Wednesday, November 11, 2026||
MultiKhabarMultiKhabar

आधुनिकताले फेरिँदै तिहारको संस्कृति

Share:WhatsAppFacebookX (Twitter)Telegram
आधुनिकताले फेरिँदै तिहारको संस्कृति
Photo / Coverage: केन्द्रबिन्दु

डडेल्धुरा । तिहार भन्नेबित्तिकै घरघरमा माटाका दियो बाल्ने, समूहमा देउसीभैलो खेल्ने र मौलिक लोकभाकामा गीत गुञ्जिने दृश्य सम्झनामा आउँछ । तर पछिल्लो समय तिहार मनाउने शैलीमा आएको परिवर्तनसँगै सुदूरपश्चिमको मौलिक देउसीभैलो परम्परा पनि विस्तारै हराउँदै जान थालेको छ । आधुनिक झिलीमिली बत्ती, डिजे र नयाँ मनोरञ्जनका माध्यमप्रति बढ्दो आकर्षण तथा युवाको पलायन र बसाइँसराइले परम्परागत देउसीभैलोको रौनक घट्दै गएको स्थानीयको अनुभव छ । डडेल्धुराको आलिताल गाउँपालिका–३ की ७० वर्षीया सरस्वती भट्टलाई पुरानो तिहारको सम्झना अझै ताजै छ । उनका अनुसार पहिले तिहारमा घरको मूलढोका, आँगन, तुलसीको मठ र गोठसम्म माटाका दियो बालेर उज्यालो बनाउने चलन थियो । साँझ परेपछि गाउँभरि दियोको उज्यालो र देउसीभैलोका मौलिक भाकाले छुट्टै उत्साह थप्ने गथ्र्यो । अहिले माटाका दियोको ठाउँ झिलीमिली बत्तीले लिँदै गएको र परम्परागत भाका पनि कम सुनिन थालेको उनी बताउँछिन् । त्यस्तै, नवदुर्गा गाउँपालिका–४ की शान्ति कुँवरलाई पनि पहिलेको देउसीभैलोको सामूहिक रमाइलो सम्झना छ । साथीभाइ मिलेर समूह बनाउने, गाउँका घरघरमा पुगेर गीत गाउने र घरपरिवारले गच्छेअनुसार धान, चामल, मकै तथा दक्षिणा दिने चलन रहेको उनी बताउँछिन् । त्यसरी सङ्कलन भएको अन्न र पैसाले साथीभाइ मिलेर रमाइलो गर्ने गरिन्थ्यो । अहिले भने त्यस्तो परम्परा र सामूहिकता कम हुँदै गएको उनको भनाइ छ । स्थानीय लोक तथा देउडा गायक सुधिर जैरुका अनुसार पहिले देउसीभैलोमा स्थानीय लोकभाका, परम्परागत बाजागाजा र भट्याउने शैलीलाई विशेष महत्व दिइन्थ्यो । गीतमार्फत घरपरिवारको सुख, शान्ति, समृद्धि र उन्नतिको कामना गरिन्थ्यो । तर अहिले डिजेमा आधुनिक गीत बजाएर नाच्ने प्रवृत्ति बढ्दा मौलिक भैलोको पहिचान कमजोर बन्दै गएको उनी बताउँछन् । देउसीभैलो मनोरञ्जन र दक्षिणा सङ्कलन गर्ने माध्यममात्र नभई सामाजिक सद्भाव, आपसी सम्बन्ध र सांस्कृतिक पहिचानसँग जोडिएको परम्परा हो । यसले गाउँघरमा विभिन्न उमेर समूहका मानिसलाई एकै ठाउँमा जोड्ने काम गर्दै आएको छ । संस्कृतिका जानकार कैलासकुमार पाण्डेका समयअनुसार चाडपर्व मनाउने शैली परिवर्तन हुनु स्वाभाविक भए पनि मौलिक परम्परा बिर्सन नहुने बताउँछन । नयाँ पुस्तालाई पुराना भाका, बाजागाजा र देउसीभैलोको सांस्कृतिक महत्वबारे जानकारी गराउँदै यसको अभ्यास र संरक्षणमा जोड दिनुपर्ने उनको भनाइ छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
राम्रो माला उन्ने प्रतियोगिता सम्पन्न
Latest NewsJust now

राम्रो माला उन्ने प्रतियोगिता सम्पन्न

अमरराज नहर्कीतनहुँ, कात्तिक २५ गते । स्थानीय उत्पादनको उपयोग र सिपको प्रवर्धन गर्ने उद्देश्यले तनहुँको शुक्लागण्डकी नगरपालिकाले राम्रो माला उन्ने प्रतियोगिता आयोजना गरेको छ । सयपत्... ...

गोरखापत्र
टीकामा सम्बन्धको शक्ति
Latest NewsJust now

टीकामा सम्बन्धको शक्ति

दिदीबहिनीको घरमा दाजुभाइ पुग्ने, निधारमा सप्तरङ्गी टीका लगाउने, मखमली र सयपत्रीको माला पहिरिने, ओखर फुटाउने, मिठामसिना परिकार खाने र एकअर्काको सुख, समृद्धि तथा दीर्घायुको कामना गर्ने दिन हो भाइटीका। वर्षभरि आआफ्नै काम र जिम्मेवारीमा व्यस्त रहने दाजुभाइ तथा दिदीबहिनीलाई एउटै ठाउँमा भेला गराउने यो पर्व नेपाली समाजको पारिवारिक जीवनसँग गहिरो गरी जोडिएको छ। भोलि कात्तिक २५ गते बुधबार देशभर भाइटीका मनाइँदै ...

नेपालन्युज
भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेमलाई अझ प्रगाढ बनाउँछ : प्रधानमन्त्री शाह
Latest NewsJust now

भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेमलाई अझ प्रगाढ बनाउँछ : प्रधानमन्त्री शाह

प्रधानमन्त्री वालेन्द्र शाहले भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास, आपसी सम्मान र आत्मीयतालाई अझ प्रगाढ बनाउन प्रेरणा प्रदान गर्ने बताएका छन्।  भाइटीकाको अवसरमा शुभकामना व्यक्त गर्दै उनले यस वर्षको पौराणिक मान्यताको पनि चर्चा गरेका छन्।  ‘पौराणिक मान्यताअनुसार कार्तिक शुक्ल द्वितीयाका दिन बहिनी यमुनाको निमन्त्रणामा यमराज उहाँको निवासमा... ...

नेपालखबर
मौरीको टोकाईबाट एकको मृत्यु
Latest NewsJust now

मौरीको टोकाईबाट एकको मृत्यु

मौरीको टोकाईबाट एकको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका–४ खैलारका ४३ वर्षीय वीर बहादुर थारुको मौरीको टोकाईबाट मंगलबार मृत्यु भएको हो । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play