Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

अमेरिकामा बम आक्रमणको योजना बनाउँदै इरान, ट्रम्प प्रशासनका अधिकारीहरू निशानामा : गुप्तचर प्रतिवेदन

Share:WhatsAppFacebookX (Twitter)Telegram
अमेरिकामा बम आक्रमणको योजना बनाउँदै इरान, ट्रम्प प्रशासनका अधिकारीहरू निशानामा : गुप्तचर प्रतिवेदन
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । अमेरिकी गुप्तचर निकायको नयाँ प्रतिवेदनले इरानले वाशिङ्टन, डीसीमा ट्रम्प प्रशासनका वरिष्ठ अधिकारीहरूलाई लक्षित गर्दै ‘डर्टी बम’ वा रासायनिक हतियार प्रयोग गरी आक्रमण गर्ने योजना बनाइरहेको देखाएको छ। अमेरिकी सञ्चारमाध्यम सीएनएनले सात अमेरिकी अधिकारीलाई उद्धृत गर्दै यस्तो योजनाको खुलासा गरेको हो । स्रोतका अनुसार अमेरिकासँगको युद्धमा सबै विकल्प खुला राख्ने उद्देश्यले लामो समयदेखि उसले यस्तो योजना बनाइरहेको हो । पत्ता लागेका योजनाहरूमा निश्चित स्थान र लक्षित व्यक्तिहरूको स्पष्ट विवरण रहेका कारण अमेरिकी अधिकारीहरूले आकस्मिक सुरक्षा तयारी र छलफल तीव्र बनाएका छन्। व्हाइट हाउसकी प्रवक्ता लरेन बिस्ले अमेरिकाले सबै सम्भावित खतराहरूलाई निगरानी गरिरहेको बताइन् । उनले हाल स्वदेशमा कुनै ठोस खतरा नरहेको दाबी पनि गरिन् । तर, जारी अमेरिकी सैन्य आक्रमण र आर्थिक नाकाबन्दीका कारण चरम दबाबमा परेपछि इरानले अमेरिकी भूमिमै आक्रमण गर्ने योजना बनाएको हुनसक्ने अमेरिकी अधिकारीहरूको बुझाइ छ। डर्टी बम (रेडियोधर्मी सामग्री र परम्परागत विस्फोटक पदार्थको मिश्रण) बनाउन तुलनात्मक रूपमा सजिलो हुने विज्ञहरूले बताएका छन्। अमेरिकी गुप्तचर निकायले इरानले पहिले नै अमेरिकाभित्रै बम बनाउने सामग्री लुकाएर राखेको हुन सक्ने वा सजिलै भित्र्याउन सक्ने आशंका गरेको छ। यसबारे अधिकारीहरूबीच केही मतभेद रहे पनि सुरक्षा चुनौती भने गम्भीर रूपमा लिइएको छ। यसअघि पनि इरानले सन् २०२४ मा राष्ट्रपति ट्रम्पविरुद्ध हत्याको प्रयाससहित विभिन्न षड्यन्त्र रचेको इतिहास छ। पछिल्लो समय अमेरिका र इरानबीचको द्वन्द्व हर्मुज जलमार्ग र पश्‍चिम एशियाका अन्य देशमा समेत केन्द्रित छ। अमेरिकी अधिकारीहरूले पश्चिम एशियामा तैनाथ अमेरिकी सैनिकहरूविरुद्ध पनि रासायनिक हतियार प्रयोग हुन सक्ने जोखिम औंल्याएका छन्। दुई देशबीचका कूटनीतिक वार्ता र युद्धविरामका प्रयासहरू अहिलेसम्म निष्कर्षमा पुग्न सकेका छैनन्। अमेरिकी अधिकारीहरूले इरानले यस्ता विनासकारी हतियार प्रयोग गरेमा त्यसको कडा प्रतिवाद हुने चेतावनी दिएका छन् । तर, इरानले आफ्नो अस्तित्व नै संकटमा परेको महसुस गरेमा यस्ता खतरनाक कदम चाल्न सक्ने जोखिम अझै कायम रहेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कालीमाटी तरकारी बजार : आज यस्तो छ गोलभेँडादेखि माछासम्मको मूल्य
Latest NewsJust now

कालीमाटी तरकारी बजार : आज यस्तो छ गोलभेँडादेखि माछासम्मको मूल्य

हरेक दिनजस्तै कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज मंसिर १ गते मंगलबारका लागि तरकारी तथा फलफूलको थोक मूल्य तोकेको छ। आज पनि कालीमाटीमा तरकारी तथा फलफूलको थोक मूल्य हिजोअस्तिको जस्तै देखिएको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले न्यूनतम, अधिकतम र औसत गरी तीनथरी मूल्य निर्धारण गर्ने गरेको छ।  हेर्न... ...

नेपालखबर
चोरेर सुधारगृह पुगेका बालबन्दीः अघिल्लो दिन पर्खाल नाघेर भागे, भोलिपल्टै चोर्न लाग्दा समातिए
Latest NewsJust now

चोरेर सुधारगृह पुगेका बालबन्दीः अघिल्लो दिन पर्खाल नाघेर भागे, भोलिपल्टै चोर्न लाग्दा समातिए

पोखरा । चोरी मुद्दामा अदालतको आदेशले बाल सुधारगृहमा रहेका एक बालबन्दी सुरक्षाकर्मीकै आँखा अगाडिबाट फरार भएको २४ घण्टा नबित्दै पुनः चोरी गर्न लाग्दा पक्राउ परेका छन् । पोखरा १८ सराङकोटस्थित... ...

रातोपाटी
एनपीएलः फाइनल प्रवेशका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्दै
Latest NewsJust now

एनपीएलः फाइनल प्रवेशका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पहिलो क्वालिफायरमा आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच खेल हुँदैछ । साविक विजेता लुम्बिनी र उपविजेता सुदूरपश्चिमबीचको खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा अपरान्ह ५ बजे सुरु हुनेछ । यो खेलको विजेताले फाइनलमा स्थान बनाउनेछ भने पराजित टोलीले क्वालिफायर २ खेल्नेछ । अंकतालिकामा शीर्षस्थानमा रहेको लुम्बिनी ७ खेलमा ५ जित र १ हारसहित ११ अंक जोड्यो । ...

केन्द्रबिन्दु
सडक सुरक्षाका बहुआयाम
Latest NewsJust now

सडक सुरक्षाका बहुआयाम

यातायातका माध्यम जुनसुकै प्रयोग गरे पनि सबैभन्दा ध्यान दिनुपर्ने कुरा भनेको सुरक्षा हो । दिनहुँ जसो भइरहने दुर्घटनामा कैयौँले आफ्नो अमूल्य जीवन गुमाइरहेका छन् । कैयौँका अङ्गभङ्ग भए... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play