काठमाडौं । अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीले प्रतिनिधिसभामा बहुमत हासिल गर्ने सीबीएस, सीएनएनलगायत सञ्चारमाध्यमले प्रक्षेपण गरेका छन् । सीबीएसका अनुसार, डेमोक्रेटहरूले कम्तीमा २१८ सिट जित्ने अनुमान छ भने रिपब्लिकनहरूले कम्तीमा १६० सिट जित्ने प्रक्षेपण गरिएको छ । डेमोक्रेटहरूले दक्षिण क्यारोलाइनामा पनि सिनेट सिट जित्दै रिपब्लिकनबाट दोस्रो सिट खोसेका छन् । यसपटक प्रतिनिधिसभाका सबै ४३५ र सिनेटका १०० मध्ये ३५ सिटका लागि मतदान भएको छ । साथै, विभिन्न राज्यमा गभर्नरसहितका पदका लागि पनि चुनाव भएको छ । नर्थ क्यारोलाइना डेमोक्रेटको पक्षमा अमेरिकामा मंगलबार भएको मध्यावधि निर्वाचनको नतिजा आउन थालेको छ । नर्थ क्यारोलाइनामा डेमोक्रेटिक उमेदवार तथा पूर्वगभर्नर रोय कूपरले रिपब्लिकन उमेदवार माइकल वाटलीलाई पराजित गर्दै सिनेट सिट जितेका छन् । कूपरले तेस्रो कार्यकालका लागि चुनाव नलड्ने घोषणा गरेका रिपब्लिकन सिनेटर थोम टिलिसको स्थान लिनेछन् । राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘ठूलो र सुन्दर विधेयक’प्रति असहमति जनाउँदै टिलिसले चुनावबाट बाहिरिने निर्णय गरेका थिए । पछिल्ला तीनवटा राष्ट्रपतीय चुनावमा ट्रम्पलाई समर्थन गरेको नर्थ क्यारोलाइनामा कूपरको जित डेमोक्रेटिक पार्टीका लागि महत्वपूर्ण उपलब्धि हो । एसोसिएटेड प्रेस (एपी)का अनुसार, जर्जियामा डेमोक्रेटिक सिनेटर जोन ओसोफ पनि पुनः निर्वाचित भएका छन् । उनले रिपब्लिकन उमेदवार तथा प्रतिनिधिसभा सदस्य माइक कोलिन्सलाई पराजित गरेका हुन् । यसैगरी, डेलावेयरमा क्रिस कुन्स, म्यासाचुसेट्समा एड मार्की र न्यु ह्याम्पसायरमा क्रिस पापासले सिनेट चुनाव जितेका छन् । पापासले रिपब्लिकन उमेदवार जोन सुनुनुलाई पराजित गरेका हुन् । डीडब्ल्यू
अमेरिकी प्रतिनिधिसभामा डेमोक्रेटको बहुमत आउने सीबीएस र सीएनएनको प्रक्षेपण, नर्थ क्यारोलाइना डेमोक्रेटको पक्षमा

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु





