काठमाडौं । एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगितामा नेपालले आज पाकिस्तान ‘ए’सँग प्रतिस्पर्धा गर्दैछ। कतारको दोहास्थित युनिभर्सिटी अफ दोहा फर साइन्स एन्ड टेक्नोलोजी मैदानमा हुने समूह ‘बी’को खेल नेपाली समयअनुसार दिउँसो ३ बजेर ४५ मिनेटमा सुरु हुनेछ। प्रतियोगिताको समूह चरणमा दुई खेल खेलेको पाकिस्तान ‘ए’ अपराजित रहँदै चार अंकसहित तालिकाको शीर्ष स्थानमा छ। नेपालले भने दुईमध्ये एक खेलमा जित र एक खेलमा हार बेहोरेको छ। दुई अंक जोडेको नेपाल हाल समूहको तेस्रो स्थानमा रहेको छ। पाकिस्तान ‘ए’को नेट रनरेट १.०९० छ भने नेपालको नेट रनरेट ऋणात्मक २.४६१ रहेको छ। यस्तो अवस्थामा पाकिस्तान ‘ए’विरुद्धको खेल नेपालका लागि अंकतालिकामा आफ्नो स्थान सुधार गर्ने महत्त्वपूर्ण अवसर हुनेछ।
आज पाकिस्तान ‘ए’सँग भिड्दै नेपाल, जित निकाल्दै अंकतालिकामा सुधार गर्ने लक्ष्य

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






