Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

आज डलर, यूरो, पाउन्ड र दिनारको भाउ घट्यो

Share:WhatsAppFacebookX (Twitter)Telegram
आज डलर, यूरो, पाउन्ड र दिनारको भाउ घट्यो
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ। आज अमेरिकी डलर १ को खरिददर १५० रुपैयाँ ८७ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४७ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ १३ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७३ पैसा थियो। विगत केही दिनदेखि अमेरिकी डलरको मूल्य निरन्तर ओरालो लागिरहेको छ। गएको जेठ ७ गते अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो। त्यसैगरी आज युरो १ को खरिददर १६९ रुपैयाँ ४६ पैसा र बिक्रीदर १७० रुपैयाँ १३ पैसा छ। हिजो युरो युरो १ को खरिददर १७० रुपैयाँ १६ पैसा र बिक्रीदर १७० रुपैयाँ ८४ पैसा थियो। आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०३ रुपैयाँ ११ पैसा र बिक्रीदर २०३ रुपैयाँ ९२ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०३ रुपैयाँ ९० पैसा र बिक्रीदर २०४ रुपैयाँ ७१ पैसा थियो। आज अस्ट्रेलियन डलर १ को खरिददर १०५ रुपैयाँ ७९ पैसा र बिक्रीदर १०६ रुपैयाँ २१ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०६ रुपैयाँ ०३ पैसा र बिक्रीदर १०६ रुपैयाँ ४५ पैसा थियो। त्यसैगरी आज कुवेती दिनार १ को खरिददर ४९० रुपैयाँ ०८ पैसा र बिक्रीदर ४९२ रुपैयाँ ०३ पैसा छ। हिजो कुवेती दिनार १ को खरिददर ४९० रुपैयाँ ९२ पैसा र बिक्रीदर ४९२ रुपैयाँ ८७ पैसा थियो। आज बहराइन दिनार १ को खरिददर ३९९ रुपैयाँ ८९ पैसा र बिक्रीदर ४०१ रुपैयाँ ४८ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनार १ को खरिददर ४०० रुपैयाँ ६१ पैसा र बिक्रीदर ४०२ रुपैयाँ २० पैसा थियो। त्यसैगरी भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ। राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध छ। हेर्नुहोस् सबै मुद्राको विनिमय दर

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एनपीएलमा आज कर्णाली र सुदूरपश्चिम तथा चितवन र पोखरा भिड्ने
Latest NewsJust now

एनपीएलमा आज कर्णाली र सुदूरपश्चिम तथा चितवन र पोखरा भिड्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज पनि दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा कर्णाली याक्स र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुनेछ । तीन खेल खेलेको कर्णाली याक्स अंक तालिकाको तेस्रो स्थानमा छ । उसले तीन खेल खेलेकोमा २ मा जित र एकमा हार बेहोरेको छ । पहिलो खेलमा काठमाडौंसँग ...

केन्द्रबिन्दु
जलवायु वित्त अनुदानभन्दा ऋण दोब्बर
Latest NewsJust now

जलवायु वित्त अनुदानभन्दा ऋण दोब्बर

जलवायु वित्त भन्नाले जलवायु परिवर्तनलाई सम्बोधन गर्न न्यूनीकरण र अनुकूलन प्रयासमार्फत विनियोजन गरिने वित्तीय स्रोतहरूलाई बुझाउँछ । यस्ता वित्तीय प्रवाहले हरितगृह ग्यास उत्सर्जन घटा... ...

गोरखापत्र
प्रस्तावित चार न्यायाधीशको जुरीकर्तासँग छलफल हुँदै
Latest NewsJust now

प्रस्तावित चार न्यायाधीशको जुरीकर्तासँग छलफल हुँदै

काठमाण्डु – सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशका उजुरीकर्तासँग संसदीय सुनुवाइ समितिले शुक्रबार छलफल गर्दैछ । प्रस्तावित चार न्यायाधीशविरुद्ध १३ वटा उजुरी परेका छन् । समितिको बिहीबारको बैठकमा प्रस्तावित चार न्यायाधीशहरू रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीविरुद्ध परेको उजुरी खोलिएको थियो । न्याय परिषद्ले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको नाम सिफारिस […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play