Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

इन्द्रसरोवरमा श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
इन्द्रसरोवरमा श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ
Photo / Coverage: हिमालय टाइम्स

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा श्रीमतीको कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा इन्द्रसरोवर गाउँपालिका–४ गोठभित्ता निवासी ४० वर्षीय रमेश पाख्रिन रहेका छन्। प्रारम्भिक अनुसन्धानका क्रममा उनले मादक पदार्थ सेवन गरी आफ्नी ३५ वर्षीया श्रीमती रुकु पाख्रिनलाई कुटपिट गरेको र सोही क्रममा उहाँको मृत्यु भएको खुलेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मंसिर ११ गते शुक्रबार राति रमेशले मादक पदार्थ सेवन गरी श्रीमतीलाई कुटपिट गरेका थिए। कुटपिटबाट रुकु अचेत भएको सूचना प्राप्त भएपछि प्रहरी चौकी फाखेलबाट खटिएको टोली घटनास्थल पुगेको थियो। प्रहरी टोलीले घरभित्रको सुत्ने कोठामा रुकुलाई मृत अवस्थामा फेला पारेको थियो। घटनापछि प्रहरीले रमेशलाई नियन्त्रणमा लिएर थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याएको जनाएको छ। मृतकको शव परीक्षणका लागि पाटन अस्पताल पठाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुने
Latest NewsJust now

घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुने

नारायणगढ। पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नौबिसे सडकखण्डको घोप्टेभिरमा आज साँझ ५ बजेदेखि सडक पूर्ण रूपमा सञ्चालनमा आएको छ । गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो । पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा सडक सम्याउने काम सम्पन्न भएसँगै सडक सहज भएको हो । पहिरो प्रभावित घोप्टेभिरमा सडक व्यवस्थापन तथा यातायात आवागमन सहज बनाउन ...

नेपालन्युज
पेरुमा सेनाको हेलिकप्टर दुर्घटना हुँदा ८ जनाको मृत्यु
Latest NewsJust now

पेरुमा सेनाको हेलिकप्टर दुर्घटना हुँदा ८ जनाको मृत्यु

पेरुमा हेलिकप्टर दुर्घटना हुँदा सेनाका आठ कर्मचारीको मृत्यु भएको छ। लागुऔषध खेती र ओसारपसारका लागि परिचित देशको दुर्गम क्षेत्रमा यो दुर्घटना भएको हो। बीबीसीका अनुसार अनुसार हेलिकप्टर बिहीबार राति बेपत्ता भएको थियो। यसअघि यसले तीन जना सैनिक उद्धार गरेको थियो। अधिकारीहरूका अनुसार हेलिकप्टर अपुरिम्याक, एनी र मन्तारो नदीहरूको उपत्... ...

नेपालखबर
वर्ल्डलिंकको ‘ढुक्कको कनेक्सन’ अभियान
Latest NewsJust now

वर्ल्डलिंकको ‘ढुक्कको कनेक्सन’ अभियान

यी प्रतिबद्धतामार्फत इन्टरनेट अवरुद्ध हुँदा छिटो समाधान, घरबाहिर पनि नि:शुल्क इन्टरनेट पहुँच र व्यापक सेवा अवरोध हुँदा क्षतिपूर्ति सुनिश्चित गरिएको कम्पनीले जनाएको छ । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement