Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

अमेजनको कार बिक्री सेवा पहिलोपटक अमेरिकाबाहिर पुग्यो, बेलायतमा विस्तार हुँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
अमेजनको कार बिक्री सेवा पहिलोपटक अमेरिकाबाहिर पुग्यो, बेलायतमा विस्तार हुँदै
Photo / Coverage: टेक्नोलोजी खबर

अमेजनले आगामी वर्षको सुरुदेखि बेलायतमा कार बिक्री सुरु गर्ने भएको छ। यससँगै कम्पनीको ‘अमेजन अटोज’ सेवा पहिलोपटक अमेरिकाबाहिर विस्तार हुन लागेको हो। यस सेवामार्फत ग्राहकले नयाँ तथा पुराना कारका मोडेल हेर्न, वित्तीय सुविधाका दर तुलना गर्न र गाडी आरक्षित गर्न सक्नेछन्। यद्यपि, खरिद प्रक्रिया पूरा गर्न भने ग्राहकले सम्बन्धित डिलरकहाँ नै पुग्नुपर्नेछ। अमेरिकामा सेवा सुरु गर्दा जस्तै बेलायतमा पनि हुन्डाई पहिलो घोषित साझेदार बनेको छ। बेलायतको कार डिलर कम्पनी भर्टु मोटर्स पनि यस सेवामा सहभागी हुनेछ। आगामी महिनाहरूमा थप गाडी निर्माता र डिलरहरूलाई साझेदारका रूपमा घोषणा गरिने अमेजनले जनाएको छ। अमेजन अटोजका अन्तर्राष्ट्रिय निर्देशक म्याट नफोर्टले भने, “कार खरिद गर्नु मानिसहरूले गर्ने सबैभन्दा ठूलो खरिदमध्ये एक हो। त्यसैले अमेजनमा अन्य सामान किनेजस्तै कार खरिद प्रक्रिया पनि सरल र पारदर्शी हुनुपर्छ भन्ने हाम्रो विश्वास छ। हामीले बेलायती डिलरहरूसँग मिलेर यो सेवा तयार गरेका हौँ र खरिदका लागि तयार ग्राहक उनीहरूसम्म पुर्‍याउन पाउँदा डिलरहरू उत्साहित छन्।” अमेरिकामा जस्तै बेलायतमा पनि ग्राहकले कारको कम्पनी, मोडेल, रङ र मूल्यका आधारमा गाडी खोज्न सक्नेछन्। साथै, पर्सनल कन्ट्र्याक्ट पर्चेज, हायर पर्चेज र नगद भुक्तानीका विकल्प तुलना गर्न सक्नेछन्। अमेजनले मूल्यमा पारदर्शिता, पुरानो गाडी साट्दा तत्काल मूल्यांकन र नजिकैका डिलरहरूको विवरण उपलब्ध गराउने जनाएको छ। इन्ग्याजे६का अनुसार यस सेवामा अमेजनले अनलाइन बिक्री केन्द्रका रूपमा काम गर्नेछ। गाडीको अन्तिम बिक्री प्रक्रिया र वित्तीय कारोबार भने सम्बन्धित डिलरले नै व्यवस्थापन गर्नेछन्। अमेरिकामा अमेजन अटोस् सेवामार्फत उपलब्ध नयाँ तथा पुराना गाडीका ब्रान्ड र मोडेल क्षेत्र तथा सहभागी डिलरअनुसार फरक छन्। हाल यस वेबसाइटमा नयाँ र पुराना दुवै प्रकारका गाडी बिक्री गर्ने १४ वटा ब्रान्ड तथा पुराना गाडी मात्रै बिक्री गर्ने थप २१ वटा ब्रान्ड उपलब्ध छन्। यसरी कुल ३५ वटा ब्रान्डका गाडी यस सेवामा समेटिएका छन्। सेवा सुरु हुँदा अमेरिकाका ४८ सहरमा उपलब्ध रहेको अमेजन अटोस् अहिले १५० भन्दा बढी सहरमा विस्तार भइसकेको छ। यसले हजारौँ डिलरसँग सहकार्य गरिरहेको छ। अमेजनले डिलरहरूलाई खरिदका लागि योग्य ठहरिएका ग्राहक उपलब्ध गराउँछ तर गाडी बिक्रीमा कमिसन लिँदैन। कम्पनीको आम्दानी विज्ञापनमा आधारित सदस्यता शुल्क र विज्ञापनबाट हुने गरेको अमेजन अटोस्को प्रश्नोत्तर पृष्ठमा उल्लेख छ। यसै वर्षको सुरुमा अटोमोटिभ न्युजले सार्वजनिक गरेको एक रिपोर्टअनुसार केही अमेरिकी डिलरहरूले अमेजनबाट ठोस व्यावसायिक परिणाम आउन ढिलाइ भइरहेको बताएका थिए। उनीहरूका अनुसार अमेजनमार्फत महिनामा एक वा दुईवटा मात्रै गाडी बिक्री भइरहेको थियो। The post अमेजनको कार बिक्री सेवा पहिलोपटक अमेरिकाबाहिर पुग्यो, बेलायतमा विस्तार हुँदै appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
ग्यालेक्सी स्मार्टट्याट३ को ट्रयाकिङ क्षमता बढाउने नयाँ प्रविधिबारे सामसङको खुलासा
TechnologyJust now

ग्यालेक्सी स्मार्टट्याट३ को ट्रयाकिङ क्षमता बढाउने नयाँ प्रविधिबारे सामसङको खुलासा

सामसङले आफ्नो नयाँ ट्रयाकिङ डिभाइस ग्यालेक्सी स्मार्टट्याट३ मा प्रयोग गरिएको प्रविधिबारे विस्तृत जानकारी सार्वजनिक गरेको छ। यसमा गरिएको मुख्य सुधार कम्पास भ्यु हो। यसले ब्लुटुथ ६.० च्यानल साउन्डिङ प्रविधिको प्रयोग गरी ६० मिटरसम्मको दुरीमा रहेको स्मार्टट्यागको दुरी देखाउन सक्छ। यो स्मार्टट्याग२ को तुलनामा झण्डै तीन गुणा बढी दुरी हो। ब्लुटुथ लो इनर्जी प्रविधिले सिग्नलको आधारमा उपकरणको नजिक वा टाढा रहेको अनुमान गर्छ ...

टेक्नोलोजी खबर
‘एआईले विश्वव्यापी आर्थिक तथा रणनीतिक शक्ति संरचनामा परिवर्तन ल्याउँदै’
TechnologyJust now

‘एआईले विश्वव्यापी आर्थिक तथा रणनीतिक शक्ति संरचनामा परिवर्तन ल्याउँदै’

कृत्रिम बुद्धिमत्ता (एआई) ले विश्वव्यापी आर्थिक, रणनीतिक तथा सैन्य शक्ति संरचनामा महत्त्वपूर्ण परिवर्तन ल्याइरहेको अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वोङले बताएकी छिन्। मंगलबार संघीय संसद्मा सम्बोधन गर्दै उनले एआई तथा अन्य उदीयमान प्रविधिको तीव्र विकासले मानव जीवन, अर्थतन्त्र र सैन्य संरचनामा नयाँ आयाम थपिरहेको उल्लेख गरिन। उनका अनुसार यी प्रविधिहरू विगतका क्रान्तिकारी प्रविधिभन्दा तीव्र गतिमा विस्तार भइरहेका छन् र तिनको दीर्घकालीन प्रभाव पूर्ण ...

टेक्नोलोजी खबर
TikTok launches redesigned Family Pairing to give parents actionable insights into teens’ digital experiences
TechnologyJust now

TikTok launches redesigned Family Pairing to give parents actionable insights into teens’ digital experiences

TikTok has announced an update to its Family Pairing experience, introducing new features that give parents greater visibility into how their teens use the platform and provide actionable insights to help them support their online experiences. The redesigned Family Pairing dashboard brings together information across four key areas: screen time, interactions, content interests and public posts. The update aims to make ...

टेक्नोलोजी खबर
दैनिक जीवनका सामान्य काममा पनि उत्कृष्ट एआई एजेन्टहरू किन संघर्ष गरिरहेका छन्?: रिपोर्ट
TechnologyJust now

दैनिक जीवनका सामान्य काममा पनि उत्कृष्ट एआई एजेन्टहरू किन संघर्ष गरिरहेका छन्?: रिपोर्ट

एआई कम्पनीहरूले पछिल्ला केही महिनादेखि व्यक्तिगत एआई एजेन्टलाई मानिसको दैनिक डिजिटल कामको झन्झट कम गर्ने उपकरणका रूपमा प्रचार गरिरहेका छन्। लाखौँ प्रयोगकर्ताले यो अवधारणालाई विश्वास गर्दै आफ्ना किनमेलका तालिका, यात्रा योजना र दैनिक जिम्मेवारी एआई सहायकलाई सुम्पिन थालेका छन्। तर, नयाँ अनुसन्धानले सबैभन्दा उन्नत एआई मोडेलहरूलाई समेत मानिसको दैनिक जीवनका जटिल विवरणहरू विश्वसनीय र सुरक्षित रूपमा व्यवस्थापन गर्न कठिन भइरहेको ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement