Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

आणविक क्षमता विस्तार गर्न किमको निर्देशन

Share:WhatsAppFacebookX (Twitter)Telegram
आणविक क्षमता विस्तार गर्न किमको निर्देशन
Photo / Coverage: केन्द्रबिन्दु

सोल । उत्तर कोरियाली नेता किम जोङ उनले विभिन्न सैन्य प्रयोजनका लागि आणविक हतियार प्रयोग गर्न सक्ने क्षमता विस्तार गर्न निर्देशन दिएका छन् । किमले बुधबार आणविक हतियार अनुसन्धान केन्द्रको निरीक्षणका क्रममा यस्तो निर्देशन दिएका हुन् । आणविक हतियार त्याग्न नसकिने बताउँदै आएको प्योङयाङले आफ्नो आणविक नीति थप सुदृढ बनाउने संकेत गरिरहेको छ । सरकारी सञ्चारमाध्यम कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) का अनुसार किमले आधुनिक युद्धमा सामरिक आणविक हतियारको महत्त्व र शत्रु राष्ट्रसँग सीमा जोडिएको अवस्थालाई ध्यानमा राख्दै विभिन्न सैन्य प्रयोजनमा तिनको प्रयोग गर्न सकिने क्षमता विकास गर्नुपर्ने बताए । किमले आणविक नीतिलाई राज्यको सार्वभौमिकताको प्रमुख आधार बताएका छन् । उनले आफ्नो देशको आणविक क्षमता वास्तविकता बनिसकेको उल्लेख गरे । अमेरिकाले दक्षिण कोरियालाई आणविक शक्तिबाट चल्ने पनडुब्बी प्राप्त गर्न प्रोत्साहित गरिरहेको आरोप पनि उनले लगाए । किमको पछिल्लो अभिव्यक्तिले अमेरिकासँगको आणविक वार्तामा उत्तर कोरियाको दृष्टिकोण परिवर्तन भएको क्युङनाम विश्वविद्यालयका प्राध्यापक लिम युल–चुलले बताए ।उनका अनुसार प्योङयाङले आणविक निःशस्त्रीकरणको सट्टा पारस्परिक आणविक खतरा र हतियार नियन्त्रणमा वार्ता सीमित गर्न खोजेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत अगस्टमा उत्तर कोरियासँग ५७ वटा आणविक हतियार रहेको बताएका थिए । दक्षिण कोरियाको अनुमानमा प्योङयाङसँग ८० देखि १२० वटासम्म आणविक हतियार छन् । सन् २०१९ मा हनोई शिखर सम्मेलन कुनै सम्झौताबिना समाप्त भएपछि अमेरिका र उत्तर कोरियाबीचको आणविक वार्ता अवरुद्ध छ । ट्रम्पले किमसँग चौथो भेट गर्ने इच्छा बारम्बार व्यक्त गर्दै आएका छन् । रासस/एएफपी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
गोरखाका सामुदायिक विद्यालयका २६६ विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण
Latest NewsJust now

गोरखाका सामुदायिक विद्यालयका २६६ विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण

गोरखा । गोरखा–हातेमालो वुमन्स ग्रुप अफ फाउण्डेशन र हिमालय फ्रेण्ड जर्मनीले गोरखाका दुई गाउँपालिकाका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरेका छन् । फाउण्डेशनले सिरानचोक र अजिरकोट... ...

रातोपाटी
सरकारी ठेक्कामा लापरबाही गर्ने सात कम्पनी कालोसूचीमा, कसलाई कति वर्ष प्रतिबन्ध ?
Latest NewsJust now

सरकारी ठेक्कामा लापरबाही गर्ने सात कम्पनी कालोसूचीमा, कसलाई कति वर्ष प्रतिबन्ध ?

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले सम्झौताअनुसार काम नगर्ने तथा लापरबाही गर्ने सातवटा निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । कार्यालयले मंसिर १० गते गरेको निर्णयअनुसार ती कम्पनीलाई एक वर्षदेखि दुई वर्ष छ महिनासम्म सार्वजनिक खरिद प्रक्रियामा सहभागी हुन नपाउने गरी प्रतिबन्ध लगाएको हो । शुक्रबार सूचना जारी गर्दै कार्यालयले मंसिर ११ गतेदेखि प्रतिबन्ध […] ...

लोकपथ
जनकपुर–अयोध्या खुल्यो रेलको टिकट
Latest NewsJust now

जनकपुर–अयोध्या खुल्यो रेलको टिकट

धनुषा समाचारदाता जनकपुरधाम, मङ्सिर ११ गते । भारत भ्रमणका क्रममा नेपालका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा उद्घाटन गरेको सरयू–कमला एक्... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement