विवापञ्चमी महोत्सवमा जन्ती बनेर आउन अयोध्यामा तिलकोत्सव गरिएको छ । जनकपुरधामबाट भार लिएर अयोध्या पुगेका ५२ सदस्यीय टोलीले अयोध्यामा आईतबार आज) विधिपूर्वक तिलकोत्सव विधि सम्पन्न गरेको छ । जनकपुरधाम उपमहागरपालिकाका मेयर मनोज कुमार साहले माता सीताको अभिभावक सरह भगवान रामको अभिभावकका रुपमा रहेका अयोध्याका मेयर घ्रीसपाठ तीवारीलाई आमन्त्रण पत्र दिएका छन् । उनले धार्मिक विधि सम्पन्न गर्दै जन्ती बनेर विवहापञ्चमी महोत्सवमा सहभागी हुन निमन्त्रणा दिएका छन् । तिलकोत्सव समारोहमा मिथिलाको परम्परा अनुसार जनकपुरधामका महिला टोलीले पारम्परीक गीत प्रस्तुत गरेका थिए । समारोहमा भगवान राम र माता सीताको स्वरुप तयार गरी पूजा गरिएको थियो । सोअवसरमा जनकपुरधाम उपमहानगरपालिकाका मेयर साहले अयोध्या जनकपुरधाम रेल सुरु भएकोले यस वर्ष विगतका वर्षहरु भन्दा बढि श्रद्धालु महोत्सव हेर्न जनकपुरधाम आउने विश्वास व्यक्त गरे । त्यस्तै अयोध्याका मेयर तिवारीले दुबै देशबीचको सम्बन्ध पौराणिक र अटुट भएको उल्लेख गरे । यही मंसिर २८ गत्ते हुने विवाहपञ्चमी महोत्सवका लागि धुमधामका साथ जनकपुरधाममा तयारी भइरहेको छ । प्रत्येक वर्ष अयोध्याबाट जन्ती बोलाउनका निम्ति अयोध्यामा तिलकोत्सव कार्यक्र गरिन्छ ।
अयोध्यामा तिलकोत्सव सम्पन्न, विवाहपञ्चमीमा जन्ती बनेर आउन निम्तो दिइयो

Read Complete Original Article
Published originally on पर्दाफास






