Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

अब हारमै निराश भएर बस्ने होइन, पाठ सिकेर अघि बढ्नुपर्छ -वरिष्ठ नेता भण्डारी

Share:WhatsAppFacebookX (Twitter)Telegram
अब हारमै निराश भएर बस्ने होइन, पाठ सिकेर अघि बढ्नुपर्छ -वरिष्ठ नेता भण्डारी
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ नेता विद्यादेवी भण्डारीले गत निर्वाचनमा पार्टीले व्यहोर्नुपरेको हार अस्थायी भएकाले यसबबाट सुधार गर्नुपर्ने पाठ सिकेर अघि बढ्न नेता, कार्यकर्तालाई आह्वान गरेकी छन् । पार्टीको राष्ट्रिय भेलाको आज दोस्रो दिन उनले अगुवा नेता तथा कार्यकर्तालाई निराश नभई नयाँ ऊर्जा, उत्साह र आत्मविश्वासका साथ अघि बढ्न आह्वान गरिन्। एघार वर्षपछि पार्टी जीवनको सक्रिय राजनीतिमा फर्कएकी नेत्री भण्डारीले सम्बोधन गर्दै एउटा निर्वाचनको हारले राजनीतिक आन्दोलनको भविष्य निर्धारण नगर्ने जिकिर गरिन् । उनले भनिन्, “निराश भएर निष्क्रिय बस्ने होइन, हारबाट सही र सकारात्मक पाठ सिक्दै, सुधार गर्नुपर्ने पक्षलाई सुर्धार्दै कमीकमजोरी सच्याउँदै आगामी स्थानीय तहलगायत निर्वाचनमा केन्द्रित हुनुपर्छ ।” उनले सक्रिय राजनीतिमा आफ्नो पुनरागमनबारे स्पष्ट पार्दै आफू व्यक्तिगत पद, सुविधा वा अवसरका लागि नभई मातृ पार्टीको वैचारिक विकास, सङ्गठनात्मक सुदृढीकरण र सामाजिक-आर्थिक रूपान्तरणमा योगदान पुर्‍याउन फर्किएको बताइन् । राष्ट्रपति जस्तो गरिमामय संवैधानिक जिम्मेवारी सम्हाल्दा देशको सार्वभौमसत्ता, राष्ट्रिय स्वाभिमान, भौगोलिक अखण्डता र छिमेकी तथा मित्रराष्ट्रसँगको सम्बन्ध प्रवर्द्धनमा भूमिका खेलेको उल्लेख गर्दै पूर्वराष्ट्रपतिसमेत रहेकी भण्डारीले अब कुनै पनि पदप्रति आशक्ति नभएको जनाइन् । उनले मुलुकको कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबीचको शक्ति सन्तुलनमा प्रतिकूल प्रभाव पर्ने गतिविधि कसैले गर्न नहुने धारणा राखिन् । पार्टी शुद्धीकरण, जनसङ्गठन र जलवायु न्याय जननेता मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद (जबज)लाई भाषण र दस्तावेजमा मात्र सीमित नराखी दैनिक व्यवहार, निर्णय प्रक्रिया र सङ्गठन सञ्चालनमा उतार्नुपर्ने उनले बताइन् । युवापुस्तामा बढ्दो निराशा, बेरोजगारी र विदेश पलायन रोक्न जनसङ्गठनले उद्यमशीलता विकास, बहस र रचनात्मक अभियान चलाउनुपर्ने तथा निर्वाचित जनप्रतिनिधिले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र सुशासनमा पारदर्शी ढङ्गले काम गर्नुपर्ने उनले बताइन् । एमालेको दुई दिने भेला आज सम्पन्न हुनेछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
१३ वर्षको प्रतीक्षापछि आएको 'जीटीए ६' कस्तो गेम हो, जसले विश्वमै चर्चा बटुलिरहेको छ ?
Latest NewsJust now

१३ वर्षको प्रतीक्षापछि आएको 'जीटीए ६' कस्तो गेम हो, जसले विश्वमै चर्चा बटुलिरहेको छ ?

काठमाडौँ । 'ग्र्याण्ड थेफ्ट अटो ६' (जीटीए ६) नाम गरेको एउटा भिडियो गेम विश्वका विभिन्न मुलुकमा रिलिज भएको छ । यसका साथै १३ वर्ष लामो प्रतीक्षा अन्त्य भएको छ, जबकि... ...

रातोपाटी
अस्वस्थ बन्यो काठमाडौंको वायु
Latest NewsJust now

अस्वस्थ बन्यो काठमाडौंको वायु

विश्वका प्रदूषित सहरमध्ये काठमाडौं तेस्रो स्थानमा परेको छ । यहाँको वायु गुणस्तर सूचकांक १८१ छ । यो भनेको सबैका लागि अस्वस्थकर हो । ...

कान्तिपुर
राजनीतिमा धर्मभिरुताको आवश्यकता छैन : अध्यक्ष ओली
Latest NewsJust now

राजनीतिमा धर्मभिरुताको आवश्यकता छैन : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान र लोकतान्त्रिक प्रणालीको रक्षा गर्नु एमालेको पहिलो कार्यभार भएको बताएका छन् । काठमाडौँमा जारी एमालेको राष्ट्रिय भेलामा एमाले सामु रहेका तत्कालका... ...

रातोपाटी
मंसिर १४ गतेदेखि आशुतोष इनर्जीको आईपीओ, सेयर किन्नु अघि बुझौं कस्तो छ कम्पनी ?
Latest NewsJust now

मंसिर १४ गतेदेखि आशुतोष इनर्जीको आईपीओ, सेयर किन्नु अघि बुझौं कस्तो छ कम्पनी ?

यही नेटवर्थ कायम रहेमा यसले नेप्सेमा पहिलो कारोबारको लागि एक सय ३० देखि ३ सय ९० रुपैयाँको मूल्य रेञ्ज पाउन सक्छ । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play