Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

आत्महत्याका घटनालाई सनसनीपूर्ण नबनाउन पत्रकारलाई आग्रह

Share:WhatsAppFacebookX (Twitter)Telegram
आत्महत्याका घटनालाई सनसनीपूर्ण नबनाउन पत्रकारलाई आग्रह
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । आत्महत्या रोकथाममा सञ्चारमाध्यमको भूमिका प्रभावकारी बनाउने उद्देश्यले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सञ्चारकर्मीलाई आत्महत्यासम्बन्धी जिम्मेवार रिपोर्टिङका लागि अभिमुखीकरण दिएको छ । राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रको आयोजनामा सोमबार काठमाडौंको टेकुस्थित राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रमा ‘आत्महत्यासम्बन्धी जिम्मेवार मिडिया रिपोर्टिङ अभिमुखीकरण कार्यक्रम’ सम्पन्न भएको हो । कार्यक्रमको अध्यक्षता गर्दै स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. कृष्णप्रसाद पौडेलले मानसिक स्वास्थ्य मन्त्रालयको प्राथमिकतामा रहेको बताए । आत्महत्या रोकथामका लागि जनचेतना अभिवृद्धि, जोखिमको समयमै पहिचान र आवश्यक मनोसामाजिक तथा स्वास्थ्य सेवाको पहुँच विस्तारसँगै सञ्चारमाध्यमको जिम्मेवार भूमिका पनि उत्तिकै महत्त्वपूर्ण हुने उनको भनाइ थियो । कार्यक्रममा प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भुसालले आत्महत्यासम्बन्धी समाचार सम्प्रेषण गर्दा पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न सञ्चारकर्मीलाई आग्रह गरे । घटनालाई सनसनीपूर्ण ढङ्गले प्रस्तुत नगरी संवेदनशील, मर्यादित र जिम्मेवार भाषा तथा शैली अपनाउनुपर्नेमा उनले जोड दिए । अभिमुखीकरणमा मानसिक अस्पतालका प्रमुख कन्सल्टेन्ट साइक्याट्रिस्ट डा. अनन्त अधिकारीले आत्महत्यासम्बन्धी व्यवहार, जोखिमका सङ्केत र रोकथामका उपायबारे जानकारी गराए । समाचार लेख्दा घटनाको विस्तृत विवरण र प्रयोग गरिएको विधिभन्दा रोकथामका उपाय, सहयोगका उपलब्ध माध्यम तथा सकारात्मक सन्देशलाई प्राथमिकता दिनुपर्ने उनले बताए । त्यसैगरी राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रकी शाखा प्रमुख शीला श्रेष्ठले आत्महत्या रोकथामसम्बन्धी सञ्चारकर्मीका लागि मार्गदर्शन, २०८० का प्रावधानबारे जानकारी गराइन् । अभिमुखीकरणबाट सञ्चारकर्मीले आत्महत्यासम्बन्धी समाचार तथा सूचना सम्प्रेषण गर्दा तथ्यपरक, संवेदनशील र जिम्मेवार पत्रकारिताको अभ्यास गर्ने तथा आत्महत्या रोकथामका प्रयासमा सञ्चारमाध्यमको सकारात्मक भूमिका थप प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
जलवायु परिवर्तनको जोखिमविरुद्धको पूर्वसूचना प्रणालीमा नेपाललाई सघाउन स्विट्जरल्यान्ड इच्छुक
Latest NewsJust now

जलवायु परिवर्तनको जोखिमविरुद्धको पूर्वसूचना प्रणालीमा नेपाललाई सघाउन स्विट्जरल्यान्ड इच्छुक

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तन तथा हिमाली क्षेत्रका वातावरणीय समस्या समाधानमा स्विट्जरल्यान्डसँग सहकार्य गर्न नेपाल इच्छुक रहेको बताएका छन्। नेपाल भ्रमणमा रहेको स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पियरे आन्द्रे पेजको प्रतिनिधिमण्डलसँग राष्ट्रपति भवन शीतल निवासमा आज भएको शिष्टाचार भेटमा राष्ट्रपति पौडेलले जलवायु परिवर्तनबाट सिर्जित असर समाधानमा नेपाल सहकार्य... ...

नेपालखबर
सिकन्दर राजा पनि आउट भए
Latest NewsJust now

सिकन्दर राजा पनि आउट भए

काठमाडाैँ। नेपाल प्रिमियर लिग (एनपीएल)मा सोमबार जारी दोस्रो खेलमा चितवन राईनोजका सिकन्दर राजा आउट भएका छन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको खेलमा सिकन्दरले सुदूरपश्चिमसँगको खेलमा २० बलमा १ चौकासहित २०... ...

रातोपाटी
इनमको बयान : चोलेन्द्र श्रीमान् ‘मास्टरमाइण्ड’, मलाई ‘युज’ गरियो
Latest NewsJust now

इनमको बयान : चोलेन्द्र श्रीमान् ‘मास्टरमाइण्ड’, मलाई ‘युज’ गरियो

काठमाडौँ। सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) कसुरमा बिचौलिया इनम सापकोटा अहिले जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा छन्। पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरासँग ‘कनेक्सन’ देखिएपछि प्रहरीको विशेष ब्यूरोले उनलाई असोज १४ मा... ...

रातोपाटी
फ्लोरिडामा निजी जेट दुर्घटना हुँदा गाडीको ड्याशक्यामले खिचेको दृश्य
Latest NewsJust now

फ्लोरिडामा निजी जेट दुर्घटना हुँदा गाडीको ड्याशक्यामले खिचेको दृश्य

अमेरिकाको फ्लोरिडामा आइतवार भएको निजी जेट दुर्घटनाको दृश्य देखिने यो भिडिओ हेर्नुहोस्।अमेरिकाका यातायातमन्त्रीले विमानमा रहेका सबै नौ जनाको ज्यान गएको बताएका छन्।विमानबाहिर रहेकाहरूलाई भने कुनै चोट नलागेको बताइएको छ।यस घटनाबारे विस्तृतमा पढ्नुहोस्।बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू ...

बीबीसी नेपाली
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play