Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

असोज मसान्तसम्म सार्वजनिक ऋण ३० खर्ब नौ अर्ब पुग्यो, ब्याज भुक्तानी करिब एक खर्ब

Share:WhatsAppFacebookX (Twitter)Telegram
असोज मसान्तसम्म सार्वजनिक ऋण ३० खर्ब नौ अर्ब पुग्यो, ब्याज भुक्तानी करिब एक खर्ब
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिना (असोज मसान्त) सम्ममा मुलुकमा सार्वजनिक ऋणको साँवा खर्च तथा ब्याज भुक्तानीमा रु ९८ अर्ब ८७ करोड ३५ लाख भुक्तानी गरेको छ । सरकारले यस शीर्षकमा चालु आर्थिक वर्षका लागि रु चार खर्ब १७ अर्ब ८८ करोड विनियोजन गरेकामा सो रकम तीन महिनामा भुक्तानी गरेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको हो । कार्यालयले चालु आर्थिक वर्षको असोज मसान्तसम्म अवधिमा दायित्व रु ३० खर्ब नौ अर्ब ११ करोड पुगेको जनाएको छ । सार्वजनिक ऋण सरकारको आम्दानी एवं दायित्वको स्रोत हो । सरकारले सार्वजनिक ऋणमार्फत विकास परियोजना तथा दैनिक कार्य सञ्चालनका लागि खर्च व्यवस्थापन गर्ने कार्यालयका अधिकृत कृष्णप्रसाद शर्माले जानकारी दिए । उक्त कार्यालयले सार्वजनिक ऋणको लागत र वित्तीय जोखिम कम गर्दै ऋण दायित्वलाई दिगो रूपमा व्यवस्थापन गर्दै आएको छ । कूल सार्वजनिक ऋणमा २०८३ साउन १ गतेदेखि प्रथम त्रैमासिकको अवधिमा वैदेशिक ऋणको हिस्सा ५३.१३ प्रतिशत तथा आन्तरिक ऋणको हिस्सा ४६.८७ प्रतिशत रहेको छ । जुन कूल ग्राहस्थ्य उत्पादनको करिब ४६ प्रतिशत रहेको उनले जानकारी दिए । सार्वजनिक ऋण व्यवस्थापनमा ऋण उठाउने, ग्यारेन्टी गर्ने, ऋणको चुक्ता गर्ने एवं ऋणको पुन संरचनासँग सम्बन्धित कार्य पर्दछ । आन्तरिक ऋणलाई अल्पकालीन स्रोत मानिएको छ । यसअन्तर्गत ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक तथा वैदेशिक रोजगार बचतपत्रलाई लिइएको छ । दीर्घकालीन स्रोतका रूपमा बाह्य ऋणलाई लिने गरिन्छ । यसअन्तर्गत ऋण विश्व बैंक, एसियाली विकास बैंकलगायत अन्तरराष्ट्रिय सङ्घ संस्था तथा विदेशी सरकारबाट लिने गरिन्छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
वडाध्यक्षको निधन
Latest NewsJust now

वडाध्यक्षको निधन

कपिलवस्तु समाचारदाता कपिलवस्तु, मङ्सिर १ गते । कपिलवस्तुको महाराजगन्ज नगरपालिकाका वडाध्यक्ष रामरुप बढईको निधन भएको छ । महाराजगन्ज नगरपालिका–७ का वडाध्यक्ष बढईको मुटुसम्बन्धी रोगबाट... ...

गोरखापत्र
कर दिवसमा विभागको १५ बुँदे सङ्कल्प : ६० प्रतिशत बेरुजु यही वर्ष फर्छ्यौट
Latest NewsJust now

कर दिवसमा विभागको १५ बुँदे सङ्कल्प : ६० प्रतिशत बेरुजु यही वर्ष फर्छ्यौट

काठमाडौँ । राष्ट्रिय कर दिवस, २०८३ को उपलक्ष्यमा आन्तरिक राजस्व विभागले कर प्रणालीको रूपान्तरण, प्रविधिमा नवप्रवर्तन र सेवामा सुशासन कायम गर्ने लक्ष्यसहित १५ बुँदे सङ्कल्प सार्वजनिक गरेको छ । विभागका महानिर्देशकद्वारा... ...

रातोपाटी
स्पेनमा आप्रवासीको लहर, क्यानरी टापूहरुमा दुई दिनमै २२ सय आप्रवासी आइपुगे
Latest NewsJust now

स्पेनमा आप्रवासीको लहर, क्यानरी टापूहरुमा दुई दिनमै २२ सय आप्रवासी आइपुगे

म्याड्रिड । स्पेनको क्यानरी टापुहरुमा गएका दुई दिनमा डुङ्गामार्फत करिब २,२०० आप्रवासीहरू पुगेका छन्। स्पेनको समुद्री उद्धार सेवाले आइतबार यो जानकारी दिएको हो। उत्तरपश्चिम अफ्रिका नजिकै रहेको यो टापु समूह मुख्यतया पश्चिम अफ्रिकाबाट जोखिमपूर्ण एट्लान्टिक सागर पार गरी अस्थायी डुङ्गामार्फत आउने आप्रवासीहरूको प्रमुख प्रवेशद्वार हो। गृह मन्त्रालयका अनुसार जनवरीदेखि अक्टोबरको अन्त्यसम्ममा समुद्रमार्फत स्पेन आइपुगेका २८,००० भन्दा बढी मानिसहरूमध्ये १३,००० भन्दा बढी ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play