Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै ‘सझुका अरख’ सम्पन्न

Share:WhatsAppFacebookX (Twitter)Telegram
अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै ‘सझुका अरख’ सम्पन्न
Photo / Coverage: केन्द्रबिन्दु

महोत्तरी। लोकआस्थाको महापर्व छठको ‘सझिया अरख’ आइतबार साँझ सम्पन्न गरिएको छ। मधेसका महोत्तरीसहितका मिथिला क्षेत्रमा आज कार्तिक शुक्ल षष्ठी तिथिको निराहार उपवास गरेका व्रतालुले अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिएसँगै ‘सझिया अरख’ विधि सम्पन्न भएको हो। नदी, तलाउ र कुण्डसहितका जलाशयमा निर्मित मनोरम घाटमा व्रतालुले आज साँझ अस्ताउँदा सूर्यलाई पहिलो अर्घ्य दिएका हुन्। सम्पूर्ण मिथिला क्षेत्रमा आज साँझ ५:१० बजेको समयमा सूर्यास्त भएको छ। सूर्यास्तको बेला पारेर सूर्यदेव र छठीदेवीको महिमा गान गरिएका मङ्गलगानका बीच पहिलो अर्घ्यको विधि सम्पन्न भएको हो। मिथिलामा चाडपर्वबारे निर्णय लिइने मिथिला र विद्यापति पञ्चाङ्गअनुसार अर्घ्यकाे समय निर्धारण गरिन्छ। आजको ‘सझिया अरख’ को समय यसैअनुसार निर्धारण भएको मैथिल कर्मकाण्डका ज्ञाता बर्दिबास-२ का बासिन्दा पण्डित दिनेशकुमार झाले बताए। कार्तिक शुक्ल षष्ठी तिथिमा भगवान सूर्य र देवी षष्ठीको उपासना गरिने यो पर्वमा व्रतालुले पहिलो अर्घ्य अस्ताचलगामी (अस्ताउँदो) सूर्यलाई दिने परम्परा छ । अर्घ्य दिन एक घडीपूर्वदेखि जलाशयमा कम्मरसम्मको पानीमा उभिएर प्रार्थना गर्दै व्रतालुले सूर्यास्त कुरेका थिए। जटासहितको नरिवल, अविर र अरबा चामलको पिठो हातमा लिएर सूर्यदर्शन गर्दै अर्घ्य दिइन्छ। व्रतालुले यससँगै क्रमश: छठका लागि बनाएका ठकुवा, भुसुवासहित मिष्टान्नका डाली, केरा र अन्य फलफूल सूर्यलाई देखाउँछन्। कार्तिक शुक्ल चौथीका दिन सुरु भएको छठ उत्सवमा यसअघि व्रतालुले पहिलो दिन चौथी तिथिमा ‘नहाय-खाय’ र दोस्रो दिन पञ्चमी तिथिमा ‘खरना’ सम्पन्न गरिसकेका छन् । खरनाका दिन मध्यरातपूर्व सख्खर, दूध र अरबा चामलको खिर खाएर व्रत प्रारम्भ गरेका व्रतालुले आज साँझ अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिएका हुन् । मिथिलामा यस दिनलाई ‘सझियाघाट’ पनि भनिन्छ। अब व्रतालुले भोलि सप्तमी तिथिका बिहान उदाउँदो सूर्यलाई दोस्रो अर्घ्य दिएर पर्व सम्पन्न गर्नेछन् । मिथिलामा भोलि सोमबार बिहान ६:२६ बजे सूर्योदय हुने पञ्चाङ्गमा उल्लेख छ । सूर्योदयको यो समयमा पनि व्रतालु एक घडी (साढे दुई घण्टा) पहिले पानीमा पसेर सूर्यलाई चाँडै देखिन प्रार्थना गर्छन्। बिहानको अर्घ्यसँगै महापर्व छठ सम्पन्न हुन्छ। बिहानको अर्घ्य दिने दिनलाई ‘भोरका अरख’ वा ‘पारन’ भन्ने चलन रहेको पण्डित झाले जानकारी दिए। उनका अनुसार पर्व सम्पन्न भएसँगै व्रतालु घर फर्केर आशामुखी, दीनदुखीलाई दान दिएर प्रसाद ग्रहण गर्छन् । त्यसपछि प्रसाद खाने खुवाउने क्रम सुरु हुन्छ। मिथिलामा छठ प्रसाद महिना दिनभरिसम्म छोरीचेली, मित र अन्य इष्टमित्र कहाँ पुर्‍याउने चलन छ । सूर्यदेव र षष्ठीदेवी मिथिलामा इच्छित कामना पूरा गर्ने इष्टदेव/देवी मानिन्छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
युवराज साम्रा ८९ रनमा आउट
Latest NewsJust now

युवराज साम्रा ८९ रनमा आउट

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल)मा आइतबारको दोस्रो खेलमा पोखरा एभेन्जर्सका युवराज साम्राले ८९ रन बनाएर आउट भएका छन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा काठमाण्डु गोर्खाजसँगको खेलमा उनले ५५ बलमा ५... ...

रातोपाटी
नेपाल भ्रमणमा नेपथ्य
Latest NewsJust now

नेपाल भ्रमणमा नेपथ्य

काठमाडौँ । सिक्किम र नेपालका पूर्वी भेगको यात्रा सकेर भर्खरै फर्किएको नेपथ्य ब्यान्डले फेरि नेपाल यात्राको थालनी गर्ने भएको छ । अबको यात्रा ठुला सहरमा नभई ग्रामीण बस्ती अनि मझौला... ...

रातोपाटी
शतकबाट एक रनले चुके कुशल भुर्तेल
Latest NewsJust now

शतकबाट एक रनले चुके कुशल भुर्तेल

पोखरा एभेन्जर्सका कुशल भुर्तेलले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजविरुद्ध शतक नजिक पुगेर आउट भएका छन्।  कुशल ९९ रनमा आउट भएका हुन्। ५१ बलमा आठ चौका र आठ छक्काको सहयोगमा ९९ रन बनाएका उनी करण केसीको बलमा विकेट किपरको हातबाट आउट हुन पुगे।  अहिलेसम्म एनपीएलमा नेपाली खेलाडी शतक बनाउन सकेका छैनन्। यसअघि लुम्बिनी लायन्सका रोहित पौडेलले... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play