोकेको ‘एमभी प्यासिफिक आर्चर’ जहाजको पछिल्लो भागमा सटीक हतियार प्रहार गरिएको थियो । प्रहारपछि जहाजको इन्जिन तथा सञ्चालन प्रणाली निष्क्रिय भएको र त्यसमा सवार सर्वसाधारण चालक दलका सदस्यहरू सुरक्षित रहेको जनाइएको छ । सेनाका अनुसार उक्त जहाज इरानको बन्दर अब्बास बन्दरगाहबाट निस्किएपछि अमेरिकी नाकाबन्दी उल्लंघन गर्दै अघि बढ्ने प्रयासमा थियो । जहाज ट्र्याकिङ वेबसाइटहरूले यसको गन्तव्य सिंगापुर रहेको देखाएका छन् । यसैबीच, इरानी नौसेनाका प्रमुख शाहराम इरानीले शुक्रबार सरकारी टेलिभिजनमार्फत अमेरिकी नाकाबन्दी तोड्ने र क्षेत्रीय जलक्षेत्रबाट शत्रुलाई हटाउने उद्देश्यले अभियान सञ्चालन गर्ने बताएका छन् । अमेरिकाले गत अप्रिलदेखि इरानी बन्दरगाहमा नौसैनिक नाकाबन्दी लगाउँदै आएको छ । तेहरानसँगको वार्ताका क्रममा गर्मीयाममा केही समय हटाइएको नाकाबन्दी जुलाईमा पुनः लागू गरिएको थियो । अमेरिकी सेनाका अनुसार नाकाबन्दी पुनः सुरु भएयता १५८ व्यापारिक जहाजलाई बाटो परिवर्तन गराइएको छ । प्यासिफिक आर्चर यस नाकाबन्दीअन्तर्गत निष्क्रिय बनाइएको कम्तीमा १५औँ जहाज हो । यसअघि नोभेम्बर ७ मा अर्को जहाजलाई निष्क्रिय बनाइएको थियो । यस घटनाले अमेरिका र इरानबीचको तनाव पुनः बढ्न सक्ने चिन्ता थपिएको छ । यसअघि जुनमा अमेरिकी सैन्य कारबाहीमा गिनी–बिसाउको झण्डा बोकेको एक ट्यांकरका तीन जना चालक दलका सदस्यको मृत्यु भएको थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
भुटानी पर्यटकको आकर्षक गन्तव्य बन्दै नेपाल
Latest NewsJust now

भुटानी पर्यटकको आकर्षक गन्तव्य बन्दै नेपाल

झापा । शान्तिका अग्रदूत गौतम बुद्धको पवित्र भूमि र अनुपम प्राकृतिक सौन्दर्यले भरिपूर्ण नेपाल भुटानी पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ । धार्मिक तीर्थयात्रा र घुमफिरका लागि भुटानी नागरिकको नेपाल आगमन... ...

रातोपाटी
सर्लाहीमा सांसद अमरेश सिंहलाई कालो झण्डा, विरोध प्रदर्शन गर्ने चार जना पक्राउ
Latest NewsJust now

सर्लाहीमा सांसद अमरेश सिंहलाई कालो झण्डा, विरोध प्रदर्शन गर्ने चार जना पक्राउ

• राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहलाई सर्लाहीमा हिन्दु सम्राट सेनाका कार्यकर्ताले कालो झण्डा देखाएर विरोध जनाएका छन्। • हिन्दु सम्राट सेनाले सांसद सिंहका अभिव्यक्तिहरूलाई हिन्दु धर्मविरोधी भन्दै पुत्ला दहन र चार जना कार्यकर्तालाई पक्राउ गरिएको विरोध गरेका छन्। • यस घटनाले जिल्लामा राजनीतिक र सामाजिक चासो सिर्जना गरेको छ, र पक्राउ परेका व्यक्तिहरूको रिहाइको माग गरिएको छ। ...

नेपालबहस
नागरिक अधिकार तथा डिजिटल सुरक्षासम्बन्धी तालिम सम्पन्न
Latest NewsJust now

नागरिक अधिकार तथा डिजिटल सुरक्षासम्बन्धी तालिम सम्पन्न

धर्बेन्द्र झा जनकपुरधाम, मङ्सिर १२ गते । जनचेतना अभियान नेपालले ओक्सफेन नोभिबको सहयोगमा नागरिको अधिकारको उपयोग तथा डिजिटल सुरक्षाका सन्दर्भमा धनुषाका ९० जना युवा युवतीलाई एक दिवसीय... ...

गोरखापत्र
पृथ्वीराजमार्गको भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता
Latest NewsJust now

पृथ्वीराजमार्गको भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ डम्पिङस्थित पृथ्वीराजमार्गको भिरबाट खसेर एक विद्यार्थी बेपत्ता भएका छन् । बेपत्ता हुनेमा चितवनको भरतपुर महानगरपालिका–६ चोकबजार निवासी १५ वर्षीय अङ्कित गुरुङ रहेका छन् । उनी कक्षा... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement