Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

अमेरिकामा सेयर बजारमा भारी गिरावट, टेक कम्पनीहरू खर्बौं घाटामा

Share:WhatsAppFacebookX (Twitter)Telegram
अमेरिकामा सेयर बजारमा भारी गिरावट, टेक कम्पनीहरू खर्बौं घाटामा
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । अमेरिकी मध्यावधि चुनावपछि सेयर बजारमा भारी गिरावट आएको छ । यसबाट अमेरिका र एसियाका प्रमुख प्रविधि कम्पनीहरूको बजार मूल्यमा सयौँ अर्ब डलरको क्षति पुगेको छ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को विकास र विस्तार सुस्त हुन सक्ने आशंका बजारमा गिरावटको प्रमुख कारण बनेको छ । एआईको तीव्र विकासलाई नियन्त्रण गर्ने मुद्दा उठाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका डेमोक्रेटिक उमेदवारहरूको जितपछि प्रविधि र एआई क्षेत्रका कम्पनीहरूको सेयर मूल्यमा भारी गिरावट आएको हो । टेक कम्पनीहरूको ठूलो हिस्सा रहेको नास्डाक कम्पोजिट इन्डेक्स ५.५ प्रतिशतभन्दा बढीले घटेको छ । डाउ जोन्सको तथ्यांकअनुसार, यसबाट कम्पनीहरूको कुल बजार मूल्यमा अनुमानित २५ खर्ब डलर कमी आएको छ । अमेरिकाका अन्य प्रमुख सेयर बजार सूचकांकहरूमा पनि भारी गिरावट आएको छ । सन् २०२५ यताकै उनीहरूको यो सबैभन्दा खराब कारोबार दिन थियो । एआई क्षेत्रमा भइरहेको ठूलो लगानीबाट अपेक्षित प्रतिफल प्राप्त हुनेमा पहिलेदेखि नै आशंका व्यक्त भइरहेका बेला बजारमा यो गिरावट आएको हो । यसको प्रभाव एसियाली बजारमा पनि देखिएको छ । शुक्रबार बिहान प्रविधि कम्पनीहरूको बाहुल्य रहेका एसियाली सेयर बजार सूचकांकहरूमा तीव्र गिरावट आएको छ । जापानको निक्केई २२५ प्रारम्भिक कारोबारमा ५ प्रतिशतले घट्यो । पानासोनिकको सेयर मूल्य १० प्रतिशतभन्दा बढीले झरेको छ भने हिताचीको सेयर मूल्यमा करिब आठ प्रतिशतको गिरावट आएको छ । दक्षिण कोरियाका प्रमुख प्रविधि कम्पनीहरूको सेयर मूल्य घटेपछि कोस्पी सूचकांक पनि ८.५ प्रतिशतभन्दा बढीले ओरालो लागेको छ । चिप निर्माता एसके हाइनिक्सको सेयर मूल्य ११.५ प्रतिशतभन्दा बढीले घट्दा सामसुङको सेयर मूल्यमा करिब १० प्रतिशतको गिरावट आएको छ । अमेरिकाका विभिन्न निर्वाचन क्षेत्रमा डेमोक्रेटिक उमेदवारहरूले डाटा सेन्टर र एआईको तीव्र विस्तारलाई नियन्त्रण गर्ने मुद्दालाई प्रमुखताका साथ उठाएका थिए । देशभरका मतपत्रमा पनि यस प्रविधिको सञ्चालनका लागि अत्यावश्यक डाटा सेन्टरहरूको निर्माण तथा विस्तारमा प्रतिबन्ध लगाउने उद्देश्यका दर्जनौँ प्रस्ताव समावेश गरिएका थिए । बीबीसी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कला क्षेत्रको विकासमा स्रष्टाहरूको भूमिका महत्त्वपूर्ण छ : अभिनेत्री भुसाल
Latest NewsJust now

कला क्षेत्रको विकासमा स्रष्टाहरूको भूमिका महत्त्वपूर्ण छ : अभिनेत्री भुसाल

काठमाडौँ । महाकाव्यकार खेमनाथ दाहाललाई ‘टीका–गोपाल राष्ट्रिय गीतसंगीत पुरस्कार–२०८३’ प्रदान गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्र क्षेत्रका त्रि–देवी अर्थात चैतदेवी सिंह, वसुन्धरा भुसाल र भुवन चन्दले उनलाई... ...

रातोपाटी
राप्ती गाउँपालिकामा प्लास्टिक तथा कृत्रिम माला प्रयोग प्रतिबन्ध, प्राकृतिक फूलको प्रयोग गर्न आग्रह
Latest NewsJust now

राप्ती गाउँपालिकामा प्लास्टिक तथा कृत्रिम माला प्रयोग प्रतिबन्ध, प्राकृतिक फूलको प्रयोग गर्न आग्रह

दाङ। राप्ती गाउँपालिकाले तिहारलाई लक्षित गर्दै गाउँपालिका क्षेत्रभित्र प्लास्टिक तथा कृत्रिम माला प्रयोग नगर्न आग्रह गरेको छ। गाउँपालिकाले प्राकृतिक फूलको प्रवर्द्धन तथा वातावरण संरक्षणका लागि तिहारमा प्राकृतिक फूल तथा मालाको प्रयोग गर्न आग्रह गरेको हो। गाउँ कार्यपालिकाको कार्यालयले सूचना जारी गर्दै आउँदै गरेको हिन्दुहरूको महान् चाड शुभ दीपावली (तिहार)को अवसरमा गाउँपालिका क्षेत्रभित्र प्लास्टिक तथा खरजंग्य माला प्रयोग नगरी प्राकृतिक फूलमाला प्रयोग ...

लुम्बिनी सञ्चार
सुक्खा पहिरोले अवरुद्ध कालीगण्डकी करिडोरको गुल्मी खण्ड सुचारु
Latest NewsJust now

सुक्खा पहिरोले अवरुद्ध कालीगण्डकी करिडोरको गुल्मी खण्ड सुचारु

गुल्मीको राक्सेमा बिहीबार राति खसेको पहिरो हटाएपछि शुक्रबार बिहानदेखि यातायात सञ्चालनमा आएको छ, तर कमजोर जमिनका कारण जोखिम कायमै छ। ...

कान्तिपुर
बैङ्किङ सङ्कटपछि पाराग्वेका राष्ट्रपतिको राजीनामा
Latest NewsJust now

बैङ्किङ सङ्कटपछि पाराग्वेका राष्ट्रपतिको राजीनामा

असुनसियोन, कात्तिक २० गते । बैङ्किङ सङ्कटमा करिब ३० लाख निक्षेपकर्ताको बचत रकम रोकिएपछि चर्किएको जनआक्रोश र महाभियोगको दबाबबीच पाराग्वेका राष्ट्रपति सान्टियागो पेनाले राजीनामा दिनु... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play