Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

अमेरिका मध्यावधि निर्वाचन : तल्लो सदनमा डेमोक्र्याटहरूले जित्ने प्रक्षेपण

Share:WhatsAppFacebookX (Twitter)Telegram
अमेरिका मध्यावधि निर्वाचन : तल्लो सदनमा डेमोक्र्याटहरूले जित्ने प्रक्षेपण
Photo / Coverage: बीबीसी नेपाली

Reuters डोनल्ड ट्रम्पको बाँकी राष्ट्रपतीय कार्यकालको दिशा तय गर्ने ठानिएको अमेरिकाको मध्यावधि निर्वाचनको मतदान सकिँदै गर्दा डेमोक्र्याटहरूले तल्लो सदन (हाउस अफ रिप्रिजेन्टेटिभ्स) र माथिल्लो सदन (सीनेट) मा उल्लेख्य सफलता हात पारेको प्रक्षेपण गरिएको छ। ट्रम्पको राष्ट्रपतीय कार्यकालका बाँकी दुई वर्षमा उनलाई नियन्त्रणमा राख्न आवश्यक सङ्ख्या आफूहरूसँग पुग्ने अपेक्षा उक्त दलभित्र बढ्दै गएको छ।प्रारम्भिक नतिजाहरूले डेमोक्र्याटहरूले अपेक्षाभन्दा राम्रो प्रदर्शन गरिरहेको देखाएका छन् जसले राष्ट्रपति ट्रम्पलाई धक्का दिएको रूपमा हेरिँदै छ।हाल अमेरिकाका आधाभन्दा बढी राज्यहरूमा मतगणना भइरहेको छ। अमेरिकी मध्यावधि चुनावअघि ट्रम्पको मतगणना बारेको माग सर्वोच्च अदालतद्वारा अस्वीकार, अरू के हुँदै छ?चुनावमा इजरेल र अमेरिका, परिणामले पार्न सक्छ विश्वव्यापी प्रभाव सीनेटमा नियन्त्रण कायम गर्ने महत्त्वपूर्ण प्रतिस्पर्धामा डेमोक्र्याटहरूले १८ वर्षयता पहिलो पटक नर्थ क्यारोलिना जितेका छन् जहाँ रोय कूपरले रिपब्लिकनहरूबाट उक्त सीट खोसेका छन्।त्यसका साथै डेमोक्र्याटहरूले सिनेटका अन्य केही सीटहरू पनि आफ्नो पक्षमा पार्ने दिशामा अघि बढेको देखिन्छ। ड्रेमोक्र्याटहरूसँग 'आशावादी हुने कारण' छन् Reuters राष्ट्रपति ट्रम्पले आफ्ना सामाजिक सञ्जाल पोस्टहरूमा निराशाका सङ्केतहरू देखाउन थालेका छन्।यस मध्यावधि निर्वाचनमा तल्लो सदनका सबै ४३५ सीटहरू, माथिल्लो सदनका १०० मध्ये ३५ सीटहरू र गभर्नरहरूसहित पदका लागि चुनावी प्रतिस्पर्धा छ।मतदाताहरूको मनोदशा डोनल्ड ट्रम्प र रिपब्लिकनहरूको विपक्षमा गएको देखिए तापनि अहिले नै यसबारे केही भन्न हतार हुने बीबीसीका उत्तर अमेरिका संवाददाता एन्थनी जर्चर बताउँछन्।"तर यस चरणमा डेमोक्र्याटहरूसँग आशावादी हुने बलिया कारणहरू देखिन्छन्," उनी भन्छन्।सिनेटका मुख्य प्रतिस्पर्धामा डेमोक्र्याटिक सिनेटर जोन ओसफ जोर्जामा पुन: निर्वाचित भएका छन्। ओसफलाई सन् २०२८ को सम्भावित राष्ट्रपति पदको उम्मेदवारको रूपमा व्यापक रूपमा हेरिन्छ। उनले समर्थकहरूलाई सम्बोधन गर्दै मतदाताहरूले "ट्रम्पको भ्रष्टाचार र अक्षमतालाई अस्वीकार गरेको" बताए।सीबीएस साझेदारहरूको पछिल्लो मूल्याङ्कनमा साउथ क्यारोलिना सम्भवतः डेमोक्र्याटको भएको छ र टेक्सस डेमोक्र्याट झुकावमा छ।आयोवा, क्यान्सस र मिशिगन "टस अप" राज्यहरू बाँकी छन् जहाँ कुनै पनि पार्टीले जित्न सक्छ।सदन नियन्त्रण गर्ने प्रतिस्पर्धा Reuters यस चुनावी नतिजाले कङ्ग्रेसमा कुन दल - ट्रम्पको रिपब्लिकन पार्टी वा विपक्षी डेमोक्र्याटिक पार्टीको नियन्त्रण रहने छ भन्ने कुरा निर्धारण गर्ने छ।अमेरिकी कङ्ग्रेस दुई सदन मिलेर बनेको छ : तल्लो सदनलाई 'हाउस अफ रिप्रिजेन्टेटिभ्स' भनिन्छ भने माथिल्लो सदनलाई 'सिनेट' भनिन्छ।तल्लो सदनमा बहुमत प्राप्त गर्न कुनै पनि दललाई २१८ सीट आवश्यक पर्छ। सिनेटमा स्पष्ट बहुमतका लागि ५१ सिट चाहिन्छ। रिपब्लिकन पार्टीको हाल तल्लो सदन (हाउस) र माथिल्लो सदन (सीनेट) दुवैमा नियन्त्रण छ। र तल्लो सदनमा बहुमत ल्याउन थप तीन सीटको आवश्यकता छ।तर, यदि माथिल्लो सदनमा सिट संख्या ५०-५० को बराबरीको अवस्थामा पुगेमा उपराष्ट्रपतिले निर्णायक मत दिन पाउँछन्, जसले गर्दा उक्त सदनमा उनीहरूको दलको नियन्त्रण कायम हुन्छ।शेअर बजारमा प्रभावडेमोक्रेटिक पार्टीको जित हुने सम्भावनाले शेअर मूल्यमा गिरावट आएको छ। विश्लेषकहरूका अनुसार यसको एउटा कारण उक्त पार्टीले डेटा-सेन्टर परियोजनाहरू र आर्टिफिशल इन्टेलिजन्स (एआई) पूर्वाधारमा हुने खर्चका विषयमा कडा नीति अपनाउन सक्ने हुनु हो।जापानमा मुख्य 'निक्केई' सूचकाङ्क करिब तीन प्रतिशतले घटेको छ भने अमेरिकी बजार बन्द रहे तापनि 'स्टक फ्युचर्स' कम मूल्यमा कारोबार भइरहेका छन्। अमेरिकी डलरको मूल्यमा पनि गिरावट आएको छ र जापानी येनको तुलनामा यो कमजोर बनेको छ।बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on बीबीसी नेपाली

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
लोकतान्त्रिक विधिबाट आएको सरकार लोकतान्त्रिक संस्थादेखि नै डराउनु खतरनाक !
Latest NewsJust now

लोकतान्त्रिक विधिबाट आएको सरकार लोकतान्त्रिक संस्थादेखि नै डराउनु खतरनाक !

• सरकारले लोकतान्त्रिक प्रक्रियामा डराउने र स्वेच्छाचारी शासनको संकेत देखाइरहेको छ, जसले जनताको विश्वासलाई कमजोर बनाउँछ। • प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा सरकारका कार्यहरू पारदर्शी हुनुपर्छ, तर सञ्चारमाध्यमलाई दबाउने प्रयासले लोकतन्त्रको मूल आधारलाई खतरामा पार्न सक्छ। • आलोचना र बहसको अधिकारलाई रोक्नाले लोकतन्त्रलाई पंगु बनाउने खतरा छ, र सरकारले जनताको अपेक्षाहरूलाई पूरा गर्न ध्यान दिनु आवश्यक छ। ...

नेपालबहस
सदनमा डेमोक्रेटको जित स्वीकार्न ट्रम्प तयार
Latest NewsJust now

सदनमा डेमोक्रेटको जित स्वीकार्न ट्रम्प तयार

वासिङ्टन।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यावधि निर्वाचनमा डेमोक्रेटहरूले अमेरिकी प्रतिनिधिसभा (हाउस अफ रिप्रेजेन्टेटिभ्स) को नियन्त्रण लिए पनि त्यसको परिणाम स्वीकार्दै उनीहरूसँग मिलेर काम गर्न तयार रहेको बताएका छन्। द न्युयोर्क टाइम्ससँगको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले निर्वाचनको परिणाम स्वीकार्न आफू पूर्ण रूपमा तयार रहेको बताउँदै डेमोक्रेटहरूसँग सहकार्य गरेर केही काम गर्न सकिने उल्लेख गरेका छन्। मध्यावधि निर्वाचनको प्रारम्भिक अनुमानअनुसार डेमोक्रेटहरूले प्रतिनिधिसभामा बहुमत हासिल गर्ने र ...

नेपालन्युज
अलपत्र सडकको ठेक्का तोडियो
Latest NewsJust now

अलपत्र सडकको ठेक्का तोडियो

पर्वत समाचारदातापर्वत, कात्तिक १८ गते । निर्माण व्यवसायीको ढिलासुस्तीका कारण बर्सौंसम्म अलपत्र परेका पर्वतका आयोजनामा पूर्वाधार विकास कार्यालयले कारबाही प्रक्रिया अघि बढाएको छ । पट... ...

गोरखापत्र
भारतीय विदेश सचिव मिस्रीले अर्थमन्त्री र परराष्ट्र मन्त्रीसँग भेटघाट गर्दै
Latest NewsJust now

भारतीय विदेश सचिव मिस्रीले अर्थमन्त्री र परराष्ट्र मन्त्रीसँग भेटघाट गर्दै

काठमाडौँ । भारतीय विदेश सचिव विक्रम मिस्रीले आज परराष्ट्र मन्त्री शिशिर खनाल र अर्थमन्त्री डा.स्वर्णिम वाग्लेसँग भेटवार्ता गर्ने भएका छन् । उनी दुई दिवसीय भ्रमणका क्रममा आज नेपाल आइपुगेका हुन्... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play