काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आन्दोलन र निर्वाचनको तयारीलाई सँगसँगै अघि बढाउने बताएका छन् । शनिबार पार्टी कार्यालय च्यासलमा बागमती प्रदेश कमिटीको तेश्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारका गलत कामलाई रोक्दै जनतामाझ जान आन्दोलन र निर्वाचनको तयारीलाई सँगसँगै अघि बढाउने बताएका हुन् । एमाले सिद्दियो भन्ने कुरालाई गलत प्रमाणित गर्न आन्दोलन र निर्वाचनबाट देखाउनुपर्ने उनको भनाइ छ । उनले देशको सबभन्दा सही विचार बोकेको, संगठित, प्रभावशाली र सबभन्दा कर्मठ र उज्यालो भविष्य भएको एमालेमात्रै भएको उल्लेख गरे । अध्यक्ष ओलीले पार्टीमाथि विभिन्न तर्फबाट संयुक्त आक्रमण गरिएको र यसमा सरकारको स्वेच्छाचारिता, अधिनायकवादी सोच तथा फाँसीवादतर्फको यात्रा स्पष्ट देखिएको आरोप समेत लगाए । राज्यका निकायहरूलाई राजनीतिक रूपमा प्रयोग गर्ने, समितिहरू गठन र छानबिनका नाममा अनावश्यक विवाद सिर्जना गर्ने तथा कतिपय पदहरूबाट हटाउने काम गरिएको अध्यक्ष ओलीले बताए । उनले पार्टीको जिम्मेवारीमा बसेर भोट बदल्छु भन्ने बेइमानी भएकाले पार्टीविरुद्ध गतिविधि गर्ने नेता कार्यकर्तालाई तत्काल कारबाही गर्न निर्देशन दिए ।
आन्दोलन र निर्वाचनको तयारीलाई सँगसँगै अघि बढाउँछौं -अध्यक्ष ओली

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






