Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

इपिजीमा भारतको एकलौटी विराम

Share:WhatsAppFacebookX (Twitter)Telegram
इपिजीमा भारतको एकलौटी विराम
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । नेपाल-भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी) को प्रतिवेदनलाई भारतले ‘विगतको कुरा’ भन्दै असान्दर्भिक ठहर गरेपछि दुई देशबीचको सम्बन्ध पुनरावलोकन गर्ने उद्देश्यसहित गरिएको लामो प्रयास फेरि अन्योलमा परेको छ । दुवै देशका सरकारले गठन गरेको समूहले दुई वर्ष लगाएर तयार पारेको प्रतिवेदन आठ वर्षदेखि भारतीय प्रधानमन्त्रीले बुझ्न नमानेपछि दराजमा थन्किएको थियो । अब भारतले त्यसको औचित्य नै सकिएको धारणा राखेपछि प्रतिवेदन कार्यान्वयनको सम्भावना झन् कमजोर बनेको हो । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणपछि भारतीय विदेश सचिव विक्रम मिस्रीले इपिजी ‘विगतको कुरा भइसकेको’ टिप्पणी गर्नुभएको थियो । प्रधानमन्त्री शाह भारत भ्रमण गरी फर्किएपछि भारतको विदेश मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकारको जिज्ञासामा सचिव मिस्रीले भन्नुभएको थियो, ‘म भन्छु कि इपिजी विगतको कुरा भइसक्यो । हामी पछाडि फर्केर हेरिरहेका छैनौँ ।’ मिश्रीको विवादित भनाइसँगै इपिजीबारेको बहस फेरि चर्किएको छ । इपिजीलाई भारतले एकलौटी विराम दिएसँगै दुई वर्षको मेहनत र दशकदेखिको प्रतीक्षा फेरि अन्योलमा परेको हो । इपिजी गठन गर्ने समझदारी सन् २०११ मा तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको भारत भ्रमणका क्रममा बनेको थियो । सन् १९५० को नेपाल-भारत शान्ति तथा मैत्री सन्धिलगायत द्विपक्षीय सम्बन्धका समग्र पक्ष पुनरावलोकन गरी सुझाव दिन दुवै देशका प्रबुद्ध व्यक्तिहरूको समूह गठन गर्ने प्रस्ताव भट्टराईले भारतीय समकक्षी मनमोहन सिंहसमक्ष राख्नुभएको थियो । त्यसको तीन वर्षपछि सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा इपिजी गठन गर्ने सहमति भएको थियो । सन् २०१६ मा केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला कार्यदल गठन भएको थियो । दुवै देशका चार-चार जना सदस्य रहेको समूहले सन् २०१६ देखि २०१८ सम्म नौवटा बैठक गरी संयुक्त प्रतिवेदन तयार पारेको थियो । दुई वर्षको छलफल र अध्ययनबाट तयार भएको प्रतिवेदन आठ वर्षसम्म पनि दुवै देशका प्रधानमन्त्रीले ग्रहण गर्न सकेका छैनन् । प्रतिवेदन पहिले भारतीय प्रधानमन्त्रीले र त्यसपछि नेपाली प्रधानमन्त्रीले बुझ्ने सहमति थियो । तर, भारतले बुझ्न नमानेपछि प्रतिवेदन परराष्ट्रमन्त्रीको कार्यकक्षस्थित दराजमा राखिएको छ । इपिजीका नेपालतर्फका संयोजक डा. भेषबहादुर थापा र सदस्यसचिव यादव खनालले गत जेठ २१ गते प्रतिवेदन राखिएको दराजको चाबी परराष्ट्रमन्त्री शिशिर खनाल र परराष्ट्रसचिव अमृतबहादुर राईलाई हस्तान्तरण गर्नुभएको थियो । प्रतिवेदन तयार भएको आठ वर्षपछि त्यसको संरक्षणको जिम्मेवारी सरकारले लिएको थियो । भारतले भन्दैमा औचित्य सकिन्छ ?नेपालका तर्फबाट इपिजीका सदस्य रहनुभएका पूर्वराजदूत नीलाम्बर आचार्य भारतको भनाइ गलत भएको बताउनुहुन्छ । दुवै देशका सरकारले गठन गरेको समूहले महिनौँ लगाएर तयार पारेको प्रतिवेदनलाई बेवारिसे छाड्न नहुने उहाँको भनाइ छ । ‘प्रतिवेदन बुझ्दै नबुझी, अध्ययन नै नगरी यसरी प्रतिक्रिया दिनु गलत हो,’ आचार्यले भन्नुभयो, ‘यसको जवाफ सचिव मिस्रीले दिनुपर्छ ।’ आचार्यका अनुसार भारतले प्रतिवेदन ग्रहण नगरे नेपालले त्यसलाई सार्वजनिक गर्नुपर्छ । तर, त्यसअघि भारतसँग पुनः वार्ता र संवाद गर्नुपर्ने उहाँको सुझाव छ । सरकारले प्रतिवेदन बुझिसकेकाले त्यसलाई सार्वजनिक गर्ने दायित्व पनि सरकारकै रहेको उहाँले बताउनुभयो । इपिजीका अर्का सदस्य एवं पूर्वपरराष्ट्रमन्त्री डा. भेषबहादुर थापा पनि भारतको भनाइसँग सहमत हुनुहुन्न । दुवै देशका सरकारले गठन गरेको समूहले तयार पारेको प्रतिवेदन कसरी असान्दर्भिक हुनसक्छ भन्ने उहाँको प्रश्न छ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि भारतको भनाइलाई खेदजनक टिप्पणी गर्नुभएको छ । प्रधानमन्त्री शाहको भारत भ्रमणले द्विपक्षीय सम्बन्धमा सिर्जना गरेको सकारात्मक वातावरणमाथि भारतीय विदेश सचिवको भनाइले ‘चिसो पानी खन्याउने’ काम गरेको उहाँको टिप्पणी छ । इपिजी प्रतिवेदन अहिलेसम्म सार्वजनिक भएको छैन । यद्यपि, समिति सदस्यहरूलाई उद्धृत गर्दै सार्वजनिक भएका केही भनाइअनुसार प्रतिवेदनमा नेपाल–भारत सम्बन्धका बृहत् पक्ष समेटिएका छन् । सन् १९५० को शान्ति तथा मैत्री सन्धिलाई बदलिँदो भू-राजनीतिअनुसार परिमार्जन गर्नुपर्ने सुझाव प्रतिवेदनमा छ । उक्त सन्धिमा रहेको नेपालले तेस्रो मुलुकबाट हतियार खरिद गर्दा भारतको सहमति लिनुपर्ने प्रावधान हटाउनुपर्ने विषय पनि समेटिएको छ । त्यस्तै, नेपाल-भारत सीमा नियमन गर्न दुवै देशका नागरिकले सीमा वारपार गर्दा परिचयपत्र देखाउनुपर्ने र निश्चित नाकाबाट मात्र आउजाउ गर्नुपर्ने प्रस्ताव गरिएको छ । कालापानी, लिपुलेक, लिम्पियाधुरा र सुस्ता लगायतका सीमा विवाद कूटनीतिक संवादमार्फत समाधान गर्नुपर्ने सुझाव पनि प्रतिवेदनमा छ । नेपालको पारवहन अधिकार सुनिश्चित गर्दै भारतका विशाखापटनमलगायत बन्दरगाह र आन्तरिक जलमार्गमा सहज पहुँच दिनुपर्ने विषयसमेत समेटिएको छ । महाकाली सन्धि अन्तर्गतको पञ्चेश्वर परियोजनालगायत द्विपक्षीय जलविद्युत् तथा सिँचाइ परियोजना दुवै देशको हित हुनेगरी कार्यान्वयन गर्नुपर्ने सुझाव प्रतिवेदनमा छ । नेपालको अडान यथावत्भारतले प्रतिवेदन असान्दर्भिक भएको बताए पनि नेपाल सरकारले त्यसलाई विधिवत् रूपमा असान्दर्भिक मानेको छैन । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा जारी भिजन डकुमेन्टमा इपिजीका विषय सम्बोधन गरिएको बताउनुभएको थियो । नेपाल–भारतबीच भएका सन् १९५० को सन्धिलगायत विभिन्न सन्धि-सम्झौता पुनरावलोकन गर्न तयार रहेको दुवै देशले स्पष्ट पारेको र त्यसका लागि आवश्यक नयाँ सन्धि गर्नसमेत तयार रहेको उहाँको भनाइ थियो । तर, सरकारले इपिजी प्रतिवेदनबारे औपचारिक धारणा सार्वजनिक भने गरेको छैन । प्रतिवेदन ग्रहण गरेर कार्यान्वयनमा लैजानुपर्ने नेपालले विगतदेखि राख्दै आएको अडान पनि फिर्ता लिएको छैन । सन् २०२० मे ९ मा परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा नेपाल सरकारले प्रतिवेदन ग्रहण गर्न तयार रहेको र त्यसका सुझाव कार्यान्वयन गर्नु दुवै देशको हितमा हुने विश्वास व्यक्त गरेको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि संसद्मा प्रतिवेदन ग्रहण गर्न नेपाल तयार रहेको तर सहमतिअनुसार पहिले भारतीय प्रधानमन्त्रीले बुझ्नुपर्ने भएकाले एकतर्फी रूपमा अघि बढ्न नसकिएको बताउनुभएको थियो । भारतले प्रतिवेदन असान्दर्भिक भएको बताए पनि नेपालका प्रमुख दल र नेताहरूले त्यसलाई पुरानो वा असान्दर्भिक मानेका छैनन् । बालेनको भारत भ्रमणमा उठ्नुपर्ने कुनै पनि कुरा उठेनन् : ओलीनेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको भारत भ्रमणमा उठ्नुपर्ने कुनै विषय नउठेको बताउनुभएको छ । इपिजी र सीमाको विषय भ्रमणका क्रममा उठ्दै नउठेको उहाँको भनाइ छ । महानगरको मेयर हुँदा कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्ने प्रधानमन्त्री बालेनले भारत भ्रमणमा कुरै नउठाएको उहाँले बताउनुभयो । ‘बालेनको भारत भ्रमणमा उठ्नुपर्ने कुनै पनि कुरा उठेनन् । इपिजी, सीमा केही उठेनन्’, उहाँले भन्नुभयो, ‘ग्रेटर नेपालको नक्सा महानगरपालिकामा राख्नेले आमनेसामने हुँदा उठाउनुपर्ने होइन ?’ बालेनको भ्रमण राजकीयभन्दा पनि निजीजस्तो भएको ओलीको टिप्पणी छ । ‘बालेनको भ्रमण निजीजस्तो थियो, देश र एजेण्डा थिएन’, ओलीले भन्नुभयो, ‘राजकीय भन्न मिल्ने थिएन ।’ इपिजी प्रतिवेदन पुरानो भएको एकतर्फी घोषणा गर्नु खेदजनक : भट्टराईपूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले भारतको विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीले नेपाल-भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी)ले तयार पारेको प्रतिवेदन पुरानो भइसकेको भन्नु खेदजनक भएको बताउनुभएको छ । इपिजी प्रतिवेदन एउटा देशले मात्र बनाएको र कुनै खास मुद्दा मात्र केन्द्रित सामान्य दस्तावेज नभएको उहाँको भनाइ छ । दुवै देशको सहमतिमा निर्मित द्विदेशीय दीर्घकालीन र रणनीतिक समस्या मैत्रीपूर्ण ढंगले हल गर्ने विशिष्ठ माध्यम भएको उहाँले बताउनुभयो । ‘नेपालका प्रम बालेन्द्र शाहको भारत भ्रमणले द्विपक्षीय सम्बन्धमा सिर्जना गरेको सापेक्षिक सकारात्मक वातावरणमाथि चिसो पानी खन्याउँदै भारतीय विदेश सचिव विक्रम मिश्रीले ‘इपिजी प्रतिवेदन पुरानो र असान्दर्भिक भएको’ एकतर्फी घोषणा गर्नु खेदजनक छ’, पूर्वप्रधानमन्त्री भट्टराईले भन्नुभएको छ, ‘इपिजी प्रतिवेदन एउटा देशले मात्र बनाएको र कुनै खास मुद्दा मात्र केन्द्रित सामान्य दस्तावेज नभएर दुवै देशको सहमतिमा निर्मित द्विदेशीय दीर्घकालीन र रणनीतिक समस्या मैत्रीपूर्ण ढंगले हल गर्ने विशिष्ट माध्यम हो ।’ उचित विकल्पबिना पुराना सन्धि, सीमा समस्या, व्यापार-पारवहन समस्या, सुरक्षा सम्बन्धलगायत ऐतिहासिक समस्याहरू कार्पेटमुनि लुकाएर दुई निकट छिमेकीबीचको सम्बन्ध मैत्रीपूर्ण हुन नसक्ने उहाँको भनाइ छ । इपिजीबारे सरकार र रास्वपाले स्पष्ट पार्नुपर्छ : रावलनेकपा नेता भीम रावलले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणमा राष्ट्रिय हित, सीमा विवाद र असमान सन्धिजस्ता संवेदनशील विषय नउठाएको भन्दै आलोचना गर्नुभएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा रावलले सन् १९५० को असमान सन्धि पुनरवलोकनका विषयमा विगतका प्रधानमन्त्रीहरूले भारत भ्रमणमा कुरा राख्ने गरेको र उसले समेत स्वीकारेको स्मरण गराउनुभयो । तर, यसपटक प्रधानमन्त्री शाहले उक्त विषय प्रवेश नै नगराएको उहाँको भनाइ छ । इपिजी प्रतिवेदन भारतले नबुझ्ने भनिसकेको सन्दर्भमा नेपाल सरकार र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्पष्ट पार्नुपर्ने उहाँले माग गर्नुभयो । सुस्ता, लिम्पियाधुरा, लिपुलेक र कालापानी जस्ता अतिक्रमित भूभागबारे विगतका प्रधानमन्त्रीहरूले भारत भ्रमणमा कुरा उठाउने गरेको तर यसपालि प्रधानमन्त्री शाह मौन बसेको रावलले बताउनुभयो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
डलरदेखि कतारी रियालसम्म : यस्तो छ विदेशी मुद्राको विनिमयदर (सूचीसहित)
Latest NewsJust now

डलरदेखि कतारी रियालसम्म : यस्तो छ विदेशी मुद्राको विनिमयदर (सूचीसहित)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४८ रुपैयाँ २२... ...

रातोपाटी
भोटेकोशी बाढीमा बेपत्ता ३ हजार ९१५ जनालाई मृत घोषणा गर्न सिफारिस
Latest NewsJust now

भोटेकोशी बाढीमा बेपत्ता ३ हजार ९१५ जनालाई मृत घोषणा गर्न सिफारिस

काठमाडौं । रसुवा–भोटेकोशी बाढीमा बेपत्ता भएका ३ हजार ९१५ जनालाई मृत घोषणा गर्न विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले नेपाल सरकारसमक्ष सिफारिस गरेको छ । गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा आज बसेको समितिको ३८औँ बैठकले ४८ जिल्लाबाट यकिन भई आएका ३ हजार ९१५ जना स्वदेशी नागरिकलाई मृत घोषणा गर्न सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । यसैगरी, सातवटा विदेशी नियोगबाट यकिन भई ...

केन्द्रबिन्दु
निर्माण थालेको डेढ दशकपछि उत्पादनको चरणमा राहुघाट जलविद्युत् आयोजना
Latest NewsJust now

निर्माण थालेको डेढ दशकपछि उत्पादनको चरणमा राहुघाट जलविद्युत् आयोजना

सरकारी स्वामित्वको नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा निर्माण गरेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण थालेको डेढ दशकपछि व्यावसायिक उत्पादनको चरणमा प्रवेश गरेको छ। पहिलोपटक ३२ मेगावाट क्षमतामा निर्माण अघि बढाइएको आयोजना ठेकेदारको समस्या, ठेक्का रद्द, पुनर्संरचना, नयाँ ठेकेदार छनोट, कोरोना महामारी, बाढीपहिरो, ... ...

नेपालखबर
आजका लागि कति तोकियो डलर र अन्य विदेशी मुद्राको विनिमयदर
Latest NewsJust now

आजका लागि कति तोकियो डलर र अन्य विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४८ रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६१ रुपैयाँ ९५ पैसा र बिक्रीदर १६२ रुपैयाँ ६१ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ५२ पैसा र बिक्रीदर १९४ ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement