Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

इन्गेजमेन्ट गरेको केही घण्टापछि टिकटकर अनु परियारको सम्बन्धमा विवाद

Share:WhatsAppFacebookX (Twitter)Telegram
इन्गेजमेन्ट गरेको केही घण्टापछि टिकटकर अनु परियारको सम्बन्धमा विवाद
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । पाकिस्तानी युवक अब्दुल्लाहसँग इन्गेजमेन्ट गरेकी टिकटक स्टार अनु परियारको सम्बन्धमा नयाँ विवाद सार्वजनिक भएको छ। अब्दुल्लाह दुबईमा अर्की नेपाली युवतीसँग लामो समयदेखि सम्बन्धमा रहेको दाबी सार्वजनिक भएपछि अनुले उनीसँगको सम्बन्ध अन्त्य गर्ने बताएकी छन्। सामाजिक सञ्जालमा सार्वजनिक विवरणअनुसार अब्दुल्लाह दुबईमा रहेकी माया तामाङ नामकी नेपाली युवतीसँग केही वर्षदेखि लिभिङ टुगेदरमा बस्दै आएका थिए। अनु र अब्दुल्लाहको इन्गेजमेन्ट सार्वजनिक भएपछि ती युवतीले अब्दुल्लाह आफ्नो प्रेमी भएको दाबी गरेकी हुन्। यस विषयमा हिजो राति सामाजिक सञ्जाल प्रयोगकर्ता फिटमिनको टिकटक लाइभमा अनु परियार र माया तामाङसमेत जोडिएका थिए। लाइभकै क्रममा अनुले अब्दुल्लाहले आफूलाई धोका दिएको भन्दै अब उनीसँग सम्बन्धमा नरहने बताएकी थिइन्। उनले अब्दुल्लाहलाई दुबई नै पठाइदिने पनि बताएको विवरण सार्वजनिक भएको छ। अब्दुल्लाहसँग इन्गेजमेन्ट गरेपछि अनुले उनीसँग बनाएका भिडियो तथा इन्गेजमेन्टको भिडियोसमेत प्राइभेट गरेको बताइएको छ। लाइभका क्रममा विवाद चर्किएपछि अनु निराश देखिएकी थिइन्। अनु र अब्दुल्लाहको चिनजान टिकटक लाइभबाट भएको बताइएको थियो। अब्दुल्लाहले अनुलाई टिकटकमा गिफ्ट पठाउने क्रममा उनीहरूबीच चिनजान बढेको र पछि प्रेम सम्बन्धमा परिणत भएको दाबी गरिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
भीमफेदी दुर्घटना : ईभी चालकको पहिचान खुल्यो
Latest NewsJust now

भीमफेदी दुर्घटना : ईभी चालकको पहिचान खुल्यो

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीनजिक भएको दुर्घटनामा परी मृत्यु भएका चालकको पहिचान खुलेको छ । ईभीका चालक सर्लाहीको कबिलासी नगरपालिका–८ निवासी रविशंकर कुमार मण्डल रहेको खुलेको हो । टिकाथलीबाट... ...

रातोपाटी
दाजुभाइले एकापसमा लगाए भाइटीका
Latest NewsJust now

दाजुभाइले एकापसमा लगाए भाइटीका

रुपन्देही समाचारदातारुपन्देही, कात्तिक २६ गते । तिहारको टीका लगाउन दिदीबहिनी र दाजुभाइ नै आवश्यक पर्छ भन्ने मान्यतालाई तोड्दै दाजुभाइ बीच नै टीका लगाएर रुपन्देहीका दुई बालकहरुले नय... ...

गोरखापत्र
इरानसँगको युद्धमा ट्रम्पको जितको दाबी, भने – ‘अमेरिका ९३ प्रतिशत होइन, पूर्ण जित चाहन्छ’
Latest NewsJust now

इरानसँगको युद्धमा ट्रम्पको जितको दाबी, भने – ‘अमेरिका ९३ प्रतिशत होइन, पूर्ण जित चाहन्छ’

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा जित हासिल भएको दाबी गर्दै अमेरिका ‘९३ प्रतिशत नभई पूर्ण जित’ चाहने बताएका छन्। भेट्रान्स डेका अवसरमा अमेरिकी सैनिकहरूको प्रशंसा गर्दै ट्रम्पले अमेरिकी... ...

रातोपाटी
एनपीएलमा कस्तो रह्यो डेभिड वार्नरको प्रदर्शन ?
Latest NewsJust now

एनपीएलमा कस्तो रह्यो डेभिड वार्नरको प्रदर्शन ?

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा विदेशी स्टार खेलाडीका रूपमा चर्चामा रहेका अस्ट्रेलियाका पूर्वकप्तान डेभिड वार्नरको प्रदर्शन मिश्रित देखिएको छ । चार खेल खेलेका वार्नरले ब्याटिङमा केही... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play