Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

अयोध्याबाट आएको सरयू–कमला एक्सप्रेस जनकपुरधाममा, हजारभन्दा बढी तीर्थयात्री

Share:WhatsAppFacebookX (Twitter)Telegram
अयोध्याबाट आएको सरयू–कमला एक्सप्रेस जनकपुरधाममा, हजारभन्दा बढी तीर्थयात्री
Photo / Coverage: केन्द्रबिन्दु

जनकपुरधाम । भारतको अयोध्याबाट जनकपुरधामका लागि सञ्चालन गरिएको सरयू–कमला एक्सप्रेस रेल मंगलबार बिहान जनकपुरधाम आइपुगेको छ। नेपालका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार नयाँ दिल्लीबाट संयुक्त रूपमा भर्चुअल माध्यमबाट उद्घाटन गरेपछि रेल सेवा सुरु भएको हो। सोमबार दिउँसो १२ः३० बजे अयोध्याबाट प्रस्थान गरेको रेल मंगलबार बिहान पौने १० बजे जनकपुरधाम आइपुगेको हो। १७ डब्बा रहेको रेलमा एक हजारभन्दा बढी तीर्थयात्री आएको अनुमान नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीले गरेका छन्। जनकपुरधाम आइपुगेका रेल तथा तीर्थयात्रीलाई सरकारी प्रतिनिधि, जनप्रतिनिधि र स्थानीयवासीले नेपाल तथा भारतका राष्ट्रिय झण्डा फहराउँदै स्वागत गरेका छन्। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव र संघीय श्रममन्त्री रामजी यादवले समेत रेलमा आएका यात्रु तथा भारतीय प्रतिनिधिमण्डलको स्वागत गरेका छन्। स्वागतका क्रममा फूलमाला, परम्परागत झाँकी तथा विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो। नेपाल–भारतबीचको धार्मिक, सांस्कृतिक तथा परम्परागत रोटीबेटी सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले जनकपुरधाम–अयोध्या रेल सेवा सञ्चालन गरिएको हो। भगवान् रामको जन्मभूमि अयोध्या र माता जानकीको माइती जनकपुरधामलाई जोड्ने यस सेवाले दुई देशबीच धार्मिक पर्यटन तथा तीर्थाटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। जनकपुरधाम पुगेका तीर्थयात्रीले जानकी मन्दिरलगायत धार्मिक स्थलमा पूजाआजा तथा दर्शन गर्ने कार्यक्रम रहेको छ। जानकी मन्दिरका सहायक महन्त रामरोशन दासका अनुसार तीर्थयात्रीका लागि दर्शन तथा पूजाको व्यवस्था मिलाइएको छ। रेल दिउँसो १ बजेसम्म अयोध्याका लागि फर्किने कार्यक्रम रहेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
बीपी विचारमा फर्किए मात्रै बन्छ कांग्रेस
Latest NewsJust now

बीपी विचारमा फर्किए मात्रै बन्छ कांग्रेस

नेपाली कांग्रेस केवल एउटा राजनीतिक दल होइन, यो नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहास, संघर्ष, बलिदान र जनताको भरोसासँग जोडिएको ऐतिहासिक संस्था हो । यसको स्थापना कुनै व्यक्ति वा समूहको राजनीतिक महत्त्वाकांक्षा... ...

रातोपाटी
‘स्मृतिका प्रतिविम्ब : देवी पोख्रेल’ सार्वजनिक
Latest NewsJust now

‘स्मृतिका प्रतिविम्ब : देवी पोख्रेल’ सार्वजनिक

एमाले नेता स्वर्गीय देवी पोख्रेलको जीवनी र राजनीतिक तथा सामाजिक योगदानलाई समेटेर प्रकाशन गरिएको पुस्तक गरिएको छ । उनी एमाले महासचिव शंकर पोख्रेलका दाजु हुन् । ...

कान्तिपुर
जब गुञ्जियो राल्फाका गीतहरू
Latest NewsJust now

जब गुञ्जियो राल्फाका गीतहरू

सम्झना आइरहन्छ... गइरहन्छ...। जीवन हो, जीवन चलुञ्जेल जीवनका दिन–पलसँगै सम्झना जोडिएको छ । बेला–कुबेला, जतिसुकै बेला सम्झना आइरहन्छ । र, आएपछि बसिरहँदैन फेरि गइहाल्छ । सम्झनाको कुनै... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement