काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५२ रुपैयाँ २३ पैसा छ। हिजो र अस्ती पनि अमेरिकी डलरको विनिमयदर यही थियो। गएको जेठ ७ गते अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो। त्यसैगरी आज युरो १ को खरिददर १६९ रुपैयाँ २२ पैसा र बिक्रीदर १६९ रुपैयाँ ८९ पैसा छ। हिजो युरो १ को खरिददर १६९ रुपैयाँ ८६ पैसा र बिक्रीदर १७० रुपैयाँ ५४ पैसा थियो। आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०३ रुपैयाँ ०७ पैसा र बिक्रीदर २०३ रुपैयाँ ८७ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०३ रुपैयाँ ६६ पैसा र बिक्रीदर २०४ रुपैयाँ ४७ पैसा थियो। आज अस्ट्रेलियन डलर १ को खरिददर १०६ रुपैयाँ ६४ पैसा र बिक्रीदर १०७ रुपैयाँ ०६ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०६ रुपैयाँ ६१ पैसा र बिक्रीदर १०७ रुपैयाँ ०३ पैसा थियो। त्यसैगरी आज कुवेती दिनार १ को खरिददर ४९१ रुपैयाँ ९१ पैसा र बिक्रीदर ४९३ रुपैयाँ ८६ पैसा छ। हिजो पनि कुवेती दिनारको विनिमयदर यही थियो। आज बहराइन दिनार १ को खरिददर ४०१ रुपैयाँ ६७ पैसा र बिक्रीदर ४०३ रुपैयाँ २६ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनार १ को खरिददर ४०१ रुपैयाँ ६२ पैसा र बिक्रीदर ४०३ रुपैयाँ २० पैसा थियो। त्यसैगरी भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ। आज स्वीस फ्र्याङ्क एकको खरिददर १८३ रुपैयाँ ७८ पैसा र बिक्रीदर १८४ रुपैयाँ ५१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ५१ पैसा र बिक्रीदर १०८ रुपैयाँ ९४ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११८ रुपैयाँ ६४ पैसा र बिक्रीदर ११९ रुपैयाँ ११ पैसा तोकिएको छ। त्यसैगरी आज जापानी येन १० को खरिददर नौ रुपैयाँ ६२ पैसा र बिक्रीदर नौ रुपैयाँ ६६ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ७९ पैसा र बिक्रीदर २२ रुपैयाँ ८८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ४० पैसा र बिक्रीदर ४० रुपैयाँ ५६ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ६२ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७८ पैसा कायम भएको छ। त्यसैगरी थाई भाट एकको खरिददर चार रुपैयाँ ४९ पैसा र बिक्रीदर चार रुपैयाँ ५१ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ २९ पैसा र बिक्रीदर ४१ रुपैयाँ ४५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५२ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ ३७ पैसा र बिक्रीदर ११ रुपैयाँ ४१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ४३ पैसा र बिक्रीदर १५ रुपैयाँ ४९ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ६४ पैसा र बिक्रीदर २२ रुपैयाँ ७३ पैसा तोकिएको छ। राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ३३ पैसा र बिक्रीदर १९ रुपैयाँ ४१ पैसा, ओमनी रियाल एकको खरिददर ३९३ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३९५ रुपैयाँ ३९ पैसा रहेको छ। राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध छ। हेर्नुहोस् सबै मुद्राको विनिमय दर
आज विदेशी मुद्राको भाउ कति ?

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु




