Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

अमेरिकाका सबै विमानस्थलमा उडान रोक, ७ हजार उडान प्रभावित

Share:WhatsAppFacebookX (Twitter)Telegram
अमेरिकाका सबै विमानस्थलमा उडान रोक, ७ हजार उडान प्रभावित
Photo / Coverage: पर्दाफास

अमेरिकाका सबै विमानस्थलमा हवाई उडान अस्थायी रूपमा रोकिएको छ । एयर रुट ट्राफिक कन्ट्रोल सेन्टरहरूमा दूरसञ्चार सेवा अवरुद्ध भएपछि अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए)ले शुक्रबार देशभरका विमानस्थलमा उडान रोक्ने आदेश जारी गरेको हो । दूरसञ्चार प्रणालीमा आएको समस्याका कारण हजारौं उडान प्रभावित भएका छन् । उडान ट्र्याकिङ प्लेटफर्म फ्लाइटअवेयरका अनुसार एफएएको आदेशपछि अमेरिकाभर करिब ७ हजार उडान ढिलाइ वा रद्द भएका छन् । अमेरिकी यातायातमन्त्री सीन डफीले सामाजिक सञ्जाल एक्समार्फत सबै एयर रुट ट्राफिक कन्ट्रोल सेन्टरको सञ्चार प्रणालीमा समस्या देखिएपछि एफएएले देशव्यापी उडान रोक्ने निर्णय गरेको जानकारी दिएका छन् । उनका अनुसार एफएका प्राविधिक टोलीले समस्या समाधानका लागि काम गरिरहेको छ । एफएएका अनुसार यो अवरोध अस्थायी दूरसञ्चार प्रणाली विफलताका कारण भएको हो । सावधानीका रूपमा सबै उडान रोकिएको र हवाई क्षेत्रमा रहेका सबै विमानको अवस्था पहिचान गरिएको प्रशासनले जनाएको छ । अन्तर्राष्ट्रिय उडानलाई भने अवस्थाअनुसार छुट्टाछुट्टै निर्णय गरेर व्यवस्थापन गरिने बताइएको छ । अमेरिकाका २२ वटै एयर रुट ट्राफिक कन्ट्रोल सेन्टरमा सञ्चार समस्या देखिएको थियो । ती केन्द्रहरूले आ–आफ्नो क्षेत्रको हवाई यातायात व्यवस्थापन गर्नुका साथै विशेषगरी विमानस्थलतर्फ आइरहेका विमानलाई मार्गनिर्देशन गर्ने जिम्मेवारी सम्हाल्छन् । उडान ट्र्याकिङ वेबसाइट फ्लाइटरडार२४का अनुसार उडान रोक्ने आदेश जारी हुँदा करिब ४ हजार ४२ विमान अमेरिकाका विभिन्न विमानस्थलतर्फ उडिरहेका थिए । यसैबीच, अमेरिकी गृह सुरक्षा सचिव मार्कवेन मुलिनले उक्त घटनामा कुनै सुरक्षा खतरा वा देशमाथि आक्रमण भएको संकेत नदेखिएको बताएका छन् । ह्वाइट हाउस बाहिर पत्रकारहरूसँग कुरा गर्दै उनले सबै उडानको अवस्था पत्ता लगाइएको र यात्रुहरू सुरक्षित रहेको जानकारी दिए । ‘सबै जना सुरक्षित छन् । सबै उडानको हिसाब राखिएको छ । यो अर्को ९÷१० घटना होइन,’ उनले भने । यद्यपि, सञ्चार प्रणालीमा आएको समस्या समाधान गर्न केही समय लाग्न सक्ने उनको भनाइ छ । मुलिनले एयर ट्राफिक कन्ट्रोलरलाई सहयोग गर्ने उद्देश्यले प्रयोगमा ल्याउन लागिएको नयाँ कृत्रिम बौद्धिकता (एआई) उपकरणसँग पनि यो अवरोधको सम्बन्ध हुन सक्ने सम्भावनाबारे अनुसन्धान भइरहेको बताए । उनका अनुसार अहिले नै कुनै सम्भावनालाई अस्वीकार गर्न सकिने अवस्था छैन । उनले अहिलेसम्म यो घटना नियोजित आक्रमणका कारण भएको कुनै संकेत नदेखिएको पनि स्पष्ट पारे । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई घटनाबारे जानकारी गराइसकिएको उनले बताए । सन् २००१ सेप्टेम्बर ११ को आतंकवादी हमलापछि अमेरिकामा देशव्यापी रूपमा हवाई उडान रोकिएको यो दोस्रो घटना भएको समाचारमा उल्लेख छ । यसले अमेरिकी हवाई यातायात प्रणालीमा परेको अवरोधको गम्भीरता देखाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मधेशमा सत्ता संघर्ष : विश्वासको मत जुटाउन मुख्यमन्त्री यादवलाई सकस
OthersJust now

मधेशमा सत्ता संघर्ष : विश्वासको मत जुटाउन मुख्यमन्त्री यादवलाई सकस

विश्वासको मत नपाउने अवस्थामा मुख्यमन्त्री यादवले आजै सदनमा सम्बोधन गरी राजीनामा दिन सक्ने सम्भावना प्रबल छ । ...

अनलाइन खबर
महावीर पुनको त्यो अन्तिम भोज, धरोधर्म उनले ढाँटेका होइनन्
OthersJust now

महावीर पुनको त्यो अन्तिम भोज, धरोधर्म उनले ढाँटेका होइनन्

नेपाली समाजमा एउटा भनाइ छ, ‘खाएको कुरा नगर्नु ।’ तर खाएको कुरा नगर्ने मात्र होइन, यहाँ त खाएको कुरा भाइरल नै भइसक्यो । त्यो पनि अरू खन्चुवा (फुडी)को होइन, भोलाभाला महावीर पुनको । महावीर पुन वास्तवमा यस्तो दुर्लभ पात्र हुन्, जो ‘भाइरल’को पछाडि दौडिँदैनन् । तर उनी पटकपटक भाइरल हुन्छन् । त्यो पनि खाएको कुराले… ...

अनलाइन खबर
शोकलाई शक्तिमा बदल्ने बुटीमाया
OthersJust now

शोकलाई शक्तिमा बदल्ने बुटीमाया

कल्पना र बुटीमायाजस्ता एक्लाएक्ला महिलाहरू मिलेर त्यत्रो व्यक्तिको जिम्मा लिँदै २७३ जनाको गाँस र बासको तर्जुमा गरिरहेका छन् भने पूरै देश चलाउन बनेको सरकारको दायित्व र जिम्मेवारीको अनुभव बाढीपीडित र सम्पूर्ण जनमानसले कहिले गर्न पाउने ? ...

अनलाइन खबर
सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरणमा नेपालको जोड
OthersJust now

सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरणमा नेपालको जोड

२८ कात्तिक, काठमाडौं । नेपालले रोजगारी सिर्जना, सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरण, सामाजिक तथा आर्थिक रूपान्तरणलाई उच्च प्राथमिकतामा राखेर तदनुरुप काम गर्दै आएको जनाएको छ । एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक आयोग (यूएन इस्क्याप)को सामाजिक विकास समितिको नवौँ अधिवेशनमा राष्ट्रिय योजना आयोगका सदस्य पुकार मल्लले आर्थिक वृद्धि र सामाजिक समावेशिता सँगसँगै… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play