Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

इजरायल, सर्बिया र ब्राजिलको चुनावी नतिजाले अमेरिका र ट्रम्पलाई झट्का

Share:WhatsAppFacebookX (Twitter)Telegram
इजरायल, सर्बिया र ब्राजिलको चुनावी नतिजाले अमेरिका र ट्रम्पलाई झट्का
Photo / Coverage: केन्द्रबिन्दु

बर्लिन । अमेरिकामा नोभेम्बर ३ मा हुने मध्यावधि चुनाव नजिकिँदै गर्दा राष्ट्रपति डोनाल्ड ट्रम्पको राजनीतिक भविष्यबारे चासो बढेको छ । अमेरिकी मतदाताले मंगलबार संसद्का दुवै सदनका लागि प्रतिनिधि चयन गर्दै छन् । हाल संसद्का दुवै सदनमा ट्रम्पको रिपब्लिकन पार्टीको बहुमत छ । विश्वका अन्य देशमा भएका निर्वाचनका नतिजा सार्वजनिक भएका छन् । सर्बिया र ब्राजिलमा बहुसंख्यक मतदाताले वामपन्थी दल तथा नेताको पक्षमा मतदान गरेका छन् । यी नतिजाले अमेरिकी मध्यावधि चुनावलाई प्रत्यक्ष प्रभाव नपारे पनि सर्बियामा ‘स्टुडेन्ट लिस्ट’को विजय र ब्राजिलमा वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाको जित ट्रम्पका लागि सुखद खबर होइनन् । सर्बियाको नतिजाले ट्रम्पले निवर्तमान राष्ट्रपति अलेक्जान्डर वुचिचका रूपमा एक महत्त्वपूर्ण युरोपेली सहयोगी गुमाउने अवस्था सिर्जना गरेको छ । ब्राजिलमा भने ट्रम्पले फ्लाभियो बोल्सोनारो विजयी भएको हेर्न चाहेका थिए । सन् २०२२ मा लुलासँग पराजित हुनुअघि राष्ट्रपति रहेका जायर बोल्सोनारो र उनका छोरा फ्लाभियो दुवैलाई ट्रम्पले बलियो समर्थन गर्दै आएका थिए । सन् १९९० को दशकमा अमेरिकी उपराष्ट्रपति एल गोरका सञ्चार निर्देशक रहेका तथा अमेरिकी विदेश नीतिसम्बन्धी थिंक ट्यांक अमेरिकन फरेन पोलिसी काउन्सिलका वरिष्ठ फेलो लरेन्स जे. हासका अनुसार, ट्रम्प बोल्सोनारो बाबुछोरामध्ये कसैको हारबाट खुसी थिएनन् र लुलाप्रति पनि उनको कुनै आत्मीयता छैन । त्यसैले अमेरिका–ब्राजिल सम्बन्ध चिसै रहने उनको आकलन छ । निर्वाचन ‘धाँधलीपूर्ण’ भएको ट्रम्पको टिप्पणी ब्राजिलमा फ्लाभियो बोल्सोनारोमाथि भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान भइरहेको छ । चुनावमा पराजित भएपछि उनी देश छाडेर फ्लोरिडा पुगेका थिए । विचाराधीन कानुनी कारबाहीका बाबजुद अमेरिकी विदेश मन्त्रालयले उनलाई र उनका परिवारका सदस्यलाई प्रवेशाज्ञा दिएको थियो । बोल्सोनारोले चुनावी हारपछि मतदानमा अनियमितता भएको दाबी गरेका छन् । उनको यो प्रतिक्रिया सन् २०२० को अमेरिकी राष्ट्रपति चुनावमा जो बाइडेन र डेमोक्रेटिक पार्टीले धाँधली गरेर चुनाव जितेको भन्ने ट्रम्पको दाबीसँग मिल्दोजुल्दो छ । ट्रम्पले उक्त चुनावमा धाँधली भएको दाबी गर्दै आए पनि त्यसलाई पुष्टि गर्ने प्रमाण प्रस्तुत गर्न सकेका छैनन् । बोल्सोनारोको पराजयपछि ट्रम्पको प्रतिक्रिया पनि यस्तै रह्यो । अमेरिकी राष्ट्रपतिले सोमबार चुनावबारे टिप्पणी गर्दै भने, “स्पष्ट भन्नुपर्दा, यो अर्को धाँधलीपूर्ण चुनावजस्तो देखिन्थ्यो । चुनावहरू निर्विवाद हुनुपर्छ र मलाई यो अति नै नराम्रो लाग्यो ।” वुचिचसँग ट्रम्पको निकट सम्बन्ध अलेक्जान्डर वुचिचले सन् २०१७ देखि सर्बियाको सत्तामा पक्कड जमाएका थिए । निर्वाचनअघि प्रधानमन्त्री बन्ने उद्देश्यले उनले राष्ट्रपतिको पदबाट राजीनामा दिएका थिए ।यसअघि उनले सन् २०१४ देखि २०१७ सम्म पनि प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । वुचिचले आफू र राष्ट्रपति ट्रम्प समान विचारधाराका व्यक्ति भएको बताउँदै आएका थिए । ट्रम्पका जेठा छोरा डोनाल्ड जुनियरले नोभेम्बर २०२४ को अमेरिकी राष्ट्रपति चुनावअघि र त्यसको केही महिनापछि बेलग्रेड पुगेर वुचिचसँग भेट गरेका थिए । ट्रम्पको ‘मेक अमेरिका ग्रेट अगेन’ (मागा) आन्दोलनसँग निकट सम्बन्ध रहेको अमेरिकन कन्जर्भेटिभ पोलिटिकल एक्सन कन्फरेन्सले पनि नोभेम्बरमा बेलग्रेडमा बैठक आयोजना गर्ने घोषणा गरेको थियो । उक्त बैठकमा वुचिच मुख्य वक्ता रहने तय भएको थियो । यद्यपि, उनको चुनावी पराजयपछि कार्यक्रमको अवस्था के हुने भन्ने स्पष्ट छैन । वुचिच र ट्रम्पबीच अर्को समानता पनि छ, जुन हो- रुसप्रतिको सकारात्मक दृष्टिकोण । युरोपका अधिकांश राष्ट्रप्रमुखको तुलनामा वुचिचले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनप्रति नरम धारणा राख्दै आएका छन् । युक्रेनविरुद्ध रुसले आक्रमण सुरु गरेपछि युरोपेली संघका सदस्य राष्ट्रहरूले मस्कोमाथि प्रतिबन्ध लगाए पनि सर्बियाले त्यसलाई समर्थन गरेन । बेलग्रेडले अहिले पनि रुसबाट कच्चा पदार्थ खरिद गर्दै आएको छ । वुचिचको नेतृत्वमा रहेका सर्बियाका सरकारी सञ्चारमाध्यमले पनि युरोपेली संघको तुलनामा रुसको बढी सकारात्मक छवि प्रस्तुत गर्दै आएका छन् । ट्रम्प पनि पछिल्लो समय मस्कोतर्फ झुक्दै गएको देखिन्छ । उनका विशेष दूत स्टिभ विटकफले हालै पुटिनलाई मानवतावादीका रूपमा वर्णन गरेका थिए । ट्रम्पले पनि एक अन्तर्वार्तामा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगको तुलनामा पुटिनसँग आफ्नो सम्बन्ध राम्रो रहेको स्वीकार गरेका थिए । वुचिचको सत्ता अन्त्य हुनु ट्रम्पका लागि युरोपमा आफूजस्तै दृष्टिकोण राख्ने सीमित सहयोगीमध्ये एक गुमाउनु हो । इजरायलको चुनावी नतिजा इजरायलको निर्वाचनमा पनि ट्रम्पले चाहेजस्तो नतिजा आएन । प्रधानमन्त्री बेन्जामिन नेतन्याहू नेतृत्वको दक्षिणपन्थी गठबन्धन अगाडि देखिएको भए पनि नेतन्याहूका सहयोगी दलहरूले बहुमत गुमाएका छन् । प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको दक्षिणपन्थी–मध्यपन्थी लिकुड पार्टीले इजरायली संसद् नेसेटमा सबैभन्दा बढी २७ सिट जितेको छ । लिकुड र त्यसलाई समर्थन गर्ने दलहरूको गठबन्धनले कुल ५३ सिट जितेको छ । यो केन्द्रपन्थी ‘यशार पार्टीका गादी इसेनकोट नेतृत्वको प्रतिद्वन्द्वी गठबन्धनले जितेको ४८ सिटभन्दा बढी हो । तर, दुवै गठबन्धन नेसेटमा सरकार गठनका लागि आवश्यक स्पष्ट बहुमतबाट टाढा छन् । त्यसैले नेसेटका कुल १२० सिटमध्ये लिकुडले प्राप्त गरेको यो संख्या सबैभन्दा धेरै भए पनि सरकार गठनका लागि पर्याप्त छैन । नेतन्याहूको विरोध गर्ने अरब नेतृत्वका दलहरूले बाँकी १९ सिट जितेका छन्, जुन अहिलेसम्मकै उच्च संख्या हो । सरकार गठनको समीकरणमा यी दलहरूको भूमिका निर्णायक हुन सक्ने देखिएको छ । इरानविरुद्ध युद्ध सुरु गर्ने विषयमा समान धारणा राख्दै आएका ट्रम्प र नेतन्याहू लामो समयदेखि घनिष्ठ सहयोगी रहँदै आएका छन् । सन् २०१८ मा आफ्नो पहिलो कार्यकालका क्रममा ट्रम्पले इजरायलस्थित अमेरिकी दूतावास तेल अभिभबाट जेरुसेलम सारेका थिए । इजरायल र प्यालेस्टाइन दुवैले जेरुसेलमलाई आफ्नो राजधानी दाबी गर्दै आएकाले अमेरिकी निर्णय विवादास्पद बनेको थियो । नेतन्याहूको समूहले भने त्यसको स्वागत गरेको थियो । अहिले पनि अमेरिका इजरायलको सबैभन्दा ठूलो साझेदार हो भने इजरायल अमेरिकाका लागि महत्त्वपूर्ण क्षेत्रीय सहयोगी । इजरायलमा अर्को सरकार बनेमा दुई देशबीचको सम्बन्ध कस्तो हुनेछ भन्ने स्पष्ट छैन । नेतन्याहू सत्तामा कायम रहेमा भने सम्बन्धमा खासै परिवर्तन नआउने अनुमान गर्न सकिन्छ । अमेरिकी मध्यावधि चुनावमा ट्रम्पका लागि चुनौती वुचिचको पराजयले ट्रम्पले एक महत्त्वपूर्ण सहयोगी गुमाउने अवस्था बनेको छ भने लुलाको विजयले ब्राजिलमा उनको रुचिविपरीतको नेतृत्व कायम रहने भएको छ । यी दुवै नतिजा ट्रम्पका लागि अनुकूल छैनन् । यद्यपि, विदेश नीति विश्लेषक हासका अनुसार यी घटनाले अमेरिकी मध्यावधि चुनावको परिणाममा प्रत्यक्ष प्रभाव पार्ने सम्भावना छैन । “अमेरिकी मतदाताले आफूलाई प्रत्यक्ष असर पार्ने मुद्दा र सत्तामा रहेको दलप्रतिको आफ्नो धारणाका आधारमा मतदान गर्नेछन्,” हासले भने । तर, मध्यावधि चुनावअघि ट्रम्पको अवस्था घरेलु राजनीतिमा पनि सहज छैन । हासका अनुसार सन् १९४६ मा ह्यारी ट्रुम्यान राष्ट्रपति हुँदाको मध्यावधि चुनावयता कुनै पनि अमेरिकी राष्ट्रपतिको तुलनामा ट्रम्पको अनुमोदन दर यसपटक चुनावको पूर्वसन्ध्यामा सबैभन्दा कमजोर छ ।अमेरिकी मतदाताको प्रमुख चिन्ता जीवनयापनको बढ्दो लागत रहेको र उनीहरू अमेरिका–इरान युद्धको कडा विरोधमा रहेको हासको भनाइ छ । डीडब्ल्यूबाट

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मैवाखोलाका छ योजनामा निर्माण व्यवसायी छनोट
Latest NewsJust now

मैवाखोलाका छ योजनामा निर्माण व्यवसायी छनोट

साहारा लिम्बूताप्लेजुङ, कात्तिक १६ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले पालिका क्षेत्रमा सञ्चालन हुने छ वटा महत्वपूर्ण योजना कार्यान्वयनका लागि बोलपत्रमार्फत निर्माण व्यवसायी तथ... ...

गोरखापत्र
स्वास्थ्यका दृष्टिले चाडबाड
Latest NewsJust now

स्वास्थ्यका दृष्टिले चाडबाड

गत वर्षको दसैँमा अस्वस्थ मासु खाएकै कारण काठमाडौँस्थित बानेश्वरका विनोद बिरामी पर्नुभयो । उहाँले चाडबाडको बेला अस्पतालमै बिताउन पर्‍यो । साथै उपचारका लागि पैसा पनि खर्च गर्नु पर्‍य... ...

गोरखापत्र
राष्ट्रिय सभाका दुई समितिको बैठक आज बस्दै
Latest NewsJust now

राष्ट्रिय सभाका दुई समितिको बैठक आज बस्दै

काठमाडौँ । राष्ट्रिय सभाअन्तर्गतका सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र विधायन व्यवस्थापन समितिको बैठक आज बस्ने भएका छन् । सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा समितिले गरेको स्थलगत अनुगमनको प्रारम्भिक प्रतिवेदनमाथि छलफल हुनेछ। त्यसपछि अन्य विषयमा पनि छलफल गर्ने कार्यसूची छ । त्यस्तै, विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १: ३० बजे बस्नेछ। बैठकमा ऐन कार्यान्वयन ...

कर्पोरट खबर
जिशन अलाम कर्णाली याक्समा अनुबन्ध
Latest NewsJust now

जिशन अलाम कर्णाली याक्समा अनुबन्ध

• कर्णाली याक्सले तेस्रो नेपाल प्रिमियर लिगका लागि बंगलादेशका युवा ब्याटर जिशन अलामलाई अनुबन्ध गरेको छ। • जिशनको आगमनले कर्णाली याक्सको शीर्षक्रम बलियो हुने विश्वास व्यक्त गरिएको छ। • कर्णाली याक्सले प्रतियोगितामा प्रभावशाली सुरुवात गर्दै पहिलो दुई खेलमा जित निकालेको छ। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play