Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

अमेरिकी निर्भरता घटाउन क्यानाडाको नयाँ बजेट

Share:WhatsAppFacebookX (Twitter)Telegram
अमेरिकी निर्भरता घटाउन क्यानाडाको नयाँ बजेट
Photo / Coverage: केन्द्रबिन्दु

क्यानाडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको संरक्षणवादी व्यापार नीतिबाट अर्थतन्त्र प्रभावित भएपछि क्यानाडाले अमेरिकामाथिको निर्भरता घटाउँदै व्यापारिक सम्बन्ध विविधीकरण गर्ने लक्ष्यसहित नयाँ बजेट सार्वजनिक गरेको छ । प्रधानमन्त्री मार्क कार्नी सरकारले बिहीबार प्रस्तुत गरेको बजेटलाई ‘आफ्नो भविष्यको निर्णय आफैँ गर्ने’ योजना नाम दिइएको छ । उनले क्यानाडा र अमेरिकाबीचको सम्बन्ध स्थायी रूपमा परिवर्तन भइसकेको भन्दै ट्रम्प प्रशासनअघिको शुल्कमुक्त व्यापारिक अवस्था फर्कने सम्भावना नरहेको बताएका छन् । अर्थमन्त्री फ्राँस्वा–फिलिप शाम्पेनका अनुसार बजेटको मुख्य उद्देश्य घरेलु व्यापार प्रवद्र्धन र अन्तर्राष्ट्रिय साझेदारी विविधीकरण गर्नु हो । बजेटले ऊर्जा उत्पादन, महत्त्वपूर्ण खनिज उत्खनन र पूर्वाधार विकासलाई प्राथमिकता दिँदै अमेरिकी भन्सार शुल्कबाट प्रभावित अटोमोबाइल तथा स्टिल उद्योगका श्रमिकलाई सहयोग गर्ने योजना अघि सारेको छ । अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले पराजय भोगेपछि क्यानाडामाथि लगाइएका भन्सार शुल्कको भविष्य थप अनिश्चित बनेको छ । डेमोक्रेटिक पार्टीका सांसद जेमी रास्किनले आफ्नो पार्टीले शुल्क हटाउने र क्यानाडासँगको सम्बन्ध सुधार्ने बताएका छन् । तर, क्यानाडाका व्यापारमन्त्री डोमिनिक लेब्लाङ्कले शुल्कसम्बन्धी वार्ता अमेरिकी कङ्ग्रेससँग नभई ह्वाइट हाउससँग हुने स्पष्ट पारेका छन् । कार्नी र ट्रम्पले व्यापार सम्झौताको सम्भावनाप्रति आशा व्यक्त गरे पनि यसअघिका वार्ता अवरुद्ध भएका थिए । सरकारले बजेट घाटा गत वर्ष अनुमान गरिएको ७८.३ अर्ब क्यानाडाली डलरभन्दा कम रहने अपेक्षा गरेको छ । यसअघि बजेट पारित गर्न विपक्षीको सहयोग आवश्यक परेको लिबरल पार्टीले अहिले संसद्मा बहुमत प्राप्त गरेको छ । एएफपी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
लुम्बिनी भ्रमण गर्ने पर्यटकको संख्या करीब आठ लाख
Latest NewsJust now

लुम्बिनी भ्रमण गर्ने पर्यटकको संख्या करीब आठ लाख

बुटवल । बुद्ध जन्मस्थल लुम्बिनी भ्रमण गर्ने पर्यटकको संख्या बढेको छ । सन् २०२६ को अक्टोबरसम्म झण्डै आठ लाख पर्यटकले लुम्बिनी भ्रमण गरेका छन् । लुम्बिनी विकास कोषले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार जनवरीदेखि अक्टोबरसम्म सात लाख ९२ हजार १८८ पर्यटक लुम्बिनी आएका छन् । यो संख्या गत वर्षको सोही अवधिको तुलनामा ५० हजार ६१० ले बढी हो । गत वर्ष अक्टोबरसम्म ...

केन्द्रबिन्दु
एनपीएलमा आज यी चार टोलीबीच हुँदैछ प्रतिस्पर्धा
Latest NewsJust now

एनपीएलमा आज यी चार टोलीबीच हुँदैछ प्रतिस्पर्धा

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियोगितामा आज दुई वटा खेल हुँदैछन् । आज हुने पहिलो खेल सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स तथा दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्ने तालिका रहेको हो।  सुदूरपश्चिम र कर्णालीबीचको खेल मध्याह्न १२ः३० तथा चितवन र पोखराबीचको खेल अपराह्न ५ः०० बजेदेखि कीर्तिपुरस्थित त्रिभुवन अन्त... ...

नेपालखबर
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यागेज व्यवस्थापन थप पारदर्शी
Latest NewsJust now

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यागेज व्यवस्थापन थप पारदर्शी

काठमाण्डु – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूको ब्यागेज व्यवस्थापनलाई थप पारदर्शी, व्यवस्थित र यात्रुमैत्री बनाउने उद्देश्यले ब्यागेज ड्रप एरियाको प्रत्यक्ष दृश्य (लाइभ फिड) अब आगमन कक्षको ब्यागेज क्लेम क्षेत्रमा उपलब्ध गराइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल ‘गनेस’को पहलमा सुरु गरिएको यस व्यवस्थाबाट अन्तर्राष्ट्रिय उडानमार्फत नेपाल आउने यात्रुले आफ्नो सामान विमानबाट झारिएपछि ब्यागेज […] ...

काठमाण्डुपाटी
बुबाले रोपेको बिरुवाबाट फैलियो सात सय रोपनीको स्याउ बगैँचा
Latest NewsJust now

बुबाले रोपेको बिरुवाबाट फैलियो सात सय रोपनीको स्याउ बगैँचा

मुस्ताङ (मुक्तिनाथ), कात्तिक २० गते । मुस्ताङको घरपझोङ गाउँपालिका–५,चिम्लेका कर्मा गुरूङ १३ वर्षको हुदाँ बुबा बित्नुभयो । गाउँमा स्याउ बगैँचा विस्तारका लागि पहाडमा खोपेर सिँचाइ ल्य... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play