एप्पलको फोल्डेबल स्मार्टफोन आईफोन डुओ बजारमा आएको करिब दुई साता भएको छ। यस अवधिमा उक्त फोनका लागि एपको उपलब्धता चर्चाको विषय बनेको छ। एप्पलले अहिले एप स्टोरमा आईफोन डुओका लागि एक लाखभन्दा बढी एप तयार भइसकेको जनाएको छ। कम्पनीका अनुसार प्रत्येक दिन हजारौँ नयाँ अप्टिमाइज गरिएका एप थपिँदै छन्। एप्पलकी विश्वव्यापी डेभलपर सम्बन्ध विभागकी उपाध्यक्ष सुसान प्रेस्कटले डेभलपरहरूले नयाँ फोनलाई तीव्र गतिमा आत्मसात् गरिरहेको बताएकी छन्। हालै आईफोन डुओका लागि अप्टिमाइज गरिएका एपहरूमा माइक्रोसफ्टका एक्सेल, वननोट, पावरपोइन्ट र वर्डका साथै एट्सी, गुडनोट्स, हेलाइड मार्क थ्री, एनबीए, एनएचएल, जुम, अमेजन प्राइम भिडियो, फ्यान्टास्टिकल, फ्लाइटि, इन्स्टाग्राम, एमएलबी, नेटफ्लिक्स, स्मार्टजिम, ह्वाट्सएप र युट्युब रहेका छन्। अप्टिमाइज गरिएका एपको एप स्टोरमा रहेको विवरण पृष्ठमा ‘मेड फर आईफोन डुओ’ ब्याज देखिनेछ। जीएसएसएरिनाका अनुसार एप्पलले एप विकासको गति बढाउन विभिन्न कार्यशाला पनि सञ्चालन गरिरहेको छ। कम्पनीका अनुसार पछिल्लो एक महिनामा १९ सहरमा ५० भन्दा बढी प्रत्यक्ष कार्यशाला आयोजना गरिएका छन्। ती कार्यशालामा कुल दुई हजारभन्दा बढी डेभलपर सहभागी भएका थिए। स्ट्यान्डर्ड स्विफ्टयूआई र यूआईकिट कम्पोनेन्ट प्रयोग गरेर बनाइएका एपहरू फोनका दुवै डिस्प्लेअनुसार स्वतः अनुकूल हुन सक्छन्। त्यस्तै, आफ्नै लेआउट र फोनको बीचको हिन्जको अवस्थाअनुसार एप तयार गर्न नयाँ एपीआई पनि उपलब्ध गराइएको छ। पुराना एप संस्करणहरू पनि फोनमा चल्छन्। तर पूर्ण रूपमा अप्टिमाइज गरिएका एपले जस्तै ती एपले भित्री डिस्प्लेको सम्पूर्ण भाग प्रयोग गर्न भने सधैँ सक्दैनन्। एप स्टोरमा लाखौँ एप उपलब्ध रहेकाले अझै धेरै एप आईफोन डुओका लागि अप्टिमाइज हुन बाँकी छन्। उदाहरणका लागि, गुगल म्याप्सले भर्खरै मात्र आईफोन डुओसँग पूर्ण रूपमा मिल्ने अपडेट प्राप्त गरेको छ। एप्पलले आगामी दिनमा एप अपडेट हुने गति अझ तीव्र हुँदै जाने अपेक्षा गरेको छ। The post आईफोन डुओका लागि एक लाखभन्दा बढी एप अप्टिमाइज गरिएको एप्पलको भनाइ appeared first on Technology Khabar.
आईफोन डुओका लागि एक लाखभन्दा बढी एप अप्टिमाइज गरिएको एप्पलको भनाइ

Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर






